© २०२३
गोबिन्द राज पोखरेल
स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै प्रा.डा. गोबिन्द केसीले २७ औं दिनसम्म १५ औं अनशन गरे । उनले एउटै बिषयमा बारम्बार अनशन बस्नुपर्ने अबस्था नेपाल सरकारले नै निम्ताएको हो । उनले अनसनमा बस्दा मुलुकका प्रधानमन्त्रीले यसलाई कुनै महत्व नै दिएनन् । अन्ततः डा. केसीका माग उचित ठहराउँदै बर्तमान अबस्थामा संसदकै बाटोबाट यसको समाधान गर्ने अबस्थामा पुगे । शिक्षा स्वास्थ्यको सम्बन्धमा मुलुकको सरकार र खास गरेर प्रधान मन्त्री त्यति सुझबुझमा रहेनछन् भन्ने कुराको जानकारी यसले पनि दिन्छ । कुनै चिज स्थापित गर्न र त्यसलाई बचाइराख्न संसारमा संघर्षको जुन आबश्यक्ता पर्दछ त्यसको एउटा महत्वपूर्ण पात्रको रुपमा डा. गोबिन्द केसी देखा परे । सामाजिक अभियन्ताहरुको लागि योभन्दा राम्रो उदाहरण अरु हुन सक्दैन ।
अभाव र स्वभावका बारेमा नियाल्दा किसानको आप्mनै प्रकारको अभाव हुन्छ तर पनि उ चार दिवार नाघेर जान सक्दैन । मजदुरले आप्mनै प्रकारको अभाव झेल्नु परिरहेको हुन्छ तर पनि सडकमा आएर आफनो मात्र पनि कुरा राख्न सकिरहेको हुँदैन । यस्तै महिला, गरिव, निमुखा एवं पिछडिएका व्यक्तिले पनि आप्mना कुराहरु राख्न सकिरहेको हुँदैन । समाज गतिशील छ, जीवन गतिशील छ तर पनि उनीहरुको बारेमा बोलिदिने भनिदिने व्यक्तिहरुको कमी भैरहन्छ । जसले केही समय बोल्छन् तर पछि गएर बास्तबिकता बिर्सिरहन्छन् । प्रजातन्त्रको बारेमा कुरा गर्छन् समाजवादको बारेमा कुरा गर्छन् तर व्यक्तिगत झमेला बढी व्यहोरिरहँदा सबै कुरा बिर्सि हाल्छन् । समाजको बिकास एकै चरण र एकै पटकमा त हुँदैन, तर त्यसको परिवर्तन गर्ने कुराहरु पटक पटकको संघर्ष अनि व्यबहारले निश्चित बिन्दुमा पुराउन सक्दछ ।
डा. केसीले स्वास्थ्य शिक्षामा गरेको आन्दोलन समाजवादी आन्दोलनसंग जोडेर हेर्नुपर्ने हुन्छ । उनको यो आन्दोलन डार्बिनको बिकासबादी सिद्धान्तसंग जोडेर पनि हेर्न सकिन्छ । इंग्ल्याण्डका चर्चित बैज्ञानिक डार्बिनको मुख्य सोंच भनेकै कुनै पनि जीव अस्तित्वमा आउन संघर्ष गर्नुपर्छ भन्ने नै हो । जति जीव जन्मन्छ सबै बाँच्ने हो भने यस पृथ्वीमा राख्ने ठाउँ नै हुँदैन । जति बोट बिरुवा उम्रन्छन् त्यति सबै ठूला हुँदै जाने हो भने पनि पृथ्वीमा राख्ने ठाउँ रहने छैन । पृथ्वीको आकार निश्चित छ । यसरी जन्मिएका सबैले आफुले संघर्ष गर्दछन् र कति बाँच्न सफल हुन्छन् भने अरु धेरै नै मर्न पुग्दछन् । पृथ्वीमा जसले बढी संघर्ष गर्छ त्यसले नै नया रुपमा बाँच्न सक्दछ । पुरानो र नयाको वीचमा केही न केही फरक रहीरहेको हुन्छ । हामीले सुन्ने गरेका डायनासोर होस वा अन्य जीब जन्तुको बारेमा जति सुन्ने गरेका छौं अहिले त्यही रुपमा पाउन सक्दैनौ । जीव बिकासको नियम नै पुरानो जे छ नया त्यस्तै हुन्छ भन्ने हँुदैन सबैतिर केही न केही फरक भैरहेको हुन्छ जसलाई डार्बिनले आप्mनो बिकासवादी सिद्धान्तमा प्रमाणित गरे । कसैले पनि किन संघर्ष गर्दछ भने जब उसलाई कुनै कुराको अभाव खड्किन्छ तब उसले संघर्ष गर्नै पर्दछ । संघर्ष गर्दै जाँदा कतिपय पुरानाहरु बिलुप्त हुँदै जान्छन् भने कतिपय नयाँ रुपले जन्मने गर्दछन् ।
डा. केसी आफनै कमाइ लिएर जहाँ विपद छ त्यही सुइ ट्यावलेट बोकेर हिंडे । उनको सोंचाइमा गरिबको छोराले गरिबीसंग संघर्ष गरेको हुन्छ त्यसैले स्वास्थ्य शिक्षाको अभाव कस्तो हुन्छ त्यसमा उ बिज्ञता हासिल गर्न सक्दछ । उसलाई समाजको यथार्थ चित्रण थाहा हुन्छ । त्यस्तो समाजको रुपान्तरण कसरी गर्ने हो भन्ने ज्ञान हुन सक्दछ । स्थान बिशेषका ज्ञानहरुको चित्रण हुन सक्दछ । जुन प्रकारको अभाव व्यहोरेको छ त्यसरी नै आप्mनो स्वभाव चित्रण गर्दछ उनको सामाजिक संघर्षको लागि कोरिएको एउटा पक्ष हो । समाज रुपान्तरण गर्दै लैजाने खुड्किलाहरुको बाटो कोर्ने प्रयास पनि हो ।
कतिपय पुराना खाद्य बस्तुको विउ अहिले पाउन सकिँदैन । बिउ नै पुरानो भयो भने त्यसको बंशमा पनि कुपोषण लागेको हुन्छ । अन्ततः त्यस्तो बस्तु कुरुप वा बिकलाँग जस्तो देखिन्छ । हामीले पुस्तान्तर हुँदै गएका धेरै चिजको अबशेष पाउन गाह्रो भएको पनि यस्तै अबस्थाले हो । जसले आफुलाई आप्mनै अभावका कारण संघर्ष गरेको हुन्छ उसले नयाँ रुपमा बाँच्ने आधारहरु खडा गरेको पनि देख्न सकिन्छ । पुरातनवादी जीव र संघर्षको खाकाबाट आएको जीवका स्वभावमा समेत धेरै फरक स्वभावहरु पाउन सकिन्छ । संघर्षको स्वभाव र पुस्तान्तरणको स्वभावमा धेरै कुराहरुमा मेल खाएको देखिँदैन । एउटा संघर्षमा जन्मिएको बस्तु अर्को स्वभावमा रुपान्तरण हुन निकै कठिन मान्दो रहेछ । हाम्रो समाजको विकास पनि सोही अनुसार भइरहेको छ । असल नियतले विगतमा भएको र गरिएका कतिपय निर्णयहरु बर्तमान अबस्थामा अप्रासांगिक जस्तो पनि लाग्दछ ।
समाज बिकासकै रुपमा नागरिकले तन्त्र रोजेका छन् । सडकमा हुँदा एउटा वाचाको लागि संघर्षपूर्ण यात्रा भेटिन्छ तर त्यही यात्रा सत्तामा पुग्दा अर्कै भएर निस्कन्छ । समाज विकास राम्राको लागि भइरहन्छ तर व्यबहारमा भने आम नागरिकको अबस्था उस्तै भइरहेको छ । समाजको रुप परिवर्तनको खाका कोर्ने सत्ताले नै हो । व्यक्तिगत झमेलालाई सर्वोपरी मान्ने र सार्वजनिक चासोका विषयहरु कम महत्व दर्शाउने गर्दा सामाजिक संघर्षले बाटो लिन सकेको छैन । राजनैतिक रुपमा खास बिषयबस्तुलाई समाधान गर्नु भन्दा अन्य बिषयमा केन्द्रित रहेर अगाडि बढेको कारणले गर्दा पनि नेतृत्वमा पुग्ने व्यक्तिहरु छिटो छिटो पतनमा जान्छन् । सार्वजनिक चासो कम र व्यक्तिगत झमेला बढी व्यहोर्ने भएबाटै नेताहरुलाई स्वार्थी स्वभावको, परिवर्तन बिरोधी आदि नामबाट सम्बोधन गर्ने गरिन्छ । हामीले धेरै पटक गरेका सामजिक सम्झौताहरु सही ढङ्गले अगाडि बढ्न नसक्नुको एउटा कारण यो पनि हो । सामाजिक संस्था, रिति, कानुनहरु आफैले श्रृजना गरेका हुन् । तर यिनैलाई व्यक्तिगत झमेलामा अलमलाउने सार्वजनिक चासोको रुपमा यसलाई नअँगाल्दा बास्तबिक व्यबहारमा प्रयोग नभएको हो । प्रत्येक राजनीतिज्ञ, सामाजिक अभियन्ताहरु, संघ संस्था पनि आप्mनै अभाव भित्र गुटमुटिएका छन् । डा. केसीले राजनैतिक अभियन्ताहरुलाई गतिलो झापड यस अर्थमा पनि दिएका छन् । बोट बिरुवामा पनि परजीवी खालको बनस्पति धेरै समयसम्म रहन सक्दैन । यसले आप्mनो आयु त समाप्त बनाएर जान्छ संगसंंगै अर्को बिरुवाको पनि नास गर्दछ । बर्तमान अबस्थामा हाम्रो समाजलाई अगाडि बढाउने अभियन्ताहरुको स्वभाब र व्यबहार यसरी नै रहेको पाइन्छ । तर, गोबिन्द केसीको संघर्ष, स्वभाव र व्यबहार भने समाज बिकासको लागि संघर्षपूर्ण जीबनमा रुपान्तरित हुन पुगेको छ । सार्वजनिक चासो कतिसम्म गिर्दो अबस्थामा रहेछ भने रुखको टुप्पामा बसेर फेँद काटीरहेको जस्तो देखिन थालेको छ । समाजवादी आन्दोलन नेतृत्व तहलाई अभाव भएर गरेका थिएनन् कि भन्ने आभाष देखिँदै छ । कतिले लहडमा राजनीतिक बिडो समाएका थिए त कतिले अरुको देखासिकीमै सामाजिक अभियन्ता बनेका थिए । बास्तबमा सत्तामा पुग्नेहरुले गरेको संघर्ष समाज रुपान्तरणको बाटोको लागि गरिएको थिएन भन्ने कुराको प्रमाण आजको दिनमा उनीहरुले गरेको व्यबहारबाट देख्न सकिन्छ । सबैले प्रशंसा मात्र खोज्ने तर दिन केही नपर्ने आप्mनो भलाइको लागि जस्तासुकै बन्धन पनि तोडिदिने प्रबृत्तिगत अबस्था बारम्बार हुनु राम्रो संकेत होइन । सबै क्षेत्रमा सबै बिज्ञ अबश्य हुँदैनन् तर जुन बिज्ञ छ उसले देखाइदिएको बाटो हिंडेमा नै सबैको लागि भलो हुने हो । सबैको लागि बाटो देखाइदिने व्यक्ति नै सामाजिक अभियन्ता हुन्छ जुन अभियन्तासंग व्यक्तिगत झमेलाको सानो रुप पनि देखिन्न सायद गौतम बुद्ध, जिसस क्राइष्ट आदिले पाउने सम्मान पनि त्यही हो । सामाजिक सद्भाव र रुपान्तरणको लागि खाका कोर्ने सवालमा राजनीतिक अभियन्ताहरुले डा. केसीसंग केही सिक्ने हो कि ?