Butwal Today

लेबनानमा भएको इजरायली आक्र’मणमा १३ जनाको मृ’त्यु

१९ बैशाख २०८३, शनिबार
अ+
अ-

लेबनान ।

दक्षिणी लेवनानमा भएको इजरायली आक्र’मणमा १३ जनाको मृ’त्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो ।

लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृ’त्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

यसै गरि जररियामा भएको अर्को आक्र’मणहरूमा दुई जना महिलासहित चार जनाको मृ’त्यु भएको र थप चार जना घाइते भएको बताइएको छ ।

मन्त्रालयले तटीय सहर टायर नजिकै भएको आक्र’मणमा एक जनाको मृ’त्यु भएको र अन्य सात जना घाइते भएकोसमेत जनाएको छ । हबोसमा पनि इजरायलले यस अघिनै निकासी चेतावनी जारी गरिएको थियो ।

लेवनानी राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली लडाकु विमानहरूले चेतावनी दिएको एक घण्टा भन्दा पनि कम समयमा आक्र’मण सुरु गरेको रिपोर्ट गरेको छ ।

इजरायली सेनाले इरान समर्थित समूहको युद्धविराम सम्झौताको उल्लङ्घन पछि हेजबुल्लाह विरुद्ध बल प्रयोग गर्ने जनाउदै स्थानीय बासिन्दाहरूलाई सहरबाट कम्तिमा एक किलोमिटर टाढा खुला क्षेत्रमा भाग्न आग्रह गरेको थियो ।

एनएनएले टायरसहित दक्षिण लेबनानका विभिन्न स्थानहरूमा इजरायली आक्र’मण गो’ली प्र’हार भएको पनि रिपोर्ट गरेको छ ।

इजरायल र हेजबोल्लाह बिचको लामो युद्ध रोक्न अप्रिल –१७ मा गरिएको युद्धविरामको बावजुद इजरायलले लेबनानमा घात’क आक्र’मणहरू जारी राखेको जनाइएको छ ।

युद्धविरामले इजरायललाई योजनाबद्ध, आक्र’मणहरू विरुद्ध कार्य गर्ने अधिकार प्रदान गरेको छ । इजरायली सेनाले दक्षिणी सहर शामामा वि’स्फोट गरी यारुन सहरका “मठ मन्दिर र विद्यालय“ ध्व’स्त पारेको एनएनएले जनाएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी महासङ्घका राष्ट्रिय समाज विकास र समन्वयका लागि उपमहासचिव, जेभियर क्यास्टेलानोसले लेबनानी रेडक्रस स्वयंसेवकहरू मिसनमा जादा आफ्नो जीवन दा’उमा राखेर काम गर्नु परेको बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?