ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

इन्जिनियरिङ्ग छाडेर कृषि फर्म

१५ श्रावण २०७५, मंगलवार
१५ श्रावण २०७५, मंगलवार

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चाहे पढाउने शिक्षक हुन वा घरका अभिभावक उनिहरुले विद्यार्थीलाई अगामी योजना सोध्ने क्रममा होस वा सुझाव दिइने क्रममा प्रश्न सोध्ने गर्छन् , कि डाक्टर बन्ने हो कि इन्जिनियर ? पढदै गरेका विद्यार्थीलाई डाक्टर हुने कि इन्जिनियर पहिलो सोचाई प्राय हुने गर्छ । तर यहाँका एक युवा इन्जिनियरिगँ पेशा छाडेर पशु फर्म खोलेका छन् । केही बर्ष पहिला रामग्राम १७ का २८ बर्षिय नेतनारायण चौधरी डिप्लो इन सिभिल इन्जिनियरिगँ गरेर जागिरका लागि भौतारि रहे । उता चौधरीका भाई बुद्धिराम दुई चरणमा बैदेशिक रोजगारीका लागि मलेशियामा ५ बर्ष विताए । घर परिवार छाडेर जागिर खोज्नु पाएन भने विदेश जानु भन्दा दुबै दाजु भाईले अहले नयाँ योजना बनाए र खोले आफ्नै बारीमा एकिकृत पशु फर्म । आफ्नै एक विघा खेतमा गत बर्ष नेत्र एकिकृत कृषि फर्म दर्ता गराई फर्म सञ्चालनमा ल्याएका छन् ।
आफ्नै घरपरिवार मिलेर पशु फर्म सञ्चालन गर्दै आएका छन् । बैदेशिक रोजगारी र इन्जिनियर भए आपेक्षित आय गर्न नसके पछि अन्तिम विकल्पको रुपमा कृषि फर्म खोलेको चौधरीले बताए । हुन त सानै देखी खेतीपाती मै रमाउने स्वभावका चौधरी बाबुको इच्छा पुरा गर्न इन्जिनियरिगँ पढे । बाबुको समाजिक प्रतिष्ठाका लागि पनि इन्जिनियर पढियो,तर त्यो पेशाबाट पनि इमानदारी पुर्वक काम गरे जिवन निर्वाह गर्नै गाह्रो छ । विदेश गदा पनि आफ्नो श्रम र शिपको मुल्य अरुले नै तोकि दिएर काम गर्नु पर्छ । घरपरिवारबाट पनि टाढा बस्नु पर्छ । त्यही भएर इन्जिनियरिगँ गरे पछि कृषि पेशामा फर्केको उनले सुनाए । फर्म खोले पछि घरका ५ जना परिवारले पुर्ण काम पाएका छन्, उनले भने, हासी खुशी रमाएर सबै मिलेर काम गर्ने गरेका छौ ।
फर्ममा ४ पोखरी,बाख्रा गोठ,गाई गोठ बनाइएको छ । ६ महिना पहिला सञ्चालनमा आएको एकिकृत कृषि फर्मको पोखरीमा माछाका भुरा हालिएका छन् । बाख्रा गोठमा ३० वटा जमुनापारी बाख्रा रहेका छन् । गाई गोठमा १७ वटा होलेस्टेन र जसी गाई रहेका छन् । ति मध्ये ९ वटा गाईले दुध दिइने गरेको चौधरीले बताए । बाकी गाई गर्भिणी अवस्थामा छन् । ९ वटा गाईबाट मात्रै दैनिक १ सय १० लिटर दुध उत्पादन हुने गरेको उनले जनाए । अहिलेसम्म जग्गा बाहेक ३० लाख लगानी भएको सुनाउदै चौधरीले भने, कृषि फर्मका लागि लगानी खोज्न बंैकसंग कुराकानी अगाडी बढाएका छौ । बैंकले ऋण उपलब्ध गराइ दिए लगानी थप्दै जाने उनले बताए । गाईको आहाराका लागि फर्म नजिकैको छुट्टै डेढ विघा जग्गामा बाजरा घाँसका लागि लगाइएको छ ।
गाईका लागि बाईकमा घाँस लिएर आउदै गर्दा उनले भने,इन्जिनियरिगँ भन्दा रमाईलो गाई पालनमै रहेको छ । फर्ममा रहेका सबै गाई र बाख्राको विमा गरिएको उनले बताए । यसले लगानी शुरक्षित हुने हुदा आफुले सबै पशुको विमा गरिएको छ, उनले भने, ब्यवसाय नै गर्ने हो,भने दिर्घकालिन सोच लिएर गर्नु पर्छ,भनि सोचले ब्यवसाय शुरु गरेको छु । कुनै पनि नोकरीको सिमा छ,तर ब्यवसायको सिमा असिमित छ । बढाउने घटाउने आफ्नै हातमा छ । स्वतन्त्रता छ । फर्म खोल्दा उनले पुर्वाधार लगानी कम गरेर उत्पादन दिईनेलाई नै बढि प्राथमिकता दिएको बताए । उनका अनुसार कुल ३० लाख लगानीमा २० लाख भन्दा त गाई र बाख्रा नै राखिएको छ । बाकी चारा काट्ने मेसिन,आहारा भण्डारण,साईलेज बनाउने उपकरण लगायतमा खर्च गरिएको छ । पोखरीको डिललाई पनि अधिक्तम प्रयोग गरिएको उनले देखाए । डिलमा केरा लगाइएको छ । अझ माछा उत्पादन पोखरीमा हाँस हाल्ने योजना रहेको उनले बताए ।
हाँस पानीमा घुमफिर गर्दा पानी हल्लिने र पानीमा अक्सिजन घुलनसिल हुने हुदा माछा उत्पादनमा फाईदा पुग्ने छ । पानी भित्र माछा र पानी माथि हाँस राखेर थप आमदनी गर्न मिल्ने हुदा यस्तो योजना रहेको बताए । अन्य युवाले यस्तै स्वदेशमा आत्मनिर्भर हुने खालको फर्म आदी खोलेर लाग्नु् पर्ने उनको सुझाव रहेको छ । आफुले इन्जिनियर पेशा छाडेर पशुपालनमा लाग्दा कुनै हिनताबोध नभएको बताउदै झन स्वतन्त्रता महशुस भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?