© २०२३
रुपन्देहिमा केन्द्रीय कार्यालय रहेको किसानका लागी उन्नत विउविजन कार्यक्रमले ३८ वटा भवनहरु निर्माण गरेको छ । निर्माण सम्पन्न भइसकेका भवनहरु सम्बन्धीत निकायलाइ हस्तान्तरण गर्ने कार्यक्रम चलिरहेको केन्द्रीय कार्यालयले जनाएको छ । केयुबिकेका डेपुटी प्रोग्राम म्यानेजर तुल्सीराम भण्डारीले कृषि तथा पशु सेवा केन्द्र, खसि बाख्रा संकलन केन्द्र, विउ परिक्षण केन्द्र तथा विउ गोदाम र तालिम हलका लागी विभिन्न जिल्लामा भवनहरु निर्माण गरिएको जानकारि दिए ।
यस विचमा कर्णालि प्रदेशको सल्यानमा निर्माण भएको पशु सेवा केन्द्र तथा खसिबोका संकलन केन्द्रको भवन स्थानीय तहलाइ हस्तान्तरण गरिएको छ । यस जिल्लामा निर्माण भएका ४ वटा भवन मध्ये कपुरकोट गाउँपालिकाको पशु सेवा केन्द्र गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनलाइ केयुवकेका डेपुटी प्रोग्राम म्यानेजर भण्डारीले सोमबार एक कार्यक्रमका विच हस्तान्तरण गरे ।
३७ लाख १६ हजार नौ सय ८० रुपैयाँको लागतमा ठेक्का प्रक्रियाद्धारा निर्माण गरिएको उक्त भवन ६ कोठाको रहेको छ । जसमा ४ वटा कार्यालय कोठा, एउटा भेटेनरि प्रयोगशाला र एउटा तालिम हल रहेको किसानका लागी उन्नत विउविजन कार्यक्रमका सुपरभाइजिङ ईन्जीनियर अनुप चौधरीले जानकारि दिए । उनले भने, ‘यस्तै किसिमको भवन कुमाख गाउापालिकाको रागेचौरमा निर्माणाधिन छ ।’ यस्तै सोमबार नै कपुरकोटमा नै निर्माण भएको खसी बोका संकलन केन्द्र पनि हस्तान्तरण गरिएको छ । भवनको केयुविके, स्थानीय तहका प्रतिनिधी र पत्रकारको टोलिले अनुगमन गरेको छ । किसानका लागी उन्नत विउविजन कार्यक्रमले सल्यान सहित ६ जिल्लामा आफ्नो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । चौधरीले भने, ‘सल्यान सहित गुलमी, अर्घाखाँची, रोल्पा, प्युठान, रुकुम जिल्लामा हाम्रो कार्यक्रम चलिरहेको छ । यस वाहेकका अरु जिल्लामा पनि हामीले केहि काम गरेका छौँ ।’ ठेक्का प्रक्रियाबाट भवनहरु निर्माण अलावा किसानहरुको मागका आधारमा सिंचाइ पोखरि, कुलो, गोदाम घर, दुध संकलन केन्द्र, बाख्रा खोर, बध शाला, डेरी लगाएतका लागी पनि संरचना केयुविकेले निर्माण गरिरहेको सुपरभाइजिङ ईन्जीनियर चौधरीले जानकारि दिए ।
उनका अनुसार आर्थीक वर्ष २०७१÷०७२ देखि हाल सम्म १० वटा कृषि सेवा केन्द्रका भवन निर्माण सम्पन्न भएका छन् । र २ वटा भवन निर्माणाधिन अवस्थामा छन् । यस्तै १५ वटा पशु सेवा केन्द्रको भवन, खसिबोका संकलन केन्द्र ४ वटा, विउ परिक्षण केन्द्र २ वटा, एउटा तालिम हल र एउटा स्क्रीन हाउस, कृषि विकासका जिल्ला कार्यालय २ वटा र राष्ट्रिय प्रजनन केन्द्र पोखरामा आधुनिक भैँसी गोठ निर्माण भएको चौधरीले जानकारि दिए । उनले भने, ‘यी भवन निर्माणका लागी मात्रै १८ करोड रुपैयाँ खर्च भएको छ ।’ यस आर्थीक वर्ष २०७५÷०७६ मा कार्यक्रम लागू भएका ६ वटा जिल्लामा ६ वटा बाख्रा बसिबोका संकलन केन्द्र निर्माण गर्ने कार्यक्रम रहेको केयुविकेले जनाएको छ ।