ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

विपदमा महिलाः कहिले बन्ला आन्दोलनको मुद्दा ?

१२ मंसिर २०८२, शुक्रबार
१२ मंसिर २०८२, शुक्रबार

नेपालको करिब ८३ प्रतिशत भूभाग हिमाल तथा पहाड र १७ प्रतिशत भूभाग तराई प्रदेशमा पर्छ ।

नेपालको पुरै भूभाग १० सक्रिय भूकम्पीय क्षेत्रमा पर्छ । भौगर्भिक रूपमा गतिशील पर्वत शृंखला, अस्थिर तथा अति भिरालो जमिन र कमजोर भौगोलिक वनावट अनि ६००० भन्दा बढी नदीनाला भएकोले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ ।

नेपाल विस्वमा भूकम्पबाट ११ औँ र बाढी पहिरोबाट ३० औं अति जोखिम देशको रूपमा रहेको छ । यी विविध कारणहरूले गर्दा नेपालमा हरेकवर्ष ५०० भन्दा बढी विविध किसिमका विपदका घटनाहरू हुने गर्छन् ।

भौगोलिक/भौगर्भिक कारण बाहेक हिमपात, हिमपहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी, हुरी बतास, शितलहर, लू , जस्ता जलवायु परिवर्तनजन्य विपदको कारणले पनि नेपालले वर्षेनी ठुलो क्षति भोग्नु परिरहेको छ ।

प्राकृतिक विपत्तिबाट नेपालका कोहि पनि सुरक्षित देखिदैनन. सबै जातीय, सास्कृतिक, लैंगिक र उमेर समुहका नेपालीले वर्षेनी प्राकृतिक विपत्तिबाट धनजनको क्षति बेहोरिरहेका भएपनि नेपालका महिलाहरू भौतिक, आर्थिक र मानसिक रूपमा प्राकृतिक विपत्तिबाट बढी पिडित भैरहेको देखिन्छ ।

प्राकृतिक विपत्तिको कारण महिलाहरूको स्वास्थ्य, जीविकोपार्जन, सुरक्षा र अधिकारको उपयोगमा प्रतिकुल असर परिरहेको भएपनि महिला आन्दोलन र लैंगिक हिंसा विरुद्धका अभियानमा यो मुद्धाले विरलै चर्चा पाउने गरेको छ ।

पछिल्लो १० वर्षमा ( २०७२ बैशाख १ देखि २०८२ मंसिर १० सम्म ) नेपालमा ४७ हजार ८४४ वटा विपदका घटना भएको गृह मन्त्रालय , राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रले रेकर्ड गरेको छ । यो घटनामा १४ हजार ३९८ जना को मृत्यु भएकोमा लिंग पहिचान भएका मध्ये ७ हजार १९४ जना महिलाहरू थिए ।

सो अवधिका १२ वटा मुख्य घटनाहरूलाई अध्ययन गर्दा मुख्य प्राकृतिक विपदका घट्नामा ज्यान गुमाउने र अंगभंग हुनेमा महिलाहरू नै धेरै रहेको सरकारी तथ्यांकले देखाउछ ।

पछिल्लो दश वर्षमा भूकम्पमा ज्यान गुमाउनेहरूमा ५६ प्रतिशत, पहिरोमा ज्यान गुमाउनेहरूमा ४० प्रतिशत, आगलागीमा ज्यान गुमाउनेहरूमा ५२.५३ प्रतिशत, चट्यांगमा ज्यान गुमाउनेहरूमा ३६ प्रतिशत महिलाहरू नै थिए ।

त्यसैगरी बाढी, हावाहुरी, भारि वर्षा र शित लहरबाट ज्यान गुमाउनेमा क्रमशः २८ प्रतिशत, ४५.४५ प्रतिशत, ५४ प्रतिशत र ४६ प्रतिशत महिलाहरू भएको गृह मन्त्रालयको आंकडा छ ।

धेरै नेपालीहरूले ज्यान गुमाउने घटनाहरू जनावारको आतंक र सर्पदंशबाट ज्यान गुमाउनेहरूमा महिलाहरूको संख्या क्रमशः ३७.५ प्रतिशत र ५४ प्रतिशत रहेको छ । यो संख्या लिंग पहिचान भएका मृतकहरूको मात्र हो ।

यहि अनुपातमा घाईते महुलाको संख्या रहेको देखिन्छ । पहिरोमा घाईते हुने महिलाको अनुपात पुरुषको तुलनामा कम भएपनि भूकम्प, आगलागीमा परेर घाईते हुने महिला र पुरुषको संख्या करिबकरिब उस्तै देखिन्छ ।

चट्यांग र हावाहुरी खेतबारी वा खुला ठाउँमा हुने घटनाहरू हुन् । यस्ता घटनाहरूमा भने महिला बढी घाईते भएको तथ्यांकले देखाउछन् । विपदमा परेर मृत्यु भएका र घाईते भएका कतिपय महिलाको रेकर्ड परिवारले नै लुकाउने भएकोले विपदमा परेर मर्ने र घाईते हुने महिलाहरूको संख्या सरकारी आंकडा भन्दा धेरै हुन सक्छ ।

नेपालमा महिलाहरू प्राकृतिक विपदको जोखिममा पर्नुमा नेपालको सामाजिक संरचना र लैङ्गिक भूमिकाले कारक तत्वको रूपमा भूमिका खेलेको देखिन्छ । अहिलेपनि घरभित्र काम गर्ने र खेतबारीमा काम गर्नेमा महिलाहरू नै बढी छन् ।

घर भित्रको काममा बढी व्यस्त हुने महिलाहरू भूकम्प र पहिरोको जोखिममा बढी हुन्छन् । नेपालमा १० वर्ष यताका विपदका तथ्यांक हेर्दा पनि यो कुरा प्रष्ट हुन्छ । खोला नदी पार गरेर वनमा घास दाउरा लिन जाने, खेतबारीमा काम गर्दा पनि महिलाहरूले जोखिमपूर्ण ढंगले मुढेबलमा काम गरिरहेका हुन्छन् ।

खासगरी आगलागी, हावाहुरी, चट्यांगबाट महिलामा बढी क्षति हुनुमा महिलाहरूको कार्य स्थलले पनि भूमिका खेलेको हुन्छ । महिलाहरूमा विपदको असर बढी हुनुमा विपदको पुर्व सुचनामा कम पहुँच हुनु पनि मुख्य कारण बनेको छ ।

काममा व्यस्त भैरहने ग्रामिण क्षेत्रका महिलाहरूले विपदका सुचनाहरू समयमै प्राप्त गर्न सक्दैनन् । विपद् नजिकै हुँदा समेत थाहा नपाउदा सावधानी अपनाउन सक्दैनन् र आकस्मिक रूपमा विपदको चपेटामा पर्छन् ।

सरकारी र गैह्रसरकारी निकायले वर्षेनी विपद् व्यवस्थापन र न्यूनीकरणसम्बन्धी अनेकौ नीति निर्माण तथा स्थानीय योजनाहरू निर्माण गरिरहेका हुन्छन् तर यसमा स्थानीय महिलाहरूको सहभागिता न्यून हुन्छ ।

स्थानीय महिलाहरूको आवश्यकता र चिन्ताहरूलाई सम्बोधन गर्ने गरी योजना बनेकै हुदैनन् । प्रकोपको पूर्व–सूचना, जोखिम न्यूनीकरण तालिम (जस्तैः पौडी खेल्ने, रूख चढ्ने वा उद्धारका आधारभूत सीपहरू) र शिक्षामा महिलाहरूको पहुँच कम हुन्छ । यसले गर्दा उनीहरूले खतराको संकेत बुझ्न र समयमै सुरक्षित स्थानमा जान सक्दैनन् ।

महिलाहरूको सामाजिक स्थितिले गर्दा पनि प्राकृतिक विपदले महिलाहरूलाई बढी पिडित बनाउने गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ११.८ प्रतिशत परिवारमा मात्र महिलाको नाममा घर जग्गा रहेको छ ।

अधिकांश महिलाहरूको नाममा घर, जग्गा वा अन्य सम्पत्ति नहुने हुँदा उनीहरूलाई विपद्पछिको राहत, क्षतिपूर्ति वा पुनर्निर्माण सहायता प्राप्त गर्न कठिन हुन्छ । राहत वितरणमा नागरिकता वा जग्गाधनी प्रमाणपुर्जा जस्ता कागजात मागिने हुँदा स्वामित्व नभएका महिलाहरू वञ्चित हुने गरेका छन् ।

विपद्का कारण कृषि उपकरण, बीउबिजन र घरपालुवा जनावरको क्षतिले महिलाहरूको जीविकोपार्जनको माध्यम गुम्छ। सम्पत्तिको स्वामित्व नहुँदा उनीहरूले ऋण लिएर वा सरकारी अनुदानबाट व्यावसायिक पुनस्र्थापना गर्न सक्दैनन् ।

महिलाहरू खेतीपाती, ज्याला मजदुरी, घरेलु काम वा कम आम्दानी हुने अनौपचारिक क्षेत्रमा बढी संलग्न हुने हुँदा विपद्ले उनीहरूको जीविकोपार्जनमा तत्काल ठूलो असर पार्छ ।

बैदेशिक रोजगारीमा पुरुषहरू घर बाहिर रहने भएकोले नेपालका ग्रामीण भेगहरूमा विपद्को समयमा उद्धार, राहत र पुनर्निर्माणको मुख्य जिम्मेवारी महिलामाथि नै आईपर्छ. पारिवारिक व्यवस्थापन, खेतीपाती र पशुपालनको निरन्तरता र पुनर्निर्माणमा खटाइले महिलाहरूलाई शारीरिक र मानसिक रूपमा निकै कमजोर बनाएको देखिन्छ ।

विपद पछिको समयमा पनि विपद्का कारण महिलाहरूले शारीरिक, मानसिक, सामाजिक र आर्थिक गरी विभिन्न तहमा गम्भीर असरहरू भोग्छन् । विपदमा ठुलो संख्यामा महिला र बालिकाहरूको मृत्यु हुने मात्र नभएर विपदको समयमा आधारभूत स्वास्थ्य सेवामा पहुँच नहुँदा गर्भवती, सुत्केरी र महिनावारी भएका महिलाहरू थप जोखिममा पर्छन् ।

आश्रयस्थल वा शिविरहरूमा महिनावारी सरसफाइ सामग्रीको अभाव, गोप्यताको कमी र विपद्पछिको अव्यवस्था, अस्थायी आश्रयस्थलको भीडभाड, कमजोर सुरक्षा र मानसिक तनावका कारण लैङ्गिक हिंसाका घटनामा वृद्धि हुन्छन् ।

विपद पछी उद्दार गरेर राखिने शिविरमा सुरक्षित शौचालय, पानी र बत्तीको उचित व्यवस्था नहुँदा महिलाहरूलाई राति शौच गर्न जाँदा असुरक्षित महसुस हुन्छ । यसैगरी राहत वितरणमा लैङ्गिक संवेदनशीलताको कमीका कारण महिला र बालबालिकाहरूमा पोषणको कमी हुन सक्छ ।

बाढी, पहिरो जस्ता विपदले गर्दा बाटोघाटो अवरुद्ध हुन्छन् । कठिन र लामो बाटो पार गरेर बालक र युवाहरू शिक्षा र रोजगारीको लागि अर्को स्थानमा पुग्न सक्ने भएपनि महिला र बालिकाहरू त्यस्ता अवरोध छिचोलेर टाढा पुग्न सक्दैनन्, जसको कारण उनीहरूले पढाई विचमै त्याग्न र रोजगारी गुमाउन समेत बाध्य हुन्छन ।

विपद्पछि खाना पकाउने, पानी ल्याउने, परिवारको हेरचाह गर्ने र पुनर्निर्माणमा सहयोग गर्ने लगायतका सम्पूर्ण घरेलु जिम्मेवारी महिलामाथि दोब्बर हुन्छ, जसले गर्दा उनीहरूको वृत्ति विकास प्रक्रिया सुस्त हुन्छ ।

विपदमा सम्पत्ति र परिवार गुमाउनुको पिडा, चोट , हिंसा र बढ्दो जिम्मेवारीका कारण महिलाहरूमा तनाव, चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरू देखिने सम्भावना बढी हुन्छ। यस्ता समस्याहरू तत्कालै नदेखिएर लामो समयपछि समेत देखा पर्छन् ।

आर्थिक क्षतिलाई विस्तारै भुल्न सक्ने भएपनि पारिवारिक पीडालाई महिलाहरूले सहजै भुल्न नसक्ने भएकोले उनीहरू आजन्म मानसिक पिडामा बाँच्न बाध्य हुन्छन् । नेपालमा प्राकृतिक विपद्हरूले महिलाहरूमा पार्ने असर जैविकभन्दा पनि सामाजिक संरचना र लैङ्गिक असमानताको परिणाम हो ।

यी जोखिमहरूलाई सम्बोधन गर्न विपद् व्यवस्थापनका सबै चरणहरूमा (तयारी, प्रतिक्रिया, पुनर्लाभ) लैङ्गिक संवेदनशीलता र समावेशितालाई अनिवार्य रूपमा लागू गर्नुपर्छ । महिला अधिकारका आन्दोलन र लैंगिक हिंसाका बहसहरूमा विपदमा महिलाहरूको अवस्था र भूमिकाको चर्चा हुनुपर्छ र यो विषयलाई महिला आन्दोलनको मुख्य अंश समेत बनाउनुपर्छ ।

अहिले नै प्राकृतिक विपदबाट महिलाहरू धेरै किसिमले समस्यामा परिरहेका छन्, भविस्यमा जलवायु परिवर्तनका असरहरू अझ जटिल हुँदै गएभने त्यसबाट महिलाहरूले नै बढी जोखिममा पर्ने भएकोले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका कार्यक्रमहरू बनाउदा महिलाको भूमिकालाई प्राथमिकता दिएर बनाउनुपर्छ ।

लैंगिक हिँसा विरुद्धको १६ दिने अभियानमा विपदले महिलाहरूमा पुगेको असर र त्यसको न्यूनीकरणको विषयमा पनि सरोकारवालाहरूको ध्यान पुगोस् । सबैलाई शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?