ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा १३ बुंदे  वसन्तपुर घोषणा पत्र जारी 

२ भाद्र २०८०, शनिबार
२ भाद्र २०८०, शनिबार
बुटवल, २ भदौ । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भदौ  १ र २ गते बुटवलमा सम्पन्न मिडिया सम्मेलन २०८० ले १३ बुंदे बसन्तपुर घोषणापत्र जारी गरेको छ । लुम्बिनी प्रदेश भित्रका झण्डै दुईसय मिडियाका सञ्चालकहरुको सहभागितामा भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ गाउंपालिका ३ बसन्तपुरबाट १३ बुंदे बसन्तपुर घोषणा पत्र २०८० सार्वजनिक गरेको हो ।   घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण  प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसहरुमा  हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।
यस्तै तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।
सरकारले लिदै आएको विद्युतीय सञ्चार माध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाईन, छापामाध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था अविलम्व शुरु गर्न माग गरिएको छ ।
सरकारले संचार गृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न,  रेडियोहरु र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउन , दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन , संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न माग गरिएको छ ।
प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न,बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनका लागी बुटवल र पाल्पालाई जोड्ने गरी लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकार सञ्चालन भएकाले यसको बजार प्रवद्र्धनमा प्रदेशका सबै सञ्चारमाध्यमले सकारात्मक सहयोग गर्ने  र नीजि क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसंग माग गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेको मिडिया सम्मेलनमा नेपाल प्रेस काउनसीलका अध्यक्ष बालकृष्ण बस्नेत,वरिष्ठ पत्रकारहरु कनकमणि दीक्षित,युवराज घिमिरे,डा. बालकृष्ण चापागाई, संघका अध्यक्ष नवराज कुँवर, बीबीसी नेपाली सेवाका माधव नेपाल लगायतले मोफसलका मिडियाको सबलिकरणले मात्रै तीनै तहका सरकार प्रभावकारी ढंगले सञ्चालन हुन सक्ने र लोकतन्त्र सुदृढ हुने धारणा राखेका थिए ।
यस्ता छन् बसन्तपुर घोषणापत्रका बुंदाहरु 
 १) लुम्बिनी प्रदेशमा मिडिया हाउसहरुको संख्या उल्लेख्य छन् । मिडिया हाउसमा लुम्बिनी प्रदेश भित्र हजारौ संख्यामा सञ्चारकर्मी सहित विभिन्न पदमा कार्यरत जनशिक्त  छन् । मिडिया हाउसहरुलाई कोरोना कहरसंगै सरकारी क्षेत्रको नीतिगत अस्पस्टताको कारणले मिडिया उद्योगले सोचे अनुसारको सामाजिक उत्तरदायित्व बहन गर्न सकेका छैनन् । त्यसैले सरकारी र नीजि क्षेत्रले मिडिया हाउसलाई सहयात्रीको रुपमा सहकार्य गर्ने वातावरण वनाउँन सम्मेलन माग गर्दछ ।
२) मिडिया हाउस आर्थिक रुपले सवल र सक्षम हुन नसकेकाले सोचे अनुसारको मिडियाको सामग्री उत्पादन र मिडियाकर्मीलाई परिश्रमिक उपलब्ध गराउन कठिन भएको छ । त्यसैले मिडियालाई सबल बनाउन आर्थिक पक्ष बलियो हुनुपर्दछ । मिडिया हाउसहरुको मुख्य आम्दानीको स्रोत विज्ञापन बजार हो । यसलाई व्यवस्थित गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंगै उद्योग, व्यवसाय र अन्य निकायहरुले मिडिया हाउसलाई सवलिकरण र सामाजिक जवाफदेहीता अभिबृद्धिमा लाग्न प्रोत्साहन गर्न र समानुपातिक विज्ञापन वितरण  प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दछ ।
३) मिडिया हाउस सक्षम र सवल भएको खण्डमा मात्र श्रमजीवी पत्रकार ऐनको व्यवहारिक कार्यान्वयन गर्न सकिने भएकाले सम्मेलन मार्फत यस बिषयमा सबैपक्ष गम्भिर हुनुपर्ने र हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न यो सम्मेलन माग गर्दछ ।
४) तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन यो सम्मेलन माग गर्दछ ।
५) सरकारले लिदै आएको विद्युतीय सञ्चार माध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाईन, छापामाध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था अविलम्व शुरु गर्न यो सम्मेलन जोरदार माग गर्दछ ।
६) नीजि क्षेत्रलाई ‘विज्ञापन, व्यवसाय प्रवद्र्धनमा गरिएको लगानी हो, यसको प्रतिफल तत्काल भन्दामा पनि दीर्घकालीन हुन्छ’ भन्ने बुझाईलाई व्यापक बनाउन मिडिया उद्योगले सहयोग गर्ने र मिडिया उद्योगको प्रर्वद्धनमा सहकार्यका लागी नीजि क्षेत्रलाई अभिपे्ररित गर्न आवश्यक वातावरण वनाउँन यो सम्मेलन माग गर्दछ ।
७) सरकारले संचार गृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, यो सम्मेलन माग गर्दछ ।
८) रेडियोहरु र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउनुपर्ने यो सम्मेलन माग गर्दछ । साथै दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन समेत जोडदार माग गर्दछौ ।
९) संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न यो सम्मेलन माग गर्दछ ।
१०) प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याजअनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न सम्मेलन प्रेस काउन्सिल नेपाल समक्ष अनुरोध गर्ने घोषणा गर्दछ ।
११) बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।
१२) लुम्बिनी प्रदेशको पर्यटन प्रर्वद्धनका लागी लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनका लागी बुटवल र पाल्पालाई जोड्ने गरी लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकार सञ्चालन भएकाले यसको बजार प्रवद्र्धनमा प्रदेशका सबै सञ्चारमाध्यमले सकारात्मक सहयोग गर्ने  र नीजि क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।
१३) यो सम्मेलन सफल पार्न सहयोग पु¥याउने प्रदेश सरकार, स्थानीय सरकारहरु, नीजिक्षेत्र र विभिन्न संघ संस्थाप्रति हार्दिक आभार व्यक्त गदै अगामी दिनमा यस्तै सहकार्य रहिरने विश्वास व्यक्त गर्दछौ ।
अन्त्यमा, प्रदेशका मिडिया हाउसहरुको सवलिकरणमा तीनै तहका सरकारहरु र नीजिक्षेत्रसंग सहकार्य गर्न प्रकाशन तथा प्रशारण संघ, लुम्बिनी सदैब तयार रहेकाले मिडिया हाउसको विकासले प्रदेशको संमृद्धि र विकासमा सहयोग पुग्ने अपेक्षा गर्दछौ ।
नवराज कुंवर
अध्यक्ष, प्रकाशन तथा प्रशारण संघ, लुम्बिनी
 
जगदीश भट्टराई
संयोजक , वसन्तपुर घोषणा पत्र तयारी समिति                                                                       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?