ट्रेंडिंग:

>> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

गाउँमा ट्याक्सी थप्ने होडबाजी

६ पुष २०७८, मंगलवार
६ पुष २०७८, मंगलवार

पहाडी जिल्ला, जहाँ गाउँका कच्ची सड्कमा ट्याक्सी चल्छन् । सहज यात्रा भएपछि सदरमुकाम बास बस्ने घटेको छ । बजारमा काम सकेर सा“झ परेपछि ट्याक्सी चढेरै गाउ“को घरमा धेरै पुग्छन् । ट्याक्सीको माग धेरै भएपछि र सरकारले यातायातमा सिण्डिकेट हटाएपछि गाडी थप्नेको होडबाजी नै चलेको छ ।

जिल्लाको ६१ वडामा टोलैपिच्छे कच्ची सड्क छन् । जहा“ सबै बोटामा ट्याक्सी गुड्छन् । अन्तरजिल्ला जोड्ने र केही जिल्लाभित्रका मुख्य सड्क ग्राभेल र पीच भएपनि टोलमा पुग्ने सबैजसो मोटरबाटा कच्ची नै छन् ।

अर्घाका कमल भुसालले दशकको कमाइले सदरमुकाममा घर जोडे । घर फर्किएपछि उनले एउटा व्यावसाय रोजे । उनले दैनिक ट्याक्सी रिर्जवमा जिल्ला भित्र र बाहिर यात्रु बोक्छन् । ‘दैनिक खाली बस्नु पर्दैन,’ उनले भने, ‘कतै न कतै यात्रु पाइन्छन् । आम्दानी राम्रो भएको छ ।’ टोलबस्तीमा पुग्ने कच्ची सड्क पनि पिच भएमा सरर गन्तव्यमा पुग्न सजिलो हुने उनले बताए ।

सरकारले सिण्डिकेट तोडेको घोषणा गरेपछि गाडी थप्नेको होडबाजी नै छ । त्यो भन्दा अघि अर्घाखा“ची ट्याक्सी व्यावसायी प्रा.लि. दर्ता गर्न जिल्लाकै बस, माइक्रोबस र जिप व्यावसायीले अवरोध पु¥याए । सड्कमा ट्याक्सी चल्नै दिएनन् ।

सिण्डिकेट हटेपछि धमाधम ट्याक्सी थप्नेको होडबाजी नै चल्यो । ‘अहिले प्रा.लि.का १ सय १० वटा कालो प्लेटका ट्याक्सी छन्,’ अध्यक्ष महेन्द्र भुसालले भने, हामीले व्यावसायीक रुपमा सञ्चालन गरेका छौं । ७० भन्दा बढी ट्याक्सी रातो प्लेटका छन्, उनीहरुलाई संस्थामा आवद्ध गराउन प्रक्रिया अघि बढेको छ ।’ दैनिक यात्रु बोकेपछि व्यावसायीक हिसाबले संस्थामा आबद्ध हुनुपर्ने उनले बताए । संस्था दर्ता गर्दा धेरै अवरोधको सामान गर्नुपरेको थियो । ‘सरकारले सिण्डिकेट हटाएपछि वैदेशिक रोजगारबाट फर्किएका युवा, रेमिट्यान्सको पैसा र केही युवाले बैंकबाट धितो लिएर गाडी किनेका छन्,’ भुसालले भने, ‘चालक सहित ४ जना यात्रु अट्ने सानो गाडीमा शहर आउजाउ गर्नेहरुले रोजाई परेको छ । हामीले यात्रु बोक्ने मात्रै नभएर एम्बुलेन्सको पनि काम गरेका छौं ।’ टोलबस्तीमा ट्याकसी सुविधा भएपछि विरामी विरामीका आफन्तले जिल्ला अस्पताल, बुटवलका अस्पतालका लैजान र निको भएर फर्किनको लागि ट्याक्सी खोज्ने गर्छन् । धेरै वैदेशिक रोजगारबाट फर्किएका र केही स्वदेशकै युवा भएको उनले उनले बताए । धेरै व्यावसायीले आफै चालक छन् । केहीले मात्र चालक राखेका छन् ।

सन्धिखर्कका चन्द्र थापाले वैदेशिक रोजगारमा जान छाडेर यही“ ट्याक्सी किनेर चलाएका छन् । ‘दैनिक खाली बस्नुपर्दैन,’ उनले भने, ‘धेरैजसो विरामी बोक्छु । गाउ“मा पुजापाठ, मृत्युवरण भएका घरमा आउजाउ गर्न धेरैले फोन गर्छन् ।’ वैदेशिक रोजगारीको कमँई ट्याक्सीबाट भएपछि युवाहरु आकर्षित भएका छन् । महिनैपिच्छे ट्याक्सी थपिनेको संख्या बढ्दो छ ।

सा“झपख र अन्य बेला काठमाडौ, बुटवल र बाहिरबाट सदरमुकाम आएर यात्रु ओर्लने शान्ति बगैचा बस, माइक्रोबसमा ट्याक्सी लाइनमा हुन्छन् । ‘चार वर्षमा कतारबाट दशै मान्न घरमा आए“,’ गोखुंगामा विनबहादुर केसीले भने, ‘सा“झ परिसकेको थियो । होटलमा बस्नुभन्दा दुई हजार ट्याक्सी भाडा तिरेर दुई घण्टामा घरमा आए“, परिवारस“ग भेटघाट र आफ्नै घरको वेडमा सुत्न पाइयो ।’

सदरमुकाम आउजाउ गर्नेले छिटो समयमै गन्तव्यमा पुगिने र धेरै भीडभाड नहुने भएकाले ट्याक्सी नै रिर्जव गर्छन् । स्थानीय तहले गाउ“का टोल सड्कलाई मर्मत सुधार गरेपछि ट्याक्सी चलाउन सजिलो भएको छ । अन्तरजिल्ला जोड्ने र जिल्लाका मुख्य सड्कलाई प्रदेश र संघ सरकारले बजेट पारिदिएपछि स्थानीय तहले मझौला सड्क निर्माण, मर्मत गरेका छन् । जिल्लाका मुख्य र सहायक सड्कमा जिप, माइक्रोबस र बस सञ्चालन भएपछि टोलसम्मका बस्ती जोड्ने साना सड्कमा ट्याक्सी पुग्ने गरेपछि सहज भएको छ ।

कच्ची बाटोमा चालकले सहजै गन्तव्यमा पु¥याएपछि दुर्गम बस्ती पनि यातायातले शहरस“ग जोडिएको छ । गाउ“बाट सदरमुकाम आउजाउ गर्ने अधिकांश यात्रुको रोजाई नै ट्याक्सी हुने थालेको छ । वैदेशिक रोजगारबाट फर्किएका युवा र केहीले बैंकबाट धितो लिएरै ट्याक्सी किनेका छन् । दैनिक सदरमुकाम–गाउ“ र अन्तरजिल्ला सहित बुटवल, नेपालगञ्ज, दाङ, पोखरा काठमाडौ सहित ठुला शहरमा रिर्जव यात्रु पाएपछि व्यावसायी उत्साहित छन् । कोरोनाको लकडाउनमा पनि ट्याक्सी रिर्जवमा चलेपछि व्यावसायी मारमा परेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?