© २०२३
हुन त चार भाइ र तीन दिदीबहिनी बीचमा सबैभन्दा चटपटे र उटुङ्ग्याइ गर्न सिपालु मेरै बाबा हुनुहुन्थ्यो रे, ब्राह्मण परिवारमा जन्मिएता पनि पहाडी सबैतिर सबै जातजाति सँगको मिलोमतो राख्नुहुन्थ्यो रे । पुरानो चलनमा ब्राह्मण र सानो जातिमा भेदभाव त जुनसुकै ठाउँमा हामीले सुनेकै हो, तर मेरो बाबाले भने कहिले जातपातको बारेमा होच्याएको र भेदभाव गरेको हामीले थाहा पाएनौ। अझ भनौ जातीय निर्मुलको लागि अग्रसरनै देखिनु भो, बालापन देखिनै कम्युनिस्ट भन्न रुचाउने बाबा.. यी सबैकुरा बाबाका सहकर्मी सबैलाई जानकारिनै छ आफ्नै बिहेको दिन जग्गेबाट तल झरेर गाउँले सबै बीचमा आएर टपरीमा बिहे भोज खानु भएको रे… पन्डितले दुलहा खै भन्दा गमागम भोज खाँदै रे मेरा बाले ।
अझैपनि फुपूहरू भन्नुहुन्छ जातिबिति उट्पट्याङ गथ्र्याे यो बाबुरामले । पैला बाबालाई बाबुराम भन्नुहुन्थो, पछि तराइ झरेपछि लेख रचना तथा साहित्यमा रुचि बढ्दै गएपछि बाबाले बाबुराम बाट वसन्त पोखरेल नामाकरण गर्नुभाको रैछ । अब बाबाले जे जति गरेका सबै क्रियाकलाप त म कहाँ समेट्न सक्छु र न त उहाँ जत्तिको लेख्न र बुज्न नै सक्छु । तर कहिलेकाहीँ बाबाले अलि लेख्दालेख्दै आफ्नो हात पाट्टिएकोबेला म भन्छु त कापिमा लेख है छोरी भनेर लेख्न लगाउनुहुन्थ्यो, हुन त बाबाले पालैपालो दुबै हातले पनि लेख्न सक्ने खुबी थियो । बाबाले भन्नुभन्दा छिट्टै नै हात चलाउन त सक्ने थिएँ तर सबै अशुद्ध हुन्थ्यो यति धेरै अशुद्ध हुन्थ्यो कि कुरै छोडौं सायद अहिलेपनि अशुद्ध नै छ । लेख्दा गल्ति भयो भने टाउकोमा प्याट्ट पार्नुहुन्थो र शुद्ध गरि लेख्न सिकाउनुहुन्थ्यो तर आज सम्मपनि शुद्ध तरिकाले केही लेख्न जानिनँ, सायद थोरै मात्रामा त्यसैको छाप होला नमिलेपनि टिपनटापन पारिरहन मन लाग्छ । सानो छँदा धेरैले काटिकुटि आफ्नै बाउ जस्ति रैछे छोरी त बाउगोत गएको छोरी भाग्यमानी भन्थे, अब म कसरी भए भाग्यमानी ? एक्ली छोरी बाबाकी प्यारि पनि भन्थे गाउँलेले कसरी भएँ प्यारि जब बाबा नै यो धर्तिमा हुनुहुन्न । बाबाले थुप्रै जिल्लाहरूमा रहेर काम गरेता पनि रूपन्देही जिल्लामा बाबाको अमिट छाप नै रहेको छ । पत्रकार बसन्त पोखरेल नाम नसुनेका र उहाँको लेख रचना नपढेका सायदै कोही होलान जस्तो लाग्छ मलाइ।
अब म घोरा गाउँतिरको थोरै कुरा गर्दैछु,…सुने अनुसार बाबाले घोरागाउँ रामेश्वरि प्राबिमा कहीसमय शिक्षकको भूमिका निभाउनुको साथसाथै विभिन्न नाटक तथा रमाइला कार्यक्रम प्रस्तुत पनि गर्नुहुन्थ्यो रे । बाबालाई गुमाएपछि भेटन आउनुभएका हाम्रा घोराली दाजुहरू बराबर सम्पर्कमा रहिरहेको हँुदा त्यस ठाउँको अबलोकन गर्ने वातावरण मिलाइदिनु भयो, हामी प्युठानको भिङ्गी्र हुँदै रोल्पा जिल्लाको घुमाउरो बाटो हुँदै रातोमाटो हेर्दै मसार्दै केही तस्बिरहरू खिचिक्क पार्दै मोबाइलमा कैद गर्दै घोरा गाउँको हाम्रो पुर्खौली घरसम्म पुग्यौं । घोरा गाउँ ठूलो बा ठूली आमासँग भेट्यांै र बाबाको बारेमा के कस्ता क्रियाकलाप गर्नुहुन्थ्यो, हाम्रो मुल घर कहाँनेर थियो सबै बेलिबिस्तार लगाउँदै बाबाको छट्टु पनका कुरा… बाबाका बालापन या किशोरा अवस्थाका रमाइला कुराहरू धेरै सुनाउनु भो । लागिरहेछ बाबा पनि सँगसँगै कुरा सुनेर मुसुमुसु मुस्कुराइरहनुभएको छ । ठूलोबाको जेठो छोरा ऋषिकेस दाजुले म लगायत मेरि आमा, फुपू र मेरो छोरालाई घोरा गाउँको रमाइलो ठाउँ दर्शन गराइदिनु भयो । दाजुलाई लाख लाख धन्यवाद भन्न चाहन्छु । कान्छो भाइ सुरेसले हामी आउँदैछौ भन्ने थाहा पाएर नास्ता र खानाको तयारी गर्दै बर्षौंदेखिको हाम्रो छुटेको कमीलाई एकैसाथमा फराकिलो मनले स्वागत भनौ या आफ्नोपन देखाएको देख्दा मनै हलुको भएको थियो । भोलिपल्ट हाम्रो आफन्ती र जग्गा जमिन त के भनौं पहाडको ख¥यान हेर्न गयौ, बन समितिलाई जमिन दिएर जंगलको जगेर्ना गर्नुभएको रहेछ । पहाडको उकाली ओराली आहा कति आनन्द त्यो ठाउँ सायद आफ्नो पुर्खेलीहरू भएर होला । रातोमाटो कति राम्रो सायद गाउँघरमा पहिले पहिले घर रंगाउने पेन्टको प्रयोग हुन्छ होला । कहिले पहाड नदेखेको मेरो छोरा खुब खुसी हुँदै ममि हामी सधै यहिँ बसौन बाबालाई पनि यतै बोलाम भन्दै थियो । जतासुकै हरियाली बन जंगल, बीचबीचमा चम्किलो रातो माटो सम्झिदापनि आहा भन्न मन लाग्छ । जे होस दाजुहरूको माया र सद्भावले गर्दा त्यस ठाउँमा जान पाइयो, बाबाले पढाएको स्कुललाई हेर्न पाइयो, यसरी फेरि बाबालाइपनि हेर्न पाए । हुन त अझै दुई फुपू र दुई काकाहरू हुनुहुन्छ यही बिचमा बाबा पनि भैदिएको भए भन्ने जस्तो लाग्छ ।
हुन त मानिस सबै मर्नकै लागि जन्मलिँदोरहेछ, हामीपनि कतिबेला नरहने हो थाहा छैन, यो बुज्दा बुज्दैपनि यो मन भन्ने चिज बडो अचम्मको हुँदो रहेछ जति सम्झाइबुझाइ गरेपनि बेला बेला जुन चिज आफूसँग सम्भव छैन त्यसकै पछाडि लागिरहँदोरहेछ.. र कमजोर बन्दोरहेछ । घर सम्पत्ति धन दौलत सम्हाल्न जस्तो सजिलो मन सम्हाल्न नसकिदोरहेछ । मिसयु बाबा १ लभयु सो मच ।