© २०२३
सैनामैना नगरपालिका वडा नं. ६ मा निमार्ण गरिएको सार्वजनिक शौचालयले अहिले आएर सुबिधिा भन्दा सास्ती दिई रहेको स्थानियहरुले बताएका छन् ।आ.व. २०७३÷०७४को बजेट बाट निर्माण गरिएको शौचालय २०७४ साल माघ महिनामा आएर उद्घाटन गरिएको थियो । यस्को सही संरक्षण हुन नसक्दा उद्घाटन भएको केही महिना भित्रै स्थानियले सास्ती भएको महशुष गरेका छन् ।
कलौनी देखि लुम्बिनी सम्मको सडक निमार्ण भए संगै यस क्षेत्रमा सार्वजनिक शौचालयको आबश्यकता देखेर कलौनी चोकमा शौचालय निमार्ण गरिएको थियो । तर उक्त स्थानमा शौचालय बनाउन उपयुक्त छैन भनि स्थानियले बिरोध गरेका थिए ।
स्थानियको बिरोधका बावजुत बनाईएको उक्त शौचालयले अहिले पैदल यात्रीलाई सुबिधा भन्दा सास्ती दिएको छ । स्थानिय हरि भट्टराई भन्छन् यो क्षेत्र भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनी जाने बाटो रहेकोले यहाँ शौचालय भन्दा गौतम बुद्धको मुर्ति सहितको पार्क बनाउनु पर्छ भन्ने हाम्रो भनाई थियो । पार्क बनाउने ठाँउमा शौचालय बनाएर यस क्षेत्रलाई नै आझेलमा पार्न खोजेको स्थानियले आरोप लगाएका छन् । उनले भने जनप्रतिनिधि नहुदा हाम्रो आवाजलाई ब्यवास्था गरि शौचालय बनाए । अहिले यस को संरक्षण र सरसफाई हुन नसक्दा हामी यस क्षेत्रमा बसोबास गर्नेलाई दुर्गन्धले मर्माहत बनाएको छ । अहिले शौचालय बनेको स्थान वरिपरि पानी जम्नु का साथै शौचालयको दुर्गन्धले छेउछाउमा बस्न नसक्ने बनाएको छ अर्का स्थानिय बासुदेव घिमिरेले बताए । जन प्रतिनिधि आए पछि यस्को ब्यबस्थापन हुने मा आफुहरु आशाबादी रहेपनि शौचालयको ब्यबस्थापन तर्फ ध्यान नगएको मा निरास ब्यक्त गरेका छन् ।
यस बारेमा सैनामैना नगरपालिका वडा नं. ६ का अध्यक्ष बसन्त पाण्डे संग बुझ्दा शौचालय निमार्ण गर्ने बेलामा कर्मचारीले गरेको कमजोरीले गर्दा अहिले हैरानि भएको बताए । यस क्षेत्रको पानी शौचालयको सेफ्टी टंकीमा गएर १ महिनामा दुई चोटी टंकी सफा गर्नुपर्ने बाध्यता रहेको उनले बताए । गत महिना एक पटक ८ टेङ्कर र अर्को पटक ९ टेङ्कर गरि १५ टेङ्ककर पानी फ्याक्दा ३४ हजार रुपैया खर्च भयो उनले भने । मानिसको चाप पनि कम छ तर १ महिनामै १५ टेङ्ककर पानी कसरी भरियो यसको जवाफ कसै सँग छैन ।यसरी सार्वजनीक महत्वका संरचना बनाउदा दिर्घकालिन सोच नबनाउदा स्थानियलाई सास्ती हुनुको साथै सरकारी सम्पत्तिको सही सदुपयोग नहुने स्थानियको भनाई रहेको छ । यस शौचालयलाई अलि ब्यबस्थीत गरि हाल वडा कार्यालय भएको छेउमा निमार्ण गरिनु पर्ने उनिहरुको भनाई रहेको छ । नगरपालिकाको १२ लाख लागतमा शौचालय निर्माण गरे पनि निमार्ण कार्यमा लापरवाही गर्दा अहिले उक्त शौचालयको अनावश्यक खर्च ब्यहोर्न नगरपालिका बाध्य भएको छ ।