ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

‘ठगका महारथी’ पक्राउ

२६ माघ २०७८, बुधबार
२६ माघ २०७८, बुधबार

बिभिन्न ठगी काण्डमा संलग्न भई प्रहरीको निगरानीमा परेका एक जना राष्ट्रिय ठगलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । ठगी मुद्दाको अनुसन्धानको सिलसिलामा प्रहरीको खोजीमा रहेका कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ स्थित वडा प्रहरी कार्यालय चन्दौटाको चेक पोईन्टमा चेकजाँचका क्रममा ईश्वरी प्रसाद पोख्रेललाई वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले पक्राउ गरेको हो ।

२०७८ असार १८ गते कपिलवस्तु नगरपालिका वडा नम्बर १ गौढीचोक स्थित केजीएन मार्टमा सामान खरिद गरि पैसा नभएको बैङ्क खाताको ५० हजार रुपैयाको चेक काटी उनले छोडेका थिए । मार्टका सञ्चालकले चेक क्लियरेन्स गर्ने क्रममा खातामा पैसा नभएको भेटिएपछि पोख्रेल बिरुद्ध ठगी मुद्धा दर्ता गराएका थिए । कपिलवस्तु प्रहरीको खोजीमा रहेका उनलाई चन्द्रौटाबाट बाग्मती प्रदेश ०१–०२६ च ४००१ नं को टाटा एच फाईव कारमा रहेको अवस्थामा नियन्त्रणमा लिईएको थियो ।

प्युठान जिल्ला तोरवाङ गाउँपालिका –६ घर भई हाल झिमरुक गाउँपालिका वडा नं ६ तोरवाङ बस्ने भेडीगोठ बाख्रा फार्म प्रा.लि. चित्लाङ, मकवानपुर, कामधेनुगाई फार्म प्रा.लि.खैरेनीपुर चितवन, प्रिसा पशुपन्छी तथा कृषि फर्म प्रा.लि. झिमरुक प्युठान, प्रिंस कन्ट्रक्सन प्रा.लि. का.म.पा.–३२ काठमाडौँ र गौमुखी फिड ईन्डष्ट्रिज कपिलवस्तुको प्रोपाईटर बताउने पोख्रेललाई ठगी मुद्दाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिईको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए । प्रहरीको अनुसन्धानका क्रममा नियन्त्रणमा लिईएका पोख्रेल माथी हाल सम्म बिभिन्न मुद्दा लागेको खुल्न आएको नायब उपरिक्षक भण्डारीले बताए । उनी माथी बि. स. २०५७ यता सार्वजकि ऐन र बैङ्किगं कसुरको मुद्दा दर्ता भई अनुसन्धान भएको देखिएको छ ।

सबै भन्दा रोचक बिषय त उनले २०६९ पुस १६ गते तत्कालिन साइन डेभलेपमेन्ट बैङकको केन्द्रिय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई फोन गरी “म माओबादी नेता जनार्दन शर्मा प्रभाकर हुँ ।” भनि कामको शिलशिलामा १÷२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै नविल बैङकको नक्कली खाता नम्बर दिई ७ लाख रुपैया ठगी गरेका थिए । सो पश्चात ईलाका प्रहरी कार्यालय बुटवलमा चलेको मुद्दामा उनी जेल चलान भएका थिए । त्यसै गरि २०७३ मंसिरमा राष्ट्रिय अनुसन्धान बिभागमा जागिर लगाइदिन्छु भन्ने प्रलोभन दिई १ लाख ५० हजार ठगी गरेको भन्दै उनी माथी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा ठगी मुद्दा दर्ता भई अनुसन्धान भएको खुल्न आएको प्रहरी नायव उपरिक्षक भण्डारीले बताए ।

प्रहरीले उनको ठगीको श्रृखला अनुसन्धान गर्ने क्रममा बिभिन्न नौला नौला तथ्य फेला परेका छन । पोख्रेलले २०६४/०६५ सालमा जिल्ला दाङ साविक लालमटिया गा.बि.स.हाल राप्ती गाउपालिका वडा नं.०२ मा साइन्स कलेज स्थापना गर्ने र सो मा जागिर लगाइदिने भनि बिभिन्न व्यक्तिबाट १ करोड बढि रकम उठाई फरार रहेको देखिएको छ । त्यसै गरि २०६५ सालमा कैलाली जिल्लाको धनगढी स्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनि विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूलाई लाखौँ रकम ठगी गरी फरार भएको तथा बिरगंजको जगदम्बा ट्रेडिङ्ग स्टिलबाट फर्मको नाममा ४७ लाखको फलामको सामान खरिद गरि पैसा नभएको चेक दिई ठगी गरेको खुलेको छ ।

त्यसैगरी भैरहवाको शिद्धार्थ हार्डवेयरबाट २३ लाखको फलामका सामाग्री खरिद गरि प्रसा नभएको खाताको चेक दिएको, नेपाली सेनाको ठेकेदार हुँ भनि चितवन जिल्लाको टाडीमा सञ्चालित रिजाल फुट एण्ड बेभरेजबाट फर्मको नाममा सामाग्री किनेर पैसा नभएको चेक दिदा कम्पनीले २८ लाखको क्षति बेहोरेको, नवलपरासी जिल्लामा रहेको समृद्धि स्टिल कम्पनीमा २५ लाख तथा प्युठान सिमेन्ट कारखानाबाट २० लाखको सामान लिई रकम नभएको फर्मको चेक दिई ठगेको र गोल्छा अर्गनाईजेसनबाट ३० लाख बराबरको चामल चिउरा तथा फलामका सामाग्रीहरू लिई रकम नभएको चेक दिई फरार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

प्रहरी नियन्त्रणमा लिईएका पोख्रेलको ठगीको श्रृखला हेर्दा उनले ठगीमा महारथनै गरेको कपिलवस्तु प्रहरीको ठम्याई छ । निजले अन्य ठाँउमा समेत यस्तै प्रकारका ठगीको काण्ड गरेको हुन सक्ने बताउदै ठगीमा परि पिडित भएकाहरुलाई प्रहरीको सम्पर्कमा आउन प्रहरी नायब उपरिक्षक भण्डारीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?