© २०२३
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ भने कानुनी रुपमा विवाह गर्न महिला र पुरुष दुवै कम्तीमा २० वर्ष पुरा भएको हुनुपर्दछ । महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०÷४५ वर्ष सम्मको उमेर उपयुक्त मानिन्छ । त्यसैले उमेर २० बर्ष पछाडी र ३० वर्ष अगाडि पहिलो बच्चा जन्माउनु महिलाको लागि बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ ।
सामान्य भाषामा भन्नुपर्दा २० वर्ष पारी अनि बिहेबारी भन्ने भनाई स्वास्थ्यको नाराकै रुपमा चलेको पाईन्छ । विभिन्न तथ्याङ्कहरुको आधारमा भन्नुपर्दा १९५० देखि १९६० मा २३ वर्षका पुरुष र २० वर्षका महिला १९६० देखि २००३ मा २७ वर्षका पुरुष र २५ वर्षका महिला अनि हालको तथ्याङ्कको आधारमा २५ वर्षका महिला र २६ वर्षका पुरुषहरुको उपयुक्त उमेर भन्ने भेटिएका छन् । भने कानुनी रुपमा पनि विवाह गर्ने उपयुक्त उमेर महिला र पुरुष दुवै २० वर्ष उमेर पूर्ण रुपमा पुरा भएको हुनु पर्दछ । विवाह २० वर्ष उमेर पुरा भैसकेपछि गर्दा महिला र पुरुष दुवैको शारीरिक परिपक्वता पूर्णरुपमा हुनुको साथै प्रजनन अंगहरु परिपक्व रुपमा विकसित हुन्छन् । साथै उनीहरु विवाहको बारेमा बुझ्न शारीरिक र मानसिक रुपमा परिपक्व हुन सक्ने र विवाहलाई आफ्नो एउटा सकरात्मक मार्ग रेखाको रुपमा समेत लैजान सक्ने हुनाले बिहे २० वर्षपछि गर्नु उपयुक्त मानिन्छ ।
यसका फाईदाहरु :
१.महिला तथा पुरुष दुवैमा शारीरिक परिपक्वता आउँछ ।
२.प्रजनन अंगहरुको पुर्णरुपमा विकसित भैसकेको हुन्छ ।
३.परिवारको योजना बनाउन सक्ने क्षमताको विकास भैसकेको हुन्छ ।
४.महिला तथा पुरुष दुवै आफुमा आत्मनिर्भर भैसकेका हुन्छन ।
५.पूर्णरुपमा स्वस्थ र तन्दुरुस्त बच्चा जन्मिन्छ ।
६.शारीरिक, मानसिक, सामाजिक, पारिवारिक तथा संवेगात्मक रुपमा परिपक्व भैसकेको हुनाले अन्य खालका नकरात्मक समस्याहरुमा झेलिनु पर्दैन ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ भने कानुनी रुपमा विवाह गर्न महिला र पुरुष दुवै कम्तिमा २० वर्ष पुरा भएको हुनुपर्दछ । महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०÷४५ वर्ष सम्मको उमेर उपयुक्त मानिन्छ । त्यसैले उमेर २० वर्ष पछाडी र ३० वर्ष अगाडि पहिलो बच्चा जन्माउनु महिलाको लागि बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ । दुवै दम्पत्तीले आफ्नो जीवनको उपयुक्त समय छानी आफ्नो पढाई, कामकार्य जागिर ब्यापार आदि दिनचर्याका कार्यलाई मध्यनजर गरेर बच्चा कहिले जन्माउने, कति जन्माउने, कहाँ जन्माउने, कसरी जन्माउने र जन्मान्तर कति राख्ने भन्ने बारेमा योजनाबद्ध तरिकाले बच्चा जन्माउने योजना बनाउन सकिन्छ । योजना बनाउन जरुरी छ । किनकी कुनै पनि काम पुर्व योजनाबिना गर्दा कार्य सफलता गराउन अनेक समस्या आईपर्ने र योजनाबद्ध तरिकाले गरिएका कार्यहरु सजिलै सफलताका साथ सम्पन्न हुने हुँदा योजना बनाउनु जरुरी छ । २० बर्ष उमेर पूरा नभैकन पहिलो गर्भधारण गर्दा आमामा निम्न जटिलता हुन सक्दछन् ।
क. शारीरिक जटिलता : धेरै टाउको दुख्नु, अत्यन्तै पेट दुख्नु, हिडडुल गर्न अत्यन्तै असजिलो हुनु, हातखुट्टा अर्रो भै काम्ने, वा मुर्छा पर्नु, निकै कडारुपले तल्लो पेट दुख्नु । पाठेघर रप्चर हुनु, बच्चा जन्माउँदा योनिद्वार च्यातिनु आदि ।
ख. मानसिक जटिलता : डर लाग्नु, चिन्ता लिईरहनु, एककोहोरो हुनु, जस्ता दीर्घकालिन असरहरु देखिन सक्दछन ।
बच्चामा हुने जटिलता :
क. गर्भावस्थामा कुपोषण र अन्य कारणले शिशुमा अपाङ्गता हुन सक्दछ ।
ख. अपाङ्गताहरुमा डाउनसिन्ड्रोम, पैतला अथवा हात बाङ्गिनु ।
ग. बहिरोपन, मोतिबिन्दु, ओठ काटिएको, मुटु सम्बन्धी समस्या आदि देखिन्छन् ।
घ. पाठेघर सानो भएको आमाहरुको कारणले बच्चाको वृत्ति विकास पूर्णरुपमा हुन सक्दैन ।
पारिवारिक समस्याहरु :
१. शारीरिक समस्या : आमालाई दीर्घकालिन रुपमा स्वास्थ्य समस्या देखिदा उपचार गर्दा लगातार शरीर कमजोर हुने जस्ता समस्या । २.आर्थिक समस्या ः लगातारको उपचारमा पैसा खर्च हुने । आर्थिक पाटोमा कमजोर बनिने । ३. मानसिक समस्या ः सधै चिन्तित, डर त्रास भैरहने, पारिबारिक जटिलता समेत आउने । ४. पारिवारिक योजना अनुसार कार्यगर्न नसकिने । ५. पारिवारिक झन्झट, चिन्ता, तनाव अनि वैमनास्यता समेत उत्पन्न हुन सक्दछ ।
बिहेबारी र बच्चा २० वर्षपछि गर्दा निम्नानुसारका पारिवारिक फाईदा हुन सक्दछन् ।
१. निरोगी परिवार २.सुखी परिवार ३. खुसी परिवार ४. आर्थिक रुपमा सम्मृद्धि ५. शिक्षादिक्षा र चेतना वृद्धि गर्न सजिलो ६. योजनावद्ध कार्यले गर्दा पारिवारिक झैझगडा वैमनस्यता आदिबाट टाढा रहन सकिने । ७. आमाबच्चा र परिवारलाई नै शारीरिक, मानसिक, सामाजिक, पारिवारिक र संवेगात्मक रुपमै सफलता हासिल हुने ।