© २०२३
पोखरी पुर्दा मुद्दा झेल्दै आएको पाल्हीनन्दन गाउपालिकाको मुद्दा किनारा नलाग्दै सरावल गाउपालिकाले कार्यालय नजिकैको पोखरी पुरेको घटना सार्वजनिक भएको छ । पाल्हीनन्दन गाउपालिकाले पोखरी पुरेको समाचार आउने तर सरावल गाउपालिकाले पनि पोखरी पुरेको समाचार किन नआएको कुरा उठ्न थाले पछि पोखरी पुर्ने रहस्य खुलासा भएको हो ।
सरावल गाउपालिका कार्यालयको उत्तर तर्फ रहेको करिब १० कट्ठाको पोखरी रु.१० लाख खर्चेर नगरपालिकाले पुरेको छ । स्थानियलाई गाउपालिकाको कार्यालय बनाउन भनि पोखरी पुरेको आश्वास्त पारी पोखरी पुर्ने काम भएको गाउपालिका कर्मचारीले बताए । कार्यालय बनाउनका लागि जग्गा उपलब्ध नगराए कार्यालय नै सरेर आर्को वार्डमा जान सक्ने बताए पनि गाँउका केही टाठाबाठाहरु मिलेर पोखरी पुर्ने सहमति जनाएका थिए । तर सार्वजनिक रुपमा भेला गराई गाउपालिकाले काम गरेको छैन्,एक कर्मचारीले भने, जनप्रतिनिधि चुनिएर आए पछि मनपरी बढदै गएको छ । जनप्रतिनिधिलायृ कहाँबाट कमिसन आउछ ? मात्रै हेरेका छन् । प्राकृतिक पोखरी,समाजिक,सांस्कृतिक महत्व बोकेको उतm पोखरी पुर्दा कसरी पुरियो,टेण्डर प्रकृया समेत भएको छैन् ।
पोखरी पुर्नेबारे अनुगमन समितिकी संयोजक समेत रहेकी गाउपालिका उपाध्यक्ष उत्तमा रायले अन्तिम समयमा मात्र आफुले पोखरी पुरिएको बारे थाहा पाएको बताईन् । तर यहाँ पोखरी पुर्दा कसैले विरोध गरेका छेनन्, उनले भनिन्,पाल्हीनन्दनमा मुद्दा परे पनि यहाँका स्थानियबासीले पोखरी पुर्नेमा सहमत भएकै कारण अहिलेसम्म विरोध जनाएका छैनन् । पाल्हीनन्दन गाउपालिकाले पनि कार्यालय भवन निर्माणकै लागि पोखरी पुरेको छ । पोखरी पुर्दा मधेशको सांस्कृतिक कार्यक्रम छठ्ठी माताको पुजा गर्ने स्थल र सयौ किसानलाई सिचाई गर्ने स्रोत मासिकएको भन्दै कुश्माका तरेन्द्र बर्माले जिल्ला बन कार्यालय,राष्ट्रपति तराई मधेश चुरे संरक्षण समिति,अख्तियार दु्ररुपयोग अनुसंधान आयोग लगायत उच्च अदालतमा समेत मुद्दा दायर गरेका थिए । कुश्माबाट कार्यालय सारेर बेलासपुरमा कार्यालय भवन निर्माण गर्ने उदेश्य राखी पाल्हीनन्दन गाउपालिकाले पोखरी पुरेको थियो ।
तर सो बारे मुद्दा परे पछि अहिले कार्यालय भवन बनाउन पाएको छैन् । अनुगमन आउदा कहिले सानो पोखरी खनेर देखाउने कहिले पोखरी नै नभएको जिकिर गर्दै आएको छ विकासको नाँउमा जनप्रतिनिधिहरुले प्राकृतिक र जैविक महत्व रहेका जलायस पुर्ने र माटोमा कमिसन खाने चक्करमा लाग्दा कानुन पनि मिचिरहेको भान समेत हुन नसक्दा मुद्दा झेल्न परेको हो । कहि कुलो पर्ने,कही पोखरी पुर्ने,जलासय मास्ने जस्ता स्थानिय तह संचालन ऐन विपरितका कार्य जनप्रतिनिधिले गर्न थाले पछि स्थानियबासी आक्रोसित समेत बनेका छन् । ऐनमा पोखरी,ताल तलैया,कुलो,जलासय,सार्वजनिक पर्ति,कुवा,इनारको संरक्षण गर्ने जिम्मेवारी स्थानिय तहलाई दिएको छ । ति स्थानको संरक्षण र सम्बद्र्धन गर्ने जिम्मेवारी प्रदान गरे पनि जनप्रतिनिधिहरुले कानुन मिच्दै नष्ट गर्न तर्फ उन्मुख भएको देखिन्छ । पाल्हीनन्दन गाउपालिका र सरावल गाउपालिकाले मात्रै पोखरी पुरेका छैनन् । रामग्राम नगरपालिकामा समेत कृषि सडक बनाउने नाँउमा कुलो समेत पुरेका छन् । जनप्रतिनिधिको यो कामले स्थानियाबासी असन्तुष्ट बन्दै गएका छन् ।