ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

‘बालमैत्रीको ५१ सूचक पूरा गर्ने पहिलो नगरपालिका बन्दैछौं’

२८ मंसिर २०७८, मंगलवार
२८ मंसिर २०७८, मंगलवार

रुपन्देहीको तिलोत्तमा नगरपालिका पालिकामा कामका हिसाबले चर्चामा रहने नगरपालिका हो । अहिले तिलोत्तमा नगरपालिकाले बालमैत्रीनगर पालिका घोषणाको कामलाई अन्तिम चरणमा पुर्याएको बताएको छ । नगरपालिकाले बालमैत्री नगर घोषणाका ५१ वटा सबै सूचकहरु पुरा गरेको र मंसीर २९ गते घोषणा गर्ने बताएको छ । प्रस्तुत छ, बालमैत्री नगर घोषणा र घोषणाका लागि गरिएका क्रियाकलापलाई केन्द्रित गरेर नगरपालिकाका शिक्षा प्रमुख गंंगाराम आचार्यसँग गरिएको कुराकानीको सारसंक्षेपः

बालमैत्री नगर घोषणाको तयारी के के भईरहेको छ ?
हामी बालमैत्री नगर घोषणाको अन्तिम अवस्थामा हामी रहेका छौ । हामीले पुरा गर्नु पर्ने सबै सुचकहरु सबै वडामा पुरा भएका छन् । हामी मन्त्रालय, जिल्ला संन्वय समितिमा जानकारी र कामको प्रतिवेदन बुझाइसकेका छौ । सबै वडाहरुमा बालबालिका सम्बन्धि प्रचा, पम्पेटहरु टाँसेका छौ । सबै नगरबासीलाई बालमैत्री वातावरणका विषयमा जानकारी दिएका छौ ।
नगरबासीको सहयोगले नै हामी अन्तिम अवस्थामा पुगेको जानकारी दिन चाहान्छु । हामीले हाम्रो तर्फबाट गर्ने कामहरु सबै वडामा वडाअध्यक्षको अध्यक्षतामा बाल सञ्जाल प्रत्येक टोलमा ४ सय ३० बाल समुह, नगरप्रमुखको अध्यक्षतामा नगरस्तरिय बालमैत्री समिति, उपप्रमुखको अध्यक्षतामा नगरबाल अधिकार समिति, १७ वटै वडामा १७ जनाको नगरस्तरियर बाल समुह सञ्जालको गठन गरेर काम गरेका छौ । त्यसै गरी प्रत्येक वडा कार्यालयका बाल सम्पर्क शाखा स्थापना गरिएको छ । नगरपालिका कार्यालय पनि बालबालिका लागि कार्यकक्ष स्थापना भएको छ ।

बालमैत्री नगरपालिका हुँदाका फाईदा के हुन ?
बालबालिका भनेका देश निर्माणका खम्बा हुन उनिहरुलाई सानैबाट नै राम्रो मल जल गर्न सकियो भने त्यसको फल पनि राम्रो हुन्छ । अर्थात बालबालिकालाई राम्रो वातावरण दिदा त्यसले सकारात्मक प्रभाव पार्दछ ।
त्यसैले पनि नगरपालिकाले बाममैत्री नगरपालिका बनाउन आवश्यक ठानेर करिव दुई वर्षदेखि नै काम गरिरहेको थियो । यसैको फल स्वरुप हामीले यही मंसीर २९ गते बालमैत्रीनगर घोषणा गर्देछौं । अन्य क्ष्ँेत्रमा गरिएको लगानीले कस्तो प्रतिफल दिन्छ थाहा हुदैन तर बालबालिकामा गरेको लगानी खेर जादैन भन्ने हाम्रो मान्यता हो ।

बालमैत्री नगर घोषणाका सुचक छन् त्यस मध्ये मुख्य मुख्य सुचक के के हुन् ?
बालमैत्रीका ५१ वटै सुचकहरु नै महत्वपुर्ण छन् । हामीले एएटा सुचकलाई लिन नसके पनि अपुर्ण हुन्छ । सबै बँुदा महत्वपुर्ण हुन्छन् । बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत विकास सबै बाल मैत्री नगर घोषणाका सुचक भित्रका हुन् । यसमा ५१ वटा उप शिर्षकका बँुदाहरु छन् । हामीले विभिन्न सयन्त्र र क्रियाकलापहरु गरी सबै सूचकलाई पुरा गरेका छौ । बालमैत्रीको ५१ वटै सूचक पूरा गर्ने पालिकामा तिलोत्तमा पहिलो नगरपालिका बन्दै छ ।

बालमैत्रीनगर बन्दा प्रत्यक्ष अप्रत्यक्ष रुपमा बालबालिकालाई के के फाईदा पुग्छ ?
बालमैत्री नगर बन्दा बालबालिकाले संविधान दिएको अधिकार प्राप्त हुन्छ । शोषण अन्न्याय, अत्याचारका विषयमा बालबालिका चनाखो हुन सक्छन् । राज्यका हरेक क्षेत्रमा उनीहरुको सामान सहभागिता हुन्छ । बालबालिकाले अधिकार प्राप्त गर्दे कर्तव्य बोध गर्न सक्षम हुन्छन् । घर परिवार बालबालिकाका विषयमा संम्बेदनशील हुन्छन् । सभा सम्मेलन र योजना निर्माणमा बाल सहभागिता रहन्छ । यस्ता धेरै फाईदा बालबालिकालाई हुन्छ ।

अभियान शुरु गरेदेखि आजसम्म आईपुग्दा के के समस्याहरु आई परे ?
समस्या भनेको नै चेतनाको स्तर बृद्धि गर्नु हो । हामीले बालबालिका क्षेत्रमा काम गर्दा नगरबासीको सकारात्मक सहयोग पायौ । यति हुदा हुदै पनि कहि कतै बाल विवाह हुने त्यसलाई रोक्न खोज्दा भनाभन हुने अवस्थाहरु पनि कहि कतै छन् । जनप्रतिनिधिलाई नमान्ने समस्याहरु छन् । कतै आर्थिक समस्याले गर्दा विद्यालयमा पठाउन नसक्ने जस्ता साना साना समस्यालाई नगरपालिकाले समेटेर अगाडी ल्याएका कारणले पनि त्यत्ति समस्या त भएन ।

तर पनि सबै वडामा सबै सुचकहरु पुरा गर्न त्यसक विषयमा जानकारी दिन र त्यसलाई व्यवहारमा लागु गर्न त समय लाग्ने नै भयो । यो विषयले संमग्र बालबालिकाका सबै पाटोहरुलाई रामा्रो गन्तव्यतर्फ लैजाने भएकाले पनि त्यत्ति धेरै अवरोधहरु आएनन् ।

बालमैत्री नगर घोषणाको अन्तिम तयारीमा हुनुहन्छ कार्यान्यनका लागि पछि के कस्ता कार्यक्रमहरु रहन्छन् ?
बलमैत्री नगर घोषणासँगै निरन्तरता दिनु पनि चुनौतीको विषय देखिन्छ तर पनि हाम्रो नगरले यसलाई सहि तरिकाले कार्यान्वयन गर्नका लागि ६ जना छुटै कर्मचारीको व्यवस्था गरेको छ ।

त्यसका साथै बालउद्धार कोष ५ लाख बराबरको बनाएको छ । विद्यालय सञ्चालनमा मापदण्ड, बालविकास सञ्चालनमा मापदण्ड, बालसमुह सञ्जाल गठन पछि सहजीकरण निर्देशिका २०७८, बालविकास सम्बन्धि निति बाल अधिकार सम्बन्धि निति नै तयार पारेर काम गर्ने योजनाहरु बनाएका छौ ।

त्यसैगरी हामीले सार्वजनिक स्थानमा बालबालिका सम्बन्धि सन्देशमुलका साम्रगीहरु राखेका छौ । पसल पसलमा बालबालिकाहरुलाई धुमपान, मध्यपान सुर्तिजन्य सामान किनबेच नगराउने जस्ता प्रतिबद्धता गराएका छौ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?