© २०२३
ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सीको आयोजनामा बुटवलमा पहिलो पटक व्रिटिक काउन्सील नेपालको रोहबरमा आईएलटिएसको नमुना परिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।
अगष्ठ १ गते साउन १६ गते बुधाबार नमुना परिक्षा हुने छ भने १७ गते अगष्ठ २ मा अष्टोलियन शिक्षा–मेला समेत आयोजना गर्ने छ । ग्लोबल रिच एजुकशेन कन्सल्टेन्सीका बुटवल ब्रान्च प्रमुख विशाल श्रेष्ठले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी निशुल्क अष्टोलियन एजुकेशन शिक्षा सम्बन्धी मेला आयोजना गर्न लागेको जानकारी दिए ।
उनका अनुसार बुटवलको क्लव डेनोभो कालिकानगरमा आयोजना हुने उक्त शैक्षिक मेलामा कक्षा १२ उत्र्तीण गरका जुन सुकै विधामा अष्ट्रोलिया जान चाहने विद्यार्थीहरुको लागि लक्षित गरेर यो मेला आयोजना गरिएको हो ।
जसमा करिव १ हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । उक्त शैक्षिक मेलामा अष्टोलिया जान चाहने विद्यार्थीहरुको लागि विभिन्न स्टल राखेर काउन्सीङ्ग गरिने छ । साउन १६ गते पहिलो दिन आईएलटिसको नमुना परिक्षामा ब्रिटिस काउन्सील नेपालका विजेनेश प्रोसुडेट म्यानेजर सुविन बज्राचार्यले विद्यार्थीहरुलाई आईएलटिएसको बारेमा अभिमुखिकरण समेत प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।