ट्रेंडिंग:

>> गाउँको उत्पादन बजारीकरण गर्दै बेल्बासे >> सिक्टा सिंचाइः किसानलाई देखाउने दाँत >> तस्करले छाडेनन तुरियाखोला >> होटल ब्यवसायी, क्याटरिङ, उद्योग संघ र ब्यापार संघ अन्तिम चारमा >> आजको मौसमः तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना >> न्यायलयले न्याय मारेर घुस लिएको भन्दै नाराबाजी >> नवलपुरमा दसैँ मेला लाग्ने >> लुम्बिनीमा पारित भयो स्थानीय सेवाको गठन सम्वन्धी विधेयक >> ३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा >> प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेपछि महासंघको विरोध >> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर >> जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने >> मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी >> गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनायो >> होटेल ब्यवसायी संघ र ब्यापार संघ विजयी शुरुवात >> पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकहरुको सहयोग आवश्यक- मन्त्री पाण्डे >> ५० प्रतिशत महिला सहभागिताको माग >> संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण थियो- प्रधानमन्त्री ओली

सिद्धबाबाको वैकल्पिक सडक : २० करोड स्वाहा, गुड्दैनन् गाडी

२ आश्विन २०८०, मंगलवार
२ आश्विन २०८०, मंगलवार

पाल्पा, २ असोज ।

जोखिमयुक्त सडकको विकल्प भन्दै नयाँ निर्माण गरेको सडकमा लुम्बिनी प्रदेश सरकारको लगानी वालुवामा पानी जस्तै भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान–सिद्धबाबा खण्ड जोखिम युक्त भएपछि विकल्पको रुपमा नयाँ सडक निर्माण गरिएको छ । पाल्पाको तिनाउँ गाउँपालिका झुम्सादेखि वुटवल उप नगरपालिकाको चरङ्गे जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७५—०७६ देखि निर्माण कार्य सुरु गरेको सडक खण्डमा लगानी व्यर्थ हुँदा बालुवामा पानी खन्याए जस्तै भएको हो ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले भौगोलिक भू बनोटका विषयमा संभाव्यता अध्ययनबिना निर्माण कार्य आरम्भ गरेको हो । तत्कालीन सरकारका मन्त्रीले सडक उद्घाटन गरेपनि हाल सम्म न सडकको स्तरोन्नती हुन सकेको छ न त यस सडकमा गाडी गुड्न सक्ने अवस्था छ । सडक निर्माणको कार्य आरम्भ भएपछि पहिरोको उच्च जोखिम संगै वन विनासको पनि क्रम बढेको स्थानीयहरुको भनाई रहेको छ ।

वैकल्पिक सडक खुल्यो भनेर सरकारका मन्त्री, स्थानीय सरकारका प्रमुख, संचारकर्मीले माला त लगाए । त्यसैवर्षको वर्षातदेखि पहिरो जाने क्रम बढेको, पहिरोको कारण पुरै बस्ती नै जोखिममा परेको, अधिकांश खेतीयोग्य जमिन सथै वन पनि भासिदै गएको यस क्षेत्रको सडकको संजालले विकास होला भन्दा झनै विनासतिर बढ्दै गएको स्थानीय टेक बहादुर नेपाली बताउँछन् ।

यो सडक निर्माण गर्दा ठुला ठुला मेसिनको प्रयोगका कारण जमिनको तल्लो भाग खलबलिएको, सधैका लागि बाढी, पहिरोका कारण क्षति हँुदै गयो । यो क्षेत्र भौगोलिक भूबनोट अनुरुप चुरे क्षेत्रमा पर्दछ । चुरे भन्ना साथ अत्यन्तै कमजोर भूभागमा पर्दछ । मेसिनको प्रयोग गर्न नहुने ठाउँमा ठुला ठुला मेसिनको प्रयोगका कारण पहिरोले क्षति भएको स्थानीय राम बहादुर विश्वकर्मा बताउँछन् ।

सडकका कारण दर्जनौ स्थानमा पहिरो गएको र ठुला ठुला रुखहरु ढलेका छन् । पहिरोका कारण जमिनको क्षति बढ्दै गएको स्थानीयहरुको दावी रहेको छ ।

दोभान सिद्धबाबा मृत्यू मार्ग भनेर चिनिन्छ । यसको विकल्पमा सुरक्षित मार्ग भन्दै यस क्षेत्रको सडक निर्माण गरिएको हो । तर भौगोलिक अध्ययन बिना हतार हतार लोकप्रियताको लागि काम गर्दा असफल योजनाभित्र परेको सडक पूर्वाधार कार्यालयका प्राविधिकहरु बताउँछन् ।

यस सडकको कुल लम्बाई २१ किलोमिटर पर्दछ । झुम्सादेखि रुपन्देहीको सिमाना चौकीभज्याङ सम्म कालोपत्रे, ग्राभेल खोलामा, मोटरेबल पुल निर्माण, कल्भर्ट निर्माणको कार्य पूरा भएको सडक कार्यालयका प्रमुख अरुण गुप्ता बताउँछन् । यस सडक खण्डमा ४ वटा पुल निर्माणको कार्य अगाडि बढिसकेकोे छ ।

पाल्पा खण्डमा भन्दा रुपन्देही खण्डमा जोखिम अधिक छ । “पाल्पा खण्डमा समेत विगतमा समस्या परेको थियो”–उनले भने । यस सडक खण्डमा रुपन्देहीबाट हाल सम्म २० करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ ।

सडक कार्यालयका रुपन्देहीका एक प्राविधिकका अनुसार यो सडक त प्राविधिकहरुका लागि टाउको दुखाईको विषय नै भएको छ । भूगर्भविदका अनुसार सफल हुने योजना नै होइन । त्यसैमाथि सरकारले बजेट कम मात्रामा विनियोजन गर्दा पनि समस्या परेको हो । दर्जनौ स्थानमा पहिरो गएको छ कति ठाउँमा त पहिरो हटाउनै समस्या छ । “पहिरोलाई तलबाट हटाउँदा माथिबाट झर्ने संभावना उत्तिकै छ । एकपटक पहिरो हटाएको ठाउँमा फेरि झर्छ । समस्या यस्तो भएको कारण असफल भएको हो”– उनले भने ।

स्थानीय पार्वती दर्लामी भन्छिन्, “आफ्नै घर अगाडिबाट मोटर गुड्ने भयो, कृषि उपज बजार सम्म पुर्याउन सजिलो हुने भयो भन्ने थियो । यस्ता सुखका सपना देख्नु मात्र भयो । मोटरबाटोको कारण पैदल हिड्ने बाटो पनि हरायो । वर्षातको समयमा पैदलै हिड्न पनि कठिन भयो ।”

पहिले पहिले पुर्खाको समयदेखि हिडेको बाटो समेत पहिरोको कारण हरायो । विकासका कारण घर बस्ती समेत नै पहिरोको जोखिममा पर्न लागेको छ । पुरै बस्ती नै उठ्न लाग्दा समेत कहीं कतै पनि सुनुवाई हुन सकेको छैन । विकासका नाममा यो बस्ती केही वर्षपछि उजाडिने स्थानीय बुद्धिबहादुर विश्वकर्मा बताउँछन् । खानेपानीको धारा घरै नजिक थियो अहिले भासिएर १० मिटर तल पुगेको छ । सरकारको यो योजनामा लगानी विकासका लागि नभएर विनासका लागि भएको स्थानीयहरुको भनाई रहेको छ ।

भुगर्भ सम्वन्धी जानकार प्राविधिकका अनुसार यस क्षेत्रका जमिन अत्यन्तै कमजोर हुन्छन । यस्ता जमिनमा ठुला ठुला कोदालोले सम्म खन्न हुँदैन । सडक निर्माण गर्नु भन्दा अगाडि संभाव्यताको अध्ययन गर्नुपथ्र्यो । भुगोल र भौगर्भिक क्षेत्रका जानकार जो कोहीले पनि यस्ता क्षेत्रमा उपयुक्त ठान्दैनन् । यसको त अन्य वैकल्पिक उपायहरु खोज्नु पथ्र्यो । त्यसैगरी साना साना मेसिनहरु प्रयोग गर्नु पथ्र्यो । “ठूला मेसिनको प्रयोगको कम्पनको कारण क्षति भएको हो, यो सफल हुने योजना नै होइन”–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?