ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

सीमाको होल्डिङ सेन्टरको निर्माण पूरा नहुँदा संक्रमितहरु सिधै घर

२८ पुष २०७८, बुधबार
२८ पुष २०७८, बुधबार

विश्वभर कोभिडको तेस्रो लहर बढ्दै गर्दा रोजगारीका लागि छिमेकी देश भारत गएका नेपालीहरुको स्वदेश फर्किने क्रम जारी छ । जिल्लाकै ठूलो नाका रहेको कृष्णनगरमा भने कोभिड संक्रमित भएका नागरिकलाई व्यवस्थापनमा समस्या भएको छ । कृष्णनगरमा होल्डिङ सेन्टरको निर्माण कार्य पूरा नभएकाले नागरिकहरूलाई समस्या भएको छ ।

कृष्णनगर नाका हुँदै स्वादेश प्रवेश गर्नेहरुको संख्या दिनप्रतिदिन दोब्बरले वृद्धि हुँदै गएको छ । नेपाल प्रवेश गर्नेहरुको कोरोना परिक्षणलाई हेल्पडेस्कले निरन्तरता दिएको छ । सोमबार साँझ सम्म १५७ जनालाई चेक गर्दा २७ जना कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य कर्मचारी पंकज गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार पोजेटिभ भेटिएको मानिसलाई होम आइसुलेशन बस्न सुझाव दिई घर पठाईएको छ । कोरोनाका कारण दैनिक जसो नेपालीहरु स्वेदश फर्कन थालेपछि नेपालका होटल व्यवासायीलाई नागरिकहरुबाट चर्काे मुल्यसमेत लिने गरेको गुनासो आएको छ । कृष्णनगर आसपासका होटल व्यवसायीले मौकाको फाईदा उठाउँदै पहिलेको तुलनामा दोब्बर रकम लिने गरेको पाइएको छ ।

यता कृष्णनगरमा निर्माणाधीन रहेको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । नेपाली सेनाबाट निर्माण भएको होल्डिङ सेन्टरमा कोरोना संक्रमण नियन्त्रणमा भारतबाट प्रवेश गर्नेहरुलाई सुरक्षित राख्नका लागि बनाइएको हो । कृष्णनगर नगरपालिका–१, शिवनगरमा रहेको ४ सय बेडको होल्डिङ सेन्टर पुस महिनाभित्र सञ्चालनमा आउने तयारी भएको निर्माण कम्पनीले जनाएको छ ।

भन्सार नाका नजिक ६ सय बेड क्षमताको होल्डिङ सेन्टरको काम तीव्र गतिमा भइरहेको कपिलवस्तु प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । गत असार ३ गतेबाट शुरु गरिएको निर्माणको काम ५ महिनाभित्र निर्माण कार्य सकिने भनिए तापनि वर्षातका कारणले केही ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ ।

अबको केही दिनमा निर्माण कार्य सम्पन्न भएपछि उक्त स्थानबाट सेवा सञ्चालन गर्न सकिने कृष्णनगर नगरपालिकाका नगर प्रमख रजत प्रताप शाहले जानकारी दिए । होल्डिङ सेन्टर निर्माणको लागि रु. २७ करोड ६७ लाख ८२ हजार ५ सय ३५ रुपैयाँमा श्री हनुमान कन्ट्रक्शन ललितपुरले जिम्मा पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?