ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

‘ठूला’हरूलाई समात्नुपर्ने बेला सीआईबीको गाडी मोडिँदा झस्का पस्यो : भट्टराई

६ भाद्र २०८०, बुधबार
६ भाद्र २०८०, बुधबार

काठमाडौँ, ६ भदौ

सुन तस्करी, ललिता निवास र नक्कली शरणार्थी प्रकरणको छानबिनमा नेपाल प्रहरीको छानबिन राजनीतिबाट प्रभावित भएको एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान ठीक दिशातिर गइरहेको बेला अचानक अर्कैतिर लाग्ने गरेकाले छानबिन आयोगको माग गरिएको बताए ।

एक महिनादेखि अवरुद्ध संसद् खोल्न सत्तापक्ष र प्रतिपक्षसँगै राष्ट्रिय मान्यताप्राप्त दलहरूबीचको दुई बुँदे सहमतिपछि प्रतिनिधिसभा बैठकमा भट्टराईले भने, ‘सीआईबीको गाडी अनुसन्धानको ठीक दिशामा गइरहेको हुन्छ तर अचानक गाडी मोडिन्छ ।’

सुन तस्करी, ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरूको नाम आउँदा अनुसन्धान प्रभावित भएको भट्टराईको भनाइ थियो । एमालेले त्यस्ता प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।

एमालेले राज्यका कुनै निकायलाई पनि अविश्वास नगरेको तर सीआईबी र एमालेबीच अविश्वास पैदा गर्न खोजेको उनको भनाइ थियो । ‘एमाले र सीआईबीबीचमा केही अविश्वास सिर्जना गर्ने कोसिस भयो । एमालेले राज्यका कुनै निकायप्रति अविश्वास गर्दैन,’ उनले भने, ‘ललिता निवासमा सीआईबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ । जब ठूलाहरूलाई समातिनुपर्ने हुन्छ, गाडी मोडिन्छ । हामीलाई झस्का पस्यो । इलेक्ट्रिक सिगरेटको बारेमा तमाम पत्रिकामा कुरा आए । हामी हेरिराख्या थियौं, सीआइबीले ठीकै छानबिन गर्ला भनेर तर केही उच्चपदस्थ नेताहरूको नाम आयो । सीआईबीको गाडीमा ब्रेक लाग्यो र मोडियो, हामीलाई झस्का पस्यो । भुटानी शरणार्थी केसमा त्यस्तै भयो ।’

भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका प्रहरी अधिकृतहरूलाई अचानक सरुवा गरिएको पनि भट्टराईले बताए । ‘सीआईबीलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न दिइएको छैन, हामीले त्यो बुझ्यौं । उसप्रति अविश्वास गरेको होइन । अदालतप्रति हाम्रो अगाध स्नेह छ, विश्वास छ । अख्तियारप्रति अगाध विश्वास छ, स्नेह छ,’ उनले भने, ‘ती हामी सबैले बनाएका संस्था हुन् । तर राजनीतिक दबाबको कारणले यी संस्थाहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएको छैन ।’ सीआईबीलाई निष्पक्षतापूर्वक काम गर्नबाट प्रभावित पार्न सत्तापक्षका ठूला नेताहरूले नै गरिरहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?