© २०२३
बुटवल(बुटवल टुडे) चैत । राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवल उपमहनारपालिका वडा नम्बर २, मैनावगरस्थित दीर्घकालीन बचत तथा ऋण सहकारी संस्थामा सहकारी सचेतना तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष हिक बहादुर दर्लामी मगरले आफ्नो नीति तथा नियम अनुसार सञ्चालन भएमा सहकारीमा समस्या नआउने बताए ।
कार्यक्रममा खेमराज पाण्डेले सहकारीको मुल्य मान्यता, सहकारीका उदेश्य सहित सहकारीबाट गर्न सकिने विभिन्न उद्यमशिलताको विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा सहकारीका प्रमुख सल्लाहकार रणकुमार श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक गौतमलाल शाक्य, सल्लाहकार खेम प्रसाद गौतम, पुनम रजाली, महेश पोखरेल, हेम बहादुर थापा लगायतले सहकारीको वर्तमान अवस्था र भविष्यमा अप्नाउनुपर्ने योजनाबारे प्रकाश पारे । कार्यक्रममा संस्थाका सचिव तथा शिक्षा उप समितिका संयोजक टिकाराम शर्मा, उपाध्यक्ष सिता जोशी, कोषाध्यक्ष दिपक खड्गी, शिक्षा उप समितिका सदस्य विजयरत्न शाक्य,