© २०२३
बुटवल । रुपन्देहीको तिलोत्तमा क्याम्पसले चालु शैक्षिक सत्रदेखि वातावरण विज्ञान बिषयमा पनि अध्ययन अध्यापन गराउने भएको छ ।
यस क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको सक्रियतामा २०५३ सालमा यो शैक्षिक संस्था स्थापना भएको हो । पोखरा विश्व विद्यालयबाट सम्बन्धन लिई २०५६ सालवाट विविए कार्यक्रम संचालन गरेको उक्त क्याम्पसले शैक्षिक सत्र २०७५देखी इन्भारोमेण्ट साईन्स ( वातावरण विज्ञान) विषय पनि अध्ययन अध्यापन गराउन लागेको हो ।
क्याम्पसमा आईतबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पसका प्राचार्य डा. आर.सी. आचार्यले वातावरण विज्ञान विषयको उपयोगिता वढिरहेको सन्दर्भमा यो विद्यार्थीहरुलाई लाभदायी हुने बताए ।
नारायणी पश्चिममा पहिलो पटक तिलोत्तमामा क्याम्पसका स्नातक तहमा वातावरण विज्ञानको कक्षा संचालन गर्न लागिएको उनको भनाई छ । उनले क्याम्पसमा संचालन हुने वातावरण विज्ञान विषय प्रयोगात्मक तथा व्यवहारिक हुने बताए ।
वातावरण विज्ञान अध्ययनका लागि प्स टु मा कम्तिमा सी ग्रेड ल्याइ विज्ञान संकाय उत्रिण गरेको हुनुपर्ने छ । क्याम्पसमा उक्त विषय समूहमा ४८ जनाको कोटा रहेको छ । प्रति सेमेष्टर ६० हजार रुपैया शुल्क तोकिएको छ । भर्ना शुल्क १५ हजार रहेको छ ।
क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष रामचन्द्र ढकालले सरकारी तथा गैर सरकारी संस्थाहरुमा वातावरण विज्ञको माग उच्च रहेकाले यो विषय छनोट गरिएको बताए । जलवायु परिवर्तनको विकराल समस्याहरुबाट गुज्रिएको र मानिसको जीवनमा प्रत्यक्ष सरोकार राख्ने वातावरण सम्वन्धीको विज्ञतालाई विश्व वजारमा पठाउन सकिने उनको भनाई छ ।
क्याम्पसले विश्व वजारको गतिलाई भेटाउने उदेश्यबाट सांचालन गर्न लागिएको नया विष्याले बुटवलको शैक्षिक गतिविधिमा उल्लेखनिय भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छ ।
तिलोत्तमा क्याम्पसमा २ हजार भन्दा वढि विद्यार्थी अध्ययनरत छन । ६७ शिक्षक कर्मचारी कार्यरत रहेको क्याम्पसले जनाएको छ ।