ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

‘अब बित्तीय क्षेत्र अनुकुल बनेको छ’

२७ भाद्र २०८०, बुधबार
२७ भाद्र २०८०, बुधबार

बैंक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था र अबको योजना बारे एनएमबि बैंक लुम्बिनी प्रदेशका प्रमुख शम्भु प्रसाद पराजुलीसँग गरिएको कुराकानी :

वित्तीय क्षेत्रको वर्तमान अवस्था कस्तो छ ?

–विगत केहि समय देखि नेपालको वित्तीय क्षेत्रको अवस्थाको बारे विभिन्न कोणबाट चर्चा परिचर्चा भैइराखेको छ । खास गरेर गतसाल केही महिना वैकिङ्ग क्षेत्रमा कर्जा प्रवाहको गतिशीलतामा केही शिथिलता आइसकेपछि विभिन्न बहसहरू भएका थिए । गएको बर्ष बैंक तथा वित्तीय सस्थाको कर्जा निक्षेपको अनुपातमा सँकुचन आइसकेपछि बैंकहरूले थप कर्जामा केहि कमी गरेकै हुन । तर केहि क्षेत्र बाहेक बैंकहरूले नियमित कर्जा प्रवाह गरिरहेका थिए र छ्न । अर्कोकुरा बैंक वित्तीय संस्थाले निक्षेप आकर्षण गर्न निक्षेपको ब्याजदर बढाउनुपर्ने अवस्था आयो जसलेगर्दा त्यसको प्रभाव पनि कर्जामा पर्न गयो । कर्जाको ब्याज बढ्यो । कर्जाको ब्याजदर बढिसकेपछि वित्तीय आवश्यकता भएका ग्राहकहरू कर्जा लिन केहि समय पर्ख र हेरको अवस्थामा रहनुभयो । यसले केही शिथिलता देखियो । तर गतबर्ष र आजको अवस्थाको तुलना गर्दा अहिले अनुकूल परिस्थिति छ । कर्जाको लागि बैकिङ्ग सहज बन्दैछन । अहिले बैंक तथा वित्तीय सस्थाले कर्जा प्रवाह गरिरहेका छ्न । एनएमबि बैंकले पनि सबै प्रकारका कर्जाहरू प्रदान गरिरहेकोछ । कर्जा बाहेकका अरू क्रियाकलापहरू पहिले देखि नै नियमित संचालन मै थिए र छ्न । समग्रमा बैंक वित्तीय क्षेत्रको अवस्थामा सकारात्मक छ । यसले बजारलाइ पनि सकारात्मक बनाउछ । कर्जा बिस्तारको क्रम अगाडि बढेकोछ ।

वित्तीय सहजता अनुकूल रहेको छ ? अब समस्याहरू छैनन् ?

–निश्चय नै बित्तीय क्षेत्र अनुकुल बनेको छ । नयाँ नयाँ कर्जाको माग आएको छ । रेमिट्यान्स बढेको छ । देशको शोधान्तर स्थिति मजबुत हुदै गएको छ । बैंकहरूमा डिपोजिट बढेको छ । कर्जा लगानीको क्षमतामा वृद्धि भएको छ । आज पनि बैंक तथा वित्तीय संस्थासग पर्याप्त कर्जा लगानी योग्य पुजी छ । बैंकहरूमा विश्वास बढ्दो छ । आमजनता माझ बित्तीय पहुँच विस्तार भएको छ। अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको बैंकिङ्ग सेवा नेपाली बैंक तथा वित्तीय सस्थाहरूले प्रदान गरिरहेका छन । एउटा उत्कृष्ट क्षेत्र बनेको छ बित्तिय क्षेत्र । केहि समस्या भए समाधान गर्न नेपालका बैंक तथा वित्तीय सस्थाहरू सक्षम छ्न । आमनागरिक सबैमा ढुक्क भएर आफ्नो सम्पूर्ण आर्थिक कारोबार बैंक मार्फत गर्न हार्दिक आग्रह पनि गर्दछु ।

वित्तीय क्षेत्रमा वेलावेलामा केहि न केहि समस्याहरू आइरन्छ्न ? के कारण होला ?

– हेर्नुहोस अर्थतन्त्रमा उतारचढाव आउछ्न । यो विश्वका सबै मुलुकमा नै हुने गर्छ। यो अर्थशास्त्रको नियम हो । मुख्य कुरा प्रतिकुलतालाइ कसरी रोक्ने र कसरी समाधान गर्ने भन्ने हो । केहि समस्याहरू देश भित्रका आन्तरिक फ्याकटरबाट सृजित हुन्छन् भने केहि समस्याहरू बाह्र प्रभावबाट आउने गर्छन्। यसलाइ अनुकूलता लैजाने र समाधान गर्ने प्रयत्न सधै हुन्छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सरोकारवाला सबैसँग समन्वय गरेर समस्याहरूको कारण खोजी समाधान गर्न नेपालका बैंक तथा वित्तीय सस्थाहरू सफल भएका छन ।
एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारीमा आउनुभएको छ । एनएमबि बैंकले यस क्षेत्रमा के कस्ता सेवा प्रदान गरेको छ ?
–हो । एनएमबि बैंकको लुम्बिनी प्रदेश प्रमुखको रूपमा यही साउन १ गते देखि काम गर्न थालेको छु। यो प्रदेश मेरो लागि परिचीत छ । झन्डै डेड दसक देखि यस बैंकको मुख्यालयमा विभिन्न भुमिकामा रहेर काम गरेको अनुभव छ । मेरो अनुभव र यस प्रदेशको सम्भावना र यस प्रदेशको एनएमबि बैंकको सिङ्गो टिम सगै दिगो, सरल, ग्राहक मैत्री बैकिङ्ग सेवा दिनेछौ । खासगरी विश्वभरी बैंकहरूले अभ्यास गरिएका उत्कृष्ट सेवाहरू एनएमबि बैंकले प्रदान गर्दै आएकोछ । सामान्यतया बचतकर्ताको रकम सुरक्षीत बचत गर्ने र वित्तीय आवश्यक भएका ग्राहकलाइ कर्जा प्रवाह गर्ने सेवाहरू दिइरहेका छौ । साथै सन्सारका उत्कृष्ट बैंकहरूले प्रदान गर्ने बैकिङ्ग प्रबिधिलाइ नेपाली माटोमा ल्याउने र अन्तर्राष्ट्रिय स्तरको बैकिङ्ग सेवाहरू प्रदान गर्न हामीहरू सदैव दत्तचित्त भएर लागेका छौ । सर्वसुलभ कर्जा र बचतमा राम्रो ब्याज दिइरहेका छौ ।
सबै बर्ग र समुदाय, उमेर समेटेर विभिन्न प्रोडक्टहरू हामीले ल्याएका छौ, जस्तै महिला दिदीबहिनीको लागि स्मार्ट नारी बचत खाता, वृद्धहरूको लागि मान्यजन बचत खाता, युवाहरूको लागि युवा बचत खाता, कर्मचारी बचत खाता लगायत थुप्रै उत्कृष्ट बचतका स्किम छ्न । एनएमबि बैंकमा खाता खोलेर कारोबार गर्दा राम्रो ब्याज पनि पाइन्छ । दुर्घटना बिमा, घातक रोगको विमा र स्वास्थ विमाको सुविधाहरू पनि छ्न । त्यस्तै कर्जा तर्फ कृषि, उर्जा, ब्यापार, उद्योग, घर, शिक्षा, गाडी लगायतका सबै प्रकारका कर्जाहरू प्रदान गरेको छ । बिना कागजात एनएमबि बैंकको मोबाइल बैकिङ्ग एप्सबाट एप्लाइ गरेर दुइ लाखसम्मको सापटी कर्जा दिएका छौ । त्यस्तै क्युआर कोडको प्रयोग गर्ने ग्राहकले दुइ लाखसम्म बिना कागजात कर्जा पाउने वयवस्था छ। डिजिटल बैंकिङ्गमा एटीएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग , ईन्टरनेट बैंकिङ्ग, आइपिस, आरिटिजिस, रेमिटान्स सेवाहरू प्रदान गर्दै आइरहेका छौ । हाम्रो असल कर्म र कार्यसम्पादनले नै २०१७, २०१८ र २०२० मा एनएमबि बैंक नेपालको उत्कृष्ट बैंक भएको थियो र २०२१मा नेपालबाट पहिलो पटक एशिया महादेश कै सर्वोत्कृष्ट बैंक भइ बैक अफ द इयर एसिया अवार्ड पाउन सफल भएको थियो ।

लुम्बिनी प्रदेशमा एनएमबि बैंकको के छ योजना ?

– एनएमबि बैंकले नेपाल भरिका शाखाहरूबाट दिने सेवाहरूमा एकरूपता छ। सबै क्षेत्रका ग्राहकहरू हाम्रो लागि उत्तिकै महत्त्वपूर्ण हुनुहुन्छ । गुणस्तरीय, छिटोछरितो र सरल बैंकिङ्ग सेवा हाम्रो उच्च प्राथमिकता हो । कतिपय स्थान, भूगोल र त्यहाको सस्कृतिको पहिचान र अपनत्व हुने गरि प्रोडक्ट पनि बैंकले ल्याएको छ । यसैक्रममा एनएमबि बैंकले लुम्बिनी प्रदेशको लागि एनएमबि बचत खाता ल्याएको छ। यो प्रोडक्ट लुम्बिनी प्रदेशका ग्राहकलाइ केन्द्रित गरेर ल्याएको हो । यो खाता खोल्दा बैंकल विभिन्न सुबिधाहरू प्रदान गरेको छ। निशुल्क रूपमा खाता खोल्न पाइन्छ। एटिम, क्रेडिट कार्ड,मोबाइल बैंकिङ्ग लगायत सेवाहरू निशुल्क प्रवाह गरेको छ। यो खाता खोल्दा लकर सुबिधामा ५०% छुट दिएको छ । डिमाट तथा मेरो सेयर सुबिधा छ । आश्वा चार्ज निशुल्क गरेको छ। यो खाताबाट पहिलोपटक मोबाइल बैकिङ्ग मार्फत कारोबार गरेमा रु ५ सय क्यासब्याक दिएको छ। यि लगायत अन्य ग्राहक मैत्री सेवाहरू प्रदान गर्दौ आएका छौ ।

एनएमबि बैंकका आगामी योजनाहरू के छन् ?

–नेपाल राष्ट्र बैंकको मौद्रिक निति, निर्देशन एवम् एनएमबि बैंकको केन्द्रिय कार्यालयले निर्देशन गरे बमोजिम हामीले हाम्रा योजनाहरूलाइ अगाडि बढाउनुपर्छ र सोहिअनुसार बढाइरहेका छौ। खासगरी लुम्बिनी प्रदेश सबै सम्भावनाको सङ्गम हो । कृषि, उद्योग, शिक्षा, स्वास्थ, व्यापार तथा अन्य थुप्रै ब्यावसायमा अवसर नै अवसर छन । लुम्बिनी प्रदेश भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । पर्यटकिय, सास्कृतिक, धार्मिक स्थलहरू भएका हुदा पर्यटन उद्योगको फस्टाउने प्रचुर संभावना छ ।
एनएमबि बैंक मात्र होइन, सबै बैकहरूले होटल, रेष्टुरेन्ट, क्याफेहरूमा पनि राम्रै लगानी गरेको छ । हाम्रो प्राथमिकता लुम्बिनी प्रदेशको समग्र आर्थिक विकासमा टेवा पुग्ने क्षेत्रमा हुनेछ । साथै एनएमबि बैंक आम जनताको बैंक हो । हरेक बित्तीय कारोबारको लागि एनएमबि बैंकलाइ सम्झनुहोस । सबैको साथ, समर्थन, विस्वासले एनएमबि बैंक निरन्तर अगाडि बढिरहेकोछ । थप सरल, शसक्त, ग्राहक मैत्री, अत्याधुनिक एवं डिजिटल बैंकिङ्ग सेवा दिन हामी कटिबद्ध छौ र त्यसैमा लागिरहेका छौ पनि । आमजनताको माया र बिश्वासको लागि आभारी छौ । निरन्तर सेवा दिन मौकाले हामी जिम्मेवार र खुसी हुनेछौ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%