ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

लुटाईका लागि जुटाई, एकता हैन, ए ! कता ?

१४ मंसिर २०८२, आइतबार
१४ मंसिर २०८२, आइतबार

वर्तमान नेपालको संविधान अनुसार नेपाल बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भन्ने गरिएको छ ।

हुन त नेपालमा २०४६ सालमा जनताको अथक प्रयासद्वारा बहुदलीय प्रजातन्त्र भन्ने व्यवस्था ल्याइएको थियो । तर त्यो व्यवस्थापनि जनताका लागि राम्रो भएन भन्ने भाष्यसहित दस वर्षको माओवादी द्वन्द्व र २०६२–०६३ को जनआन्दोलन मार्फत् यहाँ लोकतन्त्र ल्याइयो ।

शब्दमा त लोकतन्त्र र प्रजातन्त्र एउटै कुरा थिए । तर पनि किन फेरि लोकतन्त्र भन्ने शब्द राखियो । त्यो शब्द राख्नेलाई नै थाहा होला । तर प्रजातन्त्र भन्ने बेला राजा थिए भने लोकतन्त्र आएपछि भने राजाको स्थानमा राष्ट्रपति ल्याइएको छ ।

देशलाई पुरानो विकास क्षेत्र र अञ्चलको अवधारणाले नभएर प्रदेश र पालिकाको अवधारणाले विभाजन गरिएको छ । विभाजनको कारण भनेको विकासका लागि विकेन्द्रीकरण भनेर व्याख्या गरिएको छ । हाम्रो देशमा व्यवस्था परिवर्तनका लागि ठूला ठूला आन्दोलन भएको इतिहास हामीले केही पढेका छौँ भने केहीलाई प्रत्यक्ष रूपमा देखेका पनि छौँ ।

तर केही अति सामान्य परिवर्तन बाहेक जनताले सोँचे अनुसार देश विकासमय र समृद्ध हुन सकेको छैन । अझ २०६२–०६३ को आन्दोलन पछिको परिवर्तनले त जनतालाई रोजी रोटीका लागि नै विदेशिन परिरहेको देखिन्छ ।

यसभित्रको अझै रहस्यमय रूप त के छ भने जनताले देश नै परिवर्तन गरेर समुद्र पारीका देशमा नै आफ्ना सन्ततिको भविष्य देख्न थालिसकेका छन् । विषय प्रसङ्ग अनुसार देशमा परिवर्तनका लागि जनताहरू जुटे, पार्टीहरू जुटे, शासकीय नयाँ रूप पनि ल्याए ।

देशलाई चीनजस्तो समृद्ध बनाउने सपना देखाउने पनि सत्तामा गए । देशलाई सिंगापुर बनाउने सपना देखाउने पनि सरकारमा गए । यो देश राणाले विगारेको हो भन्नेले पनि शासन सत्ता सम्हाले । यो देश राजाले विगारेको भन्ने पनि शासनको प्रमुख केन्द्र बने ।

त्यस्तै यो देश विगार्ने त प्रमुख रूपमा काङ्ग्रेस हो भन्ने पनि सत्तारोहण गरे भने हैन देशको यो हविगत गराउने त यहाँका राणा, राजा, काङ्ग्रेस, एमाले हुन् भन्नेले पनि सत्ताको स्वाद राम्ररी नै चाखे । तर देशमा उल्लेख्यरूपमा परिवर्तन भएको देखिएन ।

परिवर्तन नै भएको भएपनि त्यो स्थानमा कामभन्दा बढी भ्रष्टाचार देखियो । नयाँ नेपालका नाममा जनताका सनातन परम्पराका पुजास्थल भन्दापनि चर्च र मस्जिदहरू व्यापक रूपमा बन्न थाले । दोस्रो तेस्रो आदि मुलुकबाट आउनेहरूले देश भर्न थाले ।

देशका पुराना हाम्रा मिया दाजुभाइलाई दिएको सुविधा त बाहिरबाट आएर यहाँ तुरुन्त नागरिकता प्राप्त गरेकाले पो खान थाले । समावेशीका नाममा जातजातीमा वैमनश्यता फैलाउने खालको पो देखियो । मिलेर बसेका नेपालीलाई चुच्चे, थेप्चे, काला, गोरा, हिमाली, माली, काली आदि रूपमा विभाजन गरी लडाउन पो थालियो ।

विज्ञहरूले बनाएका विकास क्षेत्रका अवधारणालाई नष्ट गरेर बनाइएका प्रदेश त यहाँ परदेशका लागि ल्याइएको पो आभास हुन थाल्यो । देशका कुनाकुनामा विकासका लागि ल्याइएका भनिएका पालिकाहरूको आर्थिक व्यय त देशले धान्नै नसक्ने खालको पो देखियो ।

देशको राष्ट्रिय जनावर जसलाई यहाँका पुरै जनताले माताका रूपमा मान्छन्, तिनैका आधारमा आफ्ना धार्मिक क्रियाकलाप गर्दछन् ती अबोध जनावर दिन प्रतिदिन काटिन थाले । देशमा आर्थिक एवम् सामाजिक रूपले नै कायापलट गराउनका लागि भएको परिवर्तनको असर त यहाँ अधिकांश स्वदेशी जनता आफ्ना माई छोडेर विदेश पलायन भएको त अधिकांश विदेशी जनता फेरि विदेशबाट यहाँ आएर गाई काट्ने र काट्न लगाउने खालको पो देखियो ।

यस्तै आदि इत्यादि खालका कुराले जनताहरूलाई पिरोलिरहेका बेला देशमा अहिलेसम्म नभएको घटनाले अर्को कायापलट गरायो । पुराना शासकहरू भाग्न पर्ने भयो भने देशलाई राष्ट्रपति र सेनामार्फत् केही लयमा चाहिँ ल्याउने काम भयो ।

तर यो सरकारले पहिले भन्दा केही विकास र जनताले प्रत्यक्ष देख्ने खालका विकास निर्माण र विधिमा लागे पनि जे का लागि साँच्चै जनता उठेका थिए त्यो हुन सकेन । त्यत्रो परिवर्तन भएपनि खास हुनपर्ने परिवर्तनलाई संविधानको परिधिमा लगेर बाँध्ने काम गरियो ।

अब साँच्चै परिवर्तन गर्ने हो भने चुनावमा म्यान्डेट लिएर आउने भन्न थालिएको छ । विधिको शासनका लागि र पछि पनि यस खालका परिवर्तनले देशलाई असर नपारूस् भन्नका लागि यी कुरा गरिएपनि विशेषगरेर देशको अहिलेको प्रमुख समस्या अन्तर्गतको प्रदेश र पालिका एवम् भ्रष्टाचारलाई संबोधन हुने गरी काम गरिनुपर्दछ भन्ने कुरा चलिरहेको पनि छ ।

विषय प्रसङ्ग अनुसार नै देशमा परिवर्तन भएर अमनचैन र सुख शान्तिका लागि जनता जुटे, पार्टीहरू जुटे, निरङ्कुश भनिएको राणा शासन फाले, निर्दलीय भनिएको तन्त्र फाले, बहुदल ल्याए । पुनः बहुदलमा पनि राजालाई बाधक देखेर विवेक विचार नगरिकनै फाले । पार्टीहरूले नेतृत्व दिए, जनता पछि लागे, अनि सबै काम भयो ।

परिवर्तनरूपी काम हुनुको प्रमुख कारण नै जनतालाई अनेकानेक समृद्धिका सपना देखाइएको हो । तर यसरी पटक–पटक आन्दोलन मार्फत् काम गर्दा पनि जनतालाई सोँचे अनुसारको फल प्राप्ति हुनै सकेन । बरु परिवर्तन त नेताहरूको हुनपुग्यो ।

आर्थिक रूपमा समृद्ध त नेता र राष्ट्रसेवक भन्ने कर्मचारीहरू पो हुन पुगे । नाइक र एडिडासका महङ्गा कपडा लगाएर श्रमजीवि र मजदुरका नारा लगाउन उनीहरूले छोडेनन् । पटक–पटक फुटे, पुनः जुटे । पुनः पुनः फुटे, पुनः पुनः जुटे । पुनरपिजननं पुनरपि मरणं भनेजस्तै तरिकाले यो क्रम निरन्तर रूपमा चलिरहेको छ । यो चलाइ देखेर जनतालाई लाजलाग्न थाल्यो । तर उनीहरूलाई लाज भन्ने पटक्कै छैन ।

संस्कृतको एउटा उक्तिले भन्छ – एउटा लाज भन्ने कुरा त्याग गर्न सक्यौ भने तिमी जतापनि विजयी हुन सक्दछौ । उनीहरूले पनि राम्रोको लागि नभएर नराम्रोको लागि यस्तै गरिरहेका छन् । कहिले साम्यवाद भन्छन् त कहिले समाजवाद भन्छन् त्यस्तै कहिले फेरि वैज्ञानिक समाजवाद भन्छन् । अनि फेरि कहिले समृद्ध लोकतान्त्रिक वैज्ञानिक समाजवादको नारा दिएर जुट्छन् ।

फुट्नेले पनि पुरानोलाई साम्राज्यवादी विस्तारवादी के के भन्न सक्दछ पुरै भनेरै छुट्टिन्छ । त्यसैले अहिलेसम्मको यिनीहरूको क्रियाकलापले यिनीहरूको जुटाई जनताको सेवाका लागि होइन कि आफ्नै परिवार पाल्ने मोजमस्तीमा जीवन विताउने खालको नै देखिएको छ ।

यिनीहरूको जुटाइले बनाउने कुनै पनि पार्टीहरूले संविधानका यी कुरा गलत छन् । यी कुरालाई यसरी परिवर्तन गरौँ । प्रदेशका रूपमा देश टुक्राउनु गलत थियो । नागरिकता विधेयक गलत िथयो भन्दै भन्दैनन् ।

अझै पनि उही बोकाको टाउको देखाएर कुकुरको मासुको व्यापारतिर लागेका छन् । त्यसैले बजारमा भइरहने यिनीहरूको जुटाइ भनेको उही देशलाई नै पुनः भिन्ननामले लुट्नेभन्दा फरक केही छैन । अतः अब हामी जनताले पनि यिनीहरूको एकतालाई ए ! कता ?उही लुटाइको जुटाइ त हो तिमीहरूको भन्ने दिन आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?