ट्रेंडिंग:

>> दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो >> बालबालिकाका लागि खोप निःशुल्क उपलब्ध गराउन स्वास्थ्यमन्त्रीको विश्व समुदायसँग आग्रह >> दशैँ बिदापछिको पहिलो दिन शेयर बजार ३१ अङ्कले बढ्यो >> उपप्रमुख हुँदाहुदै हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी >> नीजि लगानीको नमुना अस्पताल बुटवल हस्पिटल —पुर्वमन्त्री खांण >> जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ >> विश्व हात धुने दिवस २०२४ मा सहभागी बनौं, संक्रमणबाट बचौं >> घर पालुवा कुकुरमाथि लगाएको करबाट रेकर्ड कमाई गर्दै जर्मनी >> दशैको बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने >> तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> पुर्वी नवलपरासीमा ३२८ सवारी दुर्घटना ४३ जनाले ज्यान गुमाए >> भारतीय वन रक्षकको गोली प्रहारबाट नेपाली घाइते >> दाङमा पानीमा डुबेर एक जनाको मृत्यु >> महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा >> ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ >> फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने >> देशका अधिकांश भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव >> जयवर्धने पुन: मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक >> एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण >> जुवा खेल्दै गरेका पाँच जना पक्राउ >> भारतलाई हराउदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा >> दशैको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी >> गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै >> एक्सरसाइज क्याम्ब्रियन गश्ती २०२४ मा नेपाली सेनालाई स्वर्ण पदक >> लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते >> अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा >> श्रीलंकामा चर्चित प्रकरणको पुन: छानबिन हुने >> बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस >> बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो >> भारतको राष्ट्रवादी कंग्रेस पार्टीका नेता बाबा सिद्दिकीको हत्या >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> दसैंको दोस्रो दिन : मान्यजनबाट टीका र जमरा लगाउने क्रम आज पनि जारी >> राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण >> प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण >> हराए तानसेनका ऐतिहासिक धरोहर  >> विजयादशमी पर्वमा मुख्यमन्त्रीको शुभकामना >> दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन : प्रधानमन्त्री >> कुन देशमा कति बजे छ विजयादशमीको साइत ? >> बडादसैँको मुख्यदिन आज, टीकाको साइत बिहान ११: ३६ बजे >> गुल्मीमा जिप दुर्घटना हुँदा १४ घाइते, तीनको अवस्था गम्भीर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड

प्रविधिमैत्री बनाउ कर प्रणाली

३ मंसिर २०८०, आईतवार
३ मंसिर २०८०, आईतवार

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक सम्मृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर सप्ताह दिवस शुक्रवारदेखि सुरु भएको छ । एक सातासम्म मनाइने यो दिवसले नेपालमा कर तिर्ने बानीको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । करप्रतिको सचेतना बढाउन पनि यो दिवसले महत्वपूर्ण सहयोग पुग्नेमा विश्वस्त हुन सकिन्छ । राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतीशील बनाउँदै समाजबाद उन्मुख दिगो र सम्मृद्ध अर्थतन्त्रको विकास गर्न कर प्रशासनलाई सुदृढ र प्रभावकारी बनाउनु जरुरी हुन्छ । बर्तमान अवस्थामा कर प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता महसुस भैरहेको छ । करको दायरामा विस्तार गर्नुका साथै प्रशासनिक दक्षता अभिबृद्धि तथा प्रभावकारी सेवा प्रवाहका सन्दर्भमा नागरिकमा कर प्रशासनप्रति जिम्मेवार र जवाफदेही बनाउनु जरुरी छ । अझैपनि नेपालमा कर तिर्ने बानीको विकास भैसकेको छैन जसका कारण धेरै चुनौति र समस्याहरू देखापर्ने गरेका छन । यो वर्षको नाराबाटै पनि सरकारले कर संकलन गरेर विकास हुने र त्यसबाट सुशासन हासिल गर्न सहयोग पुग्ने विश्वास राखेको देखिन्छ । कर सप्ताहकै यो महत्वपूर्ण अवसरमा कर तिर्ने बानीको विकासमा जोड दिदै हरेक नेपालीलाई करमा समायोजित गर्न सक्नुपर्दछ । कर प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउनेतर्फ नेपाल सरकारले पहल गर्नु जरुरी छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रणालीलाई आर्थिक र सामाजिक न्यायका लागि रूपान्तरण गर्ने नीति अनुरूप सामाजिक आर्थिक न्याय प्रत्याभूत गर्न राजस्व परिचालनलाई दिगो, भरपर्दो र ब्यवस्थित वनाउनु पर्ने कुरामा जोड दिनुभएको छ । अर्थमन्त्रीले कर तिर्ने ब्यवसायीलाई प्रोत्साहन गर्ने घोषणा गर्नुभएको छ । कर दिवसका अवसरमा अर्थमन्त्रीले कर तिर्न समेत समस्या हुने गरिएको सुनिएको अवस्थामा कर तिर्ने अवस्थालाई आगामी दिनमा अझै सहज बनाउने बताउनु भएको छ । अहिलेपनि धेरै नेपालीलाई करप्रतिको उत्तरदायित्व र जिम्मेवारीका विषयमा पर्याप्त जानकारी छैन । मुलुकको आर्थिक विकास र आम नागरिकको बढ्दो अपेक्षा पूरा गर्न आन्तरिक राजस्व परिचालनमा अव जोड दिनुको अर्को विकल्प छैन । उद्यमशीलता विकास, आन्तरिक उत्पादन, आयबृद्धि र रोजगारीको अवसर सिर्जनामा योगदान पु¥याउने गरि राजस्व नीति तथा कार्यक्रमलाई प्राथमिकता दिनु सरकारको नीति हुनुपर्दछ । विश्व आर्थिक परिदृष्यमा देखिएका चुनौति सामना गर्दै राजस्व परिचालनमा सुधार ल्याउन कुशल, प्रविधिमैत्री, ब्यावसायीक र सदाचारयुक्त कर प्रशासनको विकासमा जोड दिनु जरुरी छ । अर्कोतर्फ अहिलेसम्म सरकारले करप्रतिको जवाफदेहिता नागरिकहरूमा बृद्धि गर्न सकेको देखिएन् । जसका कारण अझैपनि कर तिर्नु हरेक नागरिकको कर्तब्य हो भन्ने आम मानसिकता माथि उठ्न सकेको छैन । पछिल्लोसमय सामाजिक सञ्जाल र आम सञ्चार माध्यमको बढ्दो प्रभावका कारण बल्लबल्ल करप्रतिको सचेतना बढ्दै गएको देखिएकोले अव सरकारले हरेक नागरिकलाई करको दायरामा ल्याउनेतर्फ प्रयास थालनी गर्नुपर्दछ । अर्कोतर्फ करका धेरै प्रकार र तीनको दायित्व सिर्जनामा सरकारको अग्रसरता जरुरी छ । कर सप्ताह मनाईरहँदा नेपालीहरूले करको भार बढी भयो भन्दै गुनासो सुनाउने गरेका छन । यो एक हदसम्म सही गुनासो हो किनभने यतिधेरै करको बोझ समस्याका रूपमा रहेकै छ । जबसम्म एकीकृत कर प्रणालीको विकास हुँदैन तबसम्म यो गुनासोकै रूपमा रहने निश्चित छ । नागरिकलाई कर तिर्ने बानीको विकास गराउनु जरुरी छ तर यो भन्दैमा कर लाद्ने काम भयो भने त्यो झनै समस्या उन्मुख हुनेछ । तसर्थ अव परिवर्तित समय अनुसार धेरै प्रकृतिका करलाई एउटै दायरामा ल्याउनुपर्दछ । जस्तै आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, टीडीएस र स्थानीय तहका जस्ता धेरै झन्झटिला कर एउटै दायरामा राखिनुपर्दछ । कर दिवस मनाईरहँदा करको झञ्झटिलो व्यवस्था होइन सहजरूपमा कर तिर्न पाउने अधिकारको पनि ग्यारेण्टी हुनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?