© २०२३
दाङ तुलसीपुर उपमहानगरपालीका वडा नं. ३ अम्बास की ६१ बर्षिय लिलाबति पुनको आङ (पाठेघर) खसेको २१ वर्ष पछि उपचार गराइन । झरेको पाठेघरलाई हातले माथितिर धकेल्दै, पीडा सहँदै काम गरेकी उनले यो कुरा परिवारमा पनि भनिनन् । यसको कारण थियो समाजले छिछिदुरदुर गर्ला भन्ने डर ।
सुत्केरी भएको १० दिनमा पानी लिन पँधेरामा जाँदै गर्दा उनको पाठेघर झ¥यो । भिरालो ठाउँ पानी पँधेरा जान आधा घण्टा लाग्थ्यो । लिलाबतीले भनीन । पानी भर्न बसेका बेला मासुको डल्लोजस्तो निस्कियो, हातले माथितिर धकेलेर घरमा फर्किए । पहिला त के भयो भन्ने नै थाहा भएन पछि थाहा पाएँ आङ खसेको रहेछ उनले भनिन् । आफुले थाहा पाए पनि यो कुरा कशैलाई भनिन । पाठेघर खसेका विषयमा गाउँघरमा कुरा गर्दा इज्जत जाने डरले गुमनाम राख्ने अर्की पात्र हुन दाङ तुलसीपुर उपमहानगरपालीका ३ कै प्रतापकोटकी अनिता पुन । आईमाई भएपनि यस्तो समस्या त सबैले भोग्नुपर्छ भनेर सासु र दिदीबहिनीले भन्ने गर्दथे उनले भनिन् । त्यसैले कसैलाई भन्ने आँट गरिन । आफ्नो समस्याका बारेमा श्रीमानलाई भनेपनि कुनै वास्ता नगरेको उनले बताइन् ।
११ सन्तानीकी आमा लिलाबतीले ८ औ सन्तानलाईद जन्मिदिएपछि पाठेघर झरेको थियो । तर पनि अन्य सन्तान नजन्माई सुखै पाइनन् उनले । अरु सन्तान जन्माउन सक्दिन भनेर बुढोलाई भनेकी थिए तर श्रीमान्ले मानेनन् उनले आफ्नो वास्तविकता खोलिन् । एकातिर दिनरात दाउरा घाँस, ढिकी जाँतो गर्नुपर्ने बाध्यता, अर्कोतिर पाठेघर खसेर हिडडुल गर्न नसक्ने अवस्था । समयमा उपचार नपाउँदा उनी दुब्लिएर लौरीजस्ती भइन् । उपचारका बारेमा जानकारी नहँुदा रोग लुकाएर पीडा सहन बाध्य भएकी उनले हाल रोगको उपचार गरेकी छन् ।
दाङ जिल्लाका ग्रामिण भेगमा अहिले पनि १५÷२० वर्षसम्म पाठेघर खसेको उपचार नगरेर पीडा सहिरहेका महीलाहरु पाइन्छन् । २० वर्ष सम्म रोक लगाएर बसेको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । ११ सन्तानकी आमा लिलाबति पीछडिएको समुदायमा जन्मिएकी उनको सानै उमेरमा बिबाहा भएको थियो । १५ वर्षको उमेरदेखि नै लगातार रुपमा छोराछोरी जन्मिन थाले । सुत्केरी अवस्थामा स्याहार सुसार त कता हो कता सुत्केरी भएको ७÷८ दिनमै घरभित्रको काम गर्नुपर्ने बाध्यता थियो । जसका कारण उनको पाठेघर झ¥यो । सुत्केरी भएको ७÷८ दिन पुगेको थियो, लालाबालालाई पानी खुवाउँदा पाठेघर झ¥यो । उनले भनिन् । पाठेघर खसेको ४÷५ वर्षसम्म पीडा सहि सकेपछि श्रीमान्सँग आफ्नो पीडा भनेकी उनले अरुलाई भने केही भनिनन् । श्रीमान्ले त पत्याएनन् अरुलाई के भन्ने उनले भनिन । पहिले भन्दा बुढोले सुनेनन् उनले भनिन् । पछि बुढी भैग्याछेस् औषधी गरेर किन पैसा खर्च गर्ने, तैले कमाएर तिर्न सक्दैनेस् भनेर गाली गरे ।
घरमा सुत्केरी हुनु, सानो उमेरमा बच्चा जन्माउनु, सुत्केरी समयमा आराम नगर्नु र धेरै बच्चा जन्माउनु जस्ता कारणले पाठेघर खस्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ । स्वास्थ्यकर्मीका अनुसार पाठेघर खस्नबाट बच्नका लागि २० वर्ष नपुग्दै बच्चा नजन्माउन, सुत्केरी भएपछि कम्तीमा पनि तीन महिनासम्म भारी काम नगर्न तथा अस्पतालमा सुरक्षितरुपमा सुत्केरी हुनका लागि डाकटरको सल्लाह सुझाव छ । सामान्य पाठेघर बाहिर आएका २० देखि २५ वर्षसम्मका महिलाहरु पाठेघरलाई बिना अपे्रशन व्यायामबाट निको पार्न पनि सकिन्छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी