© २०२३
तिलोत्तमा, १६ चैत ।
एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था तिलोत्तमा–९ मंगलापुरले कर्जा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहकारीका अध्यक्ष तारानाथ कंडेलले सहकारीको वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको बचत रकम ६४ करोड ४८ लाख ५७ हजार रहेको उनले जानकारी दिए । सहकारीले कुनै पनि संघसंस्थाबाट कर्जा नलिएको जानकारी दिंदै उनले संस्थाको कोष रकम ४ करोड २३ लाख ७७ हजार रहेको बताए । संस्थाको फागुनसम्मको नाफा ७२ लाख ५८ हजार रुपियाँ रहेको अध्यक्ष कंडेलले बताए । उनले संस्थाको नगद मौजदात १५ करोड २२ लाख ३४ हजार रहेको जानकारी दिए । त्यस्तै कर्जा ल गानीमा ६५ करोड १८ लाख १५ हजार रहेको पनि त्यस अवसरमा जानकारी गराइएको थियो ।
संस्थाको कुल पुँजी ८२ करोड ३४ लाख ३ हजार रहेको पनि अध्यक्ष कंडेलले जानकारी दिए । उनले संस्थाको तरलता २३ प्रतिशत रहेको पनि जानकारी दिए ।
कार्यक्रममा सहजकर्ताको रूपमा संस्थाकै वरिष्ठ व्यवस्थापक मुकुन्दहरी ज्ञवाली रहेका थिए । त्यस्तै कानुनी सल्लाहकार जीवनारायण अधिकारीले सहकारीका कानुनी प्रावधानका बारेमा जानकारी गराएका थिए ।