© २०२३
नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा सम्पन्न जिल्ला स्तरीय अन्तर मा.बि निबन्ध प्रतियोगीतामा देवदह बोर्डिङ स्कुलकी शिला पाण्डे प्रथम भएकी छिन् ।देवदहमा रहेको सगरमाथा मा.बि मा आयोजित कार्यक्रममा द्धितिय सुनगाभा पब्लिक स्कुलकी बिनिता कार्की, तृतीयसैनामैना मेमोरियल स्कुलकी सेजल खड्का र सान्त्वना स्थान सगरमाथा मा.बि अस्मित कार्कीले लिएकी छिन ।
प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई एक कार्यक्रमबीच देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरेका छन् । कार्यक्रममा बोल्दै मेयर खत्रीले शिक्षाको बिकासमा संस्थाागत बिद्यालयको योगदानको चर्चा गर्दै अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा बाहिर ल्याउनका लागि सहयोग गर्ने बताए । उनले बालबालिकालाई पठन पाठनमा मात्र नलगाई उनिहरुको क्षमता पहिचान गरी प्रतिभा बढाउनतर्फ विद्यालयले ध्यानदिनुपर्ने बताए । कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य कृष्ण पौडेल, जिल्ला अध्यक्ष देउ प्रकाश राई, सचिब जे बि क्षेत्री, निर्णायकको तर्फबाट शालिकराम पौडेल, बिल गुरुङ, बाबुराम बन्जाडेले लगायतले बोलेका थिए ।