ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

बुटवलका नगरप्रमुखलाई प्रश्नको ओईरो

युवालाई स्वदेशमा टिकाउन स्वतन्त्रता र उद्यमशीलता दुवै जरुरी
८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

बुटवल, ८ भदौ । प्रविधिमा युवालाई जोड्ने गरी नगरले कस्तो कार्यक्रम बनाएको छ ? व्यावहारिक शिक्षालाई कहिले जोड्ने ? युवालाई कसरी उद्यमशीलतामा जोड्ने लक्ष्य रहेको छ ? शुक्रबार बुटवलमा भएको एक कार्यक्रममा छात्र अविसन थापाले बुटवलका नगरप्रमुखलाई प्रश्न तेर्साए ।

पालो आयो अर्की छात्रा बिना पौडेलको । उनले भनिन् ‘महिला/पुरुषबीच विभेद अन्त्य कहिले हुन्छ ? शिक्षा महंगो भयो, शिक्षामा अभिभावकले गरेको लगानीको प्रतिफल सुनिश्चितता कसले गर्ने ?’ समाज युवाप्रति नकारात्मक बन्दा विदेश जान प्रेरित भएको उनको दुखेसो थियो ।

बुटवल उपमहानगरपालिका, चाँदनी नेपाल रुपन्देही, एकाउन्टिबिलिटी ल्याबको आयोजनामा शुक्रबार बुटवलमा भएको संरचना सबैका लागि, युवा सहभागिता र उद्यमशीलता विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरुले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयलाई युवा र उद्यमशीलताबारे धेरै प्रश्न राखे ।

नविन आद्योगिक कद्दर बहादुर रीता रायमाझी विद्यालयमा कानुन संकायमा अध्ययन गर्ने विद्यार्थीले उद्यमशीलतामा भएको लगानी सही ठाउँमा नभएको दाबी गरिन् । अर्का छात्र रोशन परियारले भने, ‘युवा परदेशबाट फर्केपछि आफ्नो देशमा केही सोच बनाउने अहिलेको वातावरणमा कहिले परिवर्तन आउँछ ? पढाईको डिग्रीले कुनै ब्यवसाय गर्न अग्रसर युवाले धरौटी बिना ऋण कहिले पाउँछ ?’ बालमैत्री स्थानीय शासनलाई जोड दिन सुझाव दिए । शिक्षा नीति परिवर्तन गर्न नसके कोरियन, जापानिज, चाईनिज भाषा अध्ययन गराउने थलो बनाउन सुझाव दिए । विदेशमा युवाहरुलाई पढ्न पनि धेरै अवसरहरु छन् तर स्वदेशमा कुनै अवसर नै नभएका कारण भासिनुपरेको दुखेसो गरे ।

फरक क्षमता भएका गंगाधर आचार्यले अपांगमैत्री नगर कहिले पाइन्छ भन्ने प्रश्न गरे । चार प्रकारको परिचयपत्र दिएर अपाङ्गता भएकाहरुलाई विभेद गरेको भन्दै अबको पालिकाले नीति बनाउन सुझाव दिए । निःशुल्क शिक्षा ब्यवहारमा लागु हुन नसकेको उनले दुखेसो गरे ।

यता समयमाई युवा क्लबका अध्यक्ष रामप्रकाश चौधरीले क्लबहरुप्रति वडा, नगरको प्राथमिकता कहिले पर्ने ? कृषि बिमा, कृषि उब्जनीमा लगानी कहिले हुन्छ ? युवाहरुलाई राजनीति गर्न के ६० वर्ष पुग्नु पर्ने हो ?

बुटवल बहुमुखी क्याम्पसका सुशन बश्यालले नगरका सामुदायिक विद्यालयहरुमा छात्रवृत्तिलाई ब्यवस्थित कसरी भएको छ ? बिनिता पोखरेलले महिलाहरुलाई लक्षित गरी रोजगारमूलक तालिमहरु संचालन भएका छन् ? कक्षा १२ अध्ययनदेखि देशमै रोजगार गरेका एक युवाले लामो मेहनत गरेर ब्याचलरसम्म सकें तर पनि राम्रो अवसर नपाएको दुखेसो गरे । आफू विदेश जाने तयारीमा रहेको उनले बताए ।

विदेशमा अध्ययन गरेर फर्किएका एक युवाले भने, ‘रोजगार निरन्तर बन्द भएका समाचार आईरहँदा यसलाई रोक्नेतर्फ सरकारको योजना के छ ? उद्योगमा सरकारको लगानी किन हुदैन ?’ अनेरास्ववियुका मनिषा ज्ञवालीले चुनावको बेला युवाहरुलाई खोज्ने तर पद पाएपछि नखोज्ने प्रवृत्ति अन्त्य कहिले हुन्छ ? भनेर प्रश्न गरिन् ।

युवाहरुको प्रश्नको जवाफ दिदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समाजको प्रवृत्ति फेरिएको दाबी गरे । नगरले २ करोड ३० लाख रुपैयाँ युवा लक्षित, ३ करोड रुपैयाँ महिला सशक्तिकरण र उद्यमशीलता तालिम, युवा खेलकुदका लागि ३ करोड रुपैयाँ बजेट बिनियोजन गरेको दाबी गर्दै बजेटमात्र सबै नभएको बताए । कार्यक्रमको प्रभावकारिता मुख्य हुने भन्दै यसमा आफुले जोड दिने गरेको उनले बताए ।

युवाहरु वैदेशिक पलायन हुने क्रमलाई रोक्न वैचारिक बहस चलाउन जरुरी रहेको उनले बताए । समस्याको कारण गएकाहरुलाई सीप सिकाउने, क्षमता विकास गराउने काम सरकारको भएको उनले बताए । युवाको नाममा पलायन गलत भएको भन्दै चेतनाको स्तर विकास गर्न सुझाव दिए ।

हरेक विषयमा धैर्यता जरुरी रहने भन्दै विदेश जाँदा २–४ वर्ष दुख भएपनि स्वदेशमा भने लामोसमय सुख मिल्ने दाबी गरे । नगरले श्रम शाखा मार्फत सरोकारवालाहरुसंग समन्वय गरेर पढाईसंगै रोजगार जोड्ने गरी काम अघि बढाएको उनले बताए । राजधानीमा भन्दा बढी सम्भावना बुटवलमा रहेको दाबी गर्दै बजेट नभई पनि उपाय लगाएर बुटवलले धेरै काम गरेको उनले दाबी गरे । बुटवलको बारेमा सकारात्मक चिन्तन गरेर अघि बढ्न उनले सुझाव दिदै उनले कमी कमजोरी भए त्यो डेलिगेसन आउन आग्रह गरे । हामी आफ्नै भुगोललाई चिन्नुपर्ने उनले सुझाव दिए । पर्यटकीय क्षेत्रहरुलाई समेटेर नमुना कार्यक्रमलाई अघि बढाएको उनले बताए ।

कार्यक्रममा राजनीतिशास्त्री तथा पुरक एशियाका कार्यकारी निर्देशक हरि शर्माले युवा वर्तमान भएको दाबी गर्दै सधै यो समयलाई महत्व दिनुपर्ने सुझाव दिए । वर्तमान समय नै सबैभन्दा महत्वपूर्ण हुने भन्दै यसलाई खेर नफाल्न सुझाव दिए । राजनीतिक नेतृत्वले सधै भविष्यको अन्यौल सपना देखाउँदा देश पछि परेको छ । भविष्यको कल्पना जरुरी छ तर यो कल्पना कस्तो हुने भन्ने विषयमा राजनीतिक दलहरु अहिले चुकेको उनले बताए ।

स्वतन्त्रता र उद्यमशीलताबिना युवाहरु प्रगति गर्न नसक्ने उनले दाबी गरे । लोकतन्त्रमा स्वविवेक र स्वनियन्त्रण जरुरी हुने भन्दै उनले युवाहरु आफू, आफ्नो उद्देश्य बुझ्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी पाण्डेले युवाहरु विशेषतः योजना निर्माण, कार्यान्वयन, अनुगमनको पाटोमा सहभागिता, टोल विकास संस्था गठनमा युवाको भूमिका खोजेको बताए । युवा नीति निर्माण गरी युवा सहभागिता बढाउने गरी अभियान चलाउन सकिने उनले सुझाव दिए । स्थानिय पालिकाबाट युवा लक्षित बजेटको बारेमा जानकारी, युवा क्लबहरुको बारेमा पालिकाबाट प्रत्यक्ष जोडिन सकिने भन्दै युवाहरुलाई उद्यमशीलतामा जोड्न सकिएन भने उनीहरुमा नेतृत्व, दक्षता विकास हुन नसक्ने हुँदा पनि यसलाई जोड दिनुपर्ने बताए ।

युवाहरुको रुची, योग्यता, क्षमताको आधारमा सरकारले कार्यक्रम बनाउने उत्प्रेरणा जगाउने खालको नीति, लगानीको वातावरण हुन सकेमात्र युवाहरु जोडिने उनको सुभाव छ । युवाहरुले उत्पादन गरेको वस्तु तथा सेवाको बजार सरकारले खोजिदिनुपर्ने उनीहरुले आग्रह गरे ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जल कसजुले २ सय वर्ष पुरानो बुटवल बजार धेरै किसिमबाट महत्व बोकेको क्षेत्र भएको बताए । युवाहरुको राष्ट्र नेपाल भएको दाबी गर्दै युवाहरुलाई देशमै उद्यमशीलता दिएर रोक्नुपर्ने सुझाव दिए । एनवाईईएफ संस्थामार्फत युवाहरुलाई स्वदेशमा उद्यमशील बनाउने, स्वरोजगार गराउने अभियान चलाउँदै आएको उनले बताए । युवालाई लक्षित गरी रोजगार मेला चलाउने सम्भावना प्रदान गर्न जस्ता कार्यक्रम चलाउँदै आएको उनले बताए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले विदेशमा सीप सिकेर स्वदेश फर्किएर होटल ब्यवसायीहरु ६० प्रतिशतभन्दा बढी रहेको बताए । युवाहरु स्वदेशमा आर्थिक समृद्धि गर्ने लक्ष्यसहित अघि बढेको बेला यसमा सरकारबाट आवश्यक सहयोग दिनुपर्ने सुझाव दिए । करको दरभन्दा दायरा बढाउन उनले सुझाव दिए ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले निकै उत्कृष्ट विषय भएको भन्दै युवा र रोजगार बिना देशमा आर्थिक समृद्धि हुन नसक्ने बताए । हाम्रो धरातल हेरेर युवाहरु सोच बनाउन सुझाव दिदै उद्यमशीलतामा जोडिने गरी योजना बनाउनुपर्ने बताए । सरकारबाट दिईने तालिम र उद्योगको माग बीचमा तालमेल नहँुदा पनि प्रभावकारी नभएको उनले बताए । प्राविधिक सीप विकासको योजनालाई बढी जोड दिएर निरन्तर तालिमहरु चलाउँदै आएको उनले बताए ।

साना तथा घरेलु उद्योग महासंघ रुपन्देहीका उपाध्यक्ष मन्जु भुषाल, बुटवल उपमहानगरपालिकाका रोजगार विभाग संयोजक अरबिन्द पाण्डे, एकाउन्टिबिलिटी ल्याबका प्रमुख नारायण अधिकारी, एकाउन्टिबिलिटी ल्याबको प्रेक्षा विमलीले धेरै योजना र अनुभवहरुसंगै युवाहरुमा धैर्यताको अभाव देखिएको भन्दै वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई योग्यता, सीप अनुसार रोजगारको अवसर पाउनुपर्ने बताए ।

 

भिडियो सामग्री

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?