© २०२३
२०७५ साउन १ गते देखि करार कर्मचारी हटाए लगतै अवरुद्ध भएका लमही अस्पताल सवै सेवा सुचारु भएका छन ।
कर्मचारी हटाए लगतै अवरुद्ध वनेको एक्सरे ,इसिजि , एम्बेलुनस र सव वाहन सेवा विहिवार देखि फेरी सुचारु मा आएको अस्पतालका इन्चार्ज डाक्टर विमलेश गुप्ताले वताए ।
सोही अस्पतालवाट लमही नगरपालिको स्वास्थय विभाग खटियका २ जना निरक्षक , १ जना अहेव र १ जना टेक्नीसियन पून अस्पतालमा फिर्ता पठाएको लमही नगरपालिकाका कार्यालय प्रमुख गेहेन्द्र वहादुर डाँगीले वताए ।
त्यसै गरि एम्बेलेन्स र सव वाहन सन्चालनका लागि समेत नगपालिकाले व्यवस्थापन गर्ने र अस्पतालले आवश्यता अनुसार नगरपालिकामा जानाकारी गराए लगतै नगरपालिकाका चालकहरु ऋस्पतालमा खटाउने नगरपालिकाका कार्यालय प्रमुख डाँगीले वताए ।
गत साउन १ गते करारका कार्यरत ९ जना कर्मचारी हटाए लगतै अस्पतालको एक्सरे , इसिजी , एम्बुलेन्स र सव वाहन वन्द रहेका थिए ।
अति आवश्यक सेवा वन्द भएको भन्दै अस्पातल प्रशासन विभागले कर्मचारीको व्यवस्थापन गरिदिन लमही नगरपालिकामा पत्रचार गरेको डाक्टर गुप्ताले वताए ।
यस अघाडी विभिन्न स्वास्थ्य संस्थावाट ४ जना कर्मचारीहरु अस्पतालमा काजमा आइ सकेकोले अव लमही अस्पतालमा चिकित्वक वाहेक अन्य समस्या समाधान भएको पनि डाक्टर गुप्ताले वताए । २०७३ माघमा प्राथमिक स्वास्थय केन्द्रवाट स्तरवृद्धी भइ १५ शैश्याको अस्पतालमा अवडेट भए पनि हाल सम्म मेडिकल सुपरटेन्टको दरवन्दी खाली रहेको उनले वताए । अन्य क्षेत्रका १५ शैश्याका अस्पतालहरुमा ५ देखि ६ जना चिकित्स रहने वताउदै लमहीमा हाल १ जना मात्र चिकित्स हुदा काम गर्न असजहता भएको डाक्टर गुप्ता वताउछन ।
लमही अस्पतालमा २ जना चिकित्सक कार्यरत भए पनि डाक्टर इश्वरी खनाल २ वर्षे कार्यकाल सकि अव उच्च शिक्षा अध्यानको लागि परिक्षा दिने तयारीमा भएको र हाल विदामा हुदा एक्लै डाक्टर गुप्ता कार्यरत छन । तर हटाइएका कर्मचारीहरु भने आफूहरु वर्षोदेखि काम गरिहे पनि कामवाट निकालिएको तर २०७५ जेठमा करारमा नियुत्ती गरिएका २ जनाको म्याद थपि आफूहरु माथि अस्पताल व्यवस्थापन समिति र लमही नगरपालिकाले अन्याय गरेको वताउदै आएका छन ।