ट्रेंडिंग:

>> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान >> बाँकेमा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुभारम्भ

सिकलसेल एनिमियाः किन र कसरी लाग्छ यो रोग ?

७ असार २०७५, बिहीबार
७ असार २०७५, बिहीबार

सिकलसेल एनिमिया । झट्ट सुन्दा तपाईंलाई यो रोगबारे उति हेक्का नहुन सक्छ । खासमा यो रक्त विकारसँग सम्बन्धित रोग हो ।

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ । आज सिकलसेल एनिमिया दिवस भएकाले सोही अवसरमा यस रोगको बारेमा उपयोगी जानकारी उपलब्ध गराइएको छ ।

सिकलसेल दिवस जुन १९ मा मनाउने गरिएको छ, विश्वभर नै । यो रोगबारे जनचेतना जागृत गराउने उदेश्यले नेपालमा पनि सिकलसेल दिवस मनाइदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि सिकलसेल एनिमिया सम्बन्धी जनचेतनामुलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँदैछ ।

सिकलसेल एनिमियाबाट संसारभरका २५ मिलियन मानिस प्रभावित भएको अनुमान गरिएको छ । अमेरिकाको पश्चिममा राज्यहरमा पहिलो पटक देखिएको सिकलसेल एनिमियाबाट नेपालका बाके, बर्दिया, दाङ्ग लगायतका तराईका जिल्लाहरु बढी प्रभावित छन् ।

यी जिल्लाहरुमा बसोबास गर्ने आदिवासी थारु समुदायका मानिसहरु यो रोगबाटसबैभन्दा बढी प्रभावित भएकै कारण नेपाल सरकारले हाल सिकलसेल एनिमियाको उपचार निशुल्क गर्दै आएको छ । नेपालका थारु समुदाय बाहेक अफि्रका र इण्डियन कन्टिनेटका केही देशका आदिवासीहरुमा यो रोग देखिएको छ ।

यो रोगको गम्भीरतालाई ध्यानमा राखेर नै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आर्थिक वर्ष ०७४ /०७५ बाट सिकलसेल एनिमिया सम्बन्धि एउटा अनुसन्धान नै सुरु गरेको थियो ।

अनुसन्धानको पहिलो चरणमा बर्दियाको बारबर्दिया नगरपालिकामा बसोबास गर्ने एक वर्ष देखि २९ वर्षका बीस हजार व्यक्तिहरुसित अन्र्तवार्ता लिनुका साथै रगत परिक्षण गर्ने लक्ष्य लिएकोमा हालसम्म पाच हजार २८८ व्यक्तिहरुसित अन्तवार्ता लिई रगत संकलन गरिसकेको परिषद्ले जनाएको छ । जसको परीक्षण हाल बर्दियास्थित बारबर्दिया स्वास्थ्य केन्द्र तथा काठमाडौको वीर अस्पतालमा भइरहेको छ ।

सिकलसेल एनिमिया के हो, किन हुन्छ ?

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउदै लैजान्छ ।

सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रकि्रया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ । एक पटक शरीरमा यो प्रणाली विकास भएमा एक देखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्दछ ।

सामान्य अवस्थाको रातो रक्तकोषिका गोलो र चिव्लो हुनुका साथै यसको आयु एक सय २० दिनको हुन्छ । जबकी सिकलसेल एनिमिया भएको व्यक्तिमा रक्तकोष हसिया आकारको -विकृत) हुन्छ ।

यस्तो विकृत रक्तकोषको आयु पनि दश देशदेखि बीस दिनको मात्र हुन्छ । एकातिर रगत ढिला बन्ने र अर्कोतिर बनेको रक्तकोषको आयु छोटो हुदाँ सिकलसेल एनिमिया भइसकेपछि शरीरको विभिन्न महत्वर्पूर्ण अंग र प्रणालीमा यसकेा प्रभाव देखिन थाल्दछ ।

कुन अवस्थामा लाग्न सक्छ

सिकलसेल एनिमिया बाल्यावस्थाबाटै देखिन सुरु हुने गर्छ । सिकलसेल भएमा रातो रक्तकोषको संख्या घट्ने हुदाँ एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भई रहने, शरीरको विभिन्न भागमा दुखाई महसुस हुने भएकोले यसले आजीवन सास्ती दिन्छ ।

सिकलसेल भएका व्यक्तिहरुमा शरीरका विभिन्न अंगहरुमा अक्सिजन सहितको रातो रक्तकोषहरु पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्क लगायतका अंगहरुमा क्षति पुर्‍याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्दछ ।
यसकै कारण फोक्सोमा रगत पुर्‍याउने नलीमा रक्तचाप बढ्दा हृदयाघत भई मानिसको मृत्यु समेत हुनसक्छ । संक्रमित व्यक्तिले काम गर्न पनि कठिन हुने भएको यसले व्यक्तिको आर्थिक अवस्थामा समेत नकारात्मक असर पार्ने गर्छ ।

कसरी बच्ने ?

सिकलसेल एनिमिया आफैमा निको नहुने रोगहरु मध्यमा पर्दछ । यो रोग एक पटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्ने मात्र हो ।

कसलाई हुन्छ ?

परिवारमा श्रीमान र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पिडित भएमा उनीहरुबाट जम्मने बच्चाहरुमा समेत सिकलसेल एनिमिया हुने सम्भावना अधिक हुने गर्छ । त्यसैले, उनीहरुमा रोग भए, नभएको पहिचान गरेर मात्र विवाह गर्ने सल्लाह दिएको खण्डमा नयाँ पुस्ताहरुलाई सिकलसेल एनिमिया हुनबाट जोगाउन सकिन्छ । त्यसैले, यो रोगबाट जोगिनका लागि पनि पर्याप्त मामा जनचेतना फैलाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%