ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

त्रिवेणीमा पेटसँगै कक्षाकोठा भर्ने अभियान

२४ मंसिर २०७८, शुक्रबार
२४ मंसिर २०७८, शुक्रबार

अहिले विद्यालयका सबै विद्यार्थीको दिवा खाजाबाट पेट भर्न शुरु भएको अभियानले पछि गएर विद्यालयका सबै कक्षाकोठामा विद्यार्थी संख्याले भर्ने उद्देश्य बोकेको छ । त्यसका लागि विद्यालयका शिक्षक, कर्मचारी, समिति र समुदाय एकमत भएर विद्यालय सुधार्न जुटेका छन् ।

‘जहाँ इच्छा त्यहाँ उपाय’ नेपाली समाजमा चलेको यो भनाइ विद्यालय सुधार्ने बिषयमा पनि लागु हुने गरेको छ । विद्यालयलाई नमूनाउन्मुख बनाउँदै गर्दा विद्यालयको प्रधानाध्यापकको नेतृत्व बाहिर भएका रुपन्देहीका एक शिक्षकले पुनः विद्यालयमा फर्किएपछि सुस्ताउँदै गएको विद्यालयलाई जीवन भर्ने पाईला शुरु गरेका छन् ।

अहिले विद्यालयका सबै विद्यार्थीको पेट भर्ने अभियान शुरु भएको अभियानले पछि गएर विद्यालयका सबै कक्षामा विद्यार्थी संख्याले भर्ने उद्देश्य बोकेको छ । विद्यालयको जीवन भर्ने उनको अभियानको थालनी विद्यालयको रंगरोगन र सबै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरि शुरु भएको छ । त्यसमा विद्यालयका शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति र समुदायको साथ छ । प्रधानाध्यापक यादवले नेतृत्व गरेपछि उनलाई सबैले साथ दिएका छन् ।

रुपन्देहीको सियारी गाउँपालिकामा रहेको त्रिवेणी आधारभूत विद्यालयका प्रधानाध्यापक मथुरा यादवले गाउँको विद्यालयलाई पुनःजीवन दिने काम शुरु गरेका हुन् । उक्त विद्यालयका सबै विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको छ । नेपाल सरकारले शिशुदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको भएपनि त्रिवेणीमा भने कक्षा ८ सम्मकै सबै बालबालिकाले दिवा खाजाको व्यवस्था भएको हो ।

विद्यालयमा यहि मंसिर २ गतेदेखि विद्यालयका सबै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक मथुरा यादवले जानकारी दिए । विद्यालयका बालबिकास केन्द्रदेखि कक्षा ८ सम्म १४० छात्र र १५४ छात्रा गरी २९४ जना विद्यार्थी छन् । त्यसमध्ये कक्षा ६ देखि ८ सम्म ९४ जना विद्यार्थी छन् । कक्षा ६ देखि ८ सम्मका बालबालिकालाई खाजाका लागि मासिक रुपमा करिब ३० हजार रकम खर्च लाग्ने यादवको भनाई छ । उनले उक्त बजेट विद्यालयले सहयोग संकलन गरेर व्यवस्थापन गर्ने बताए । विद्यालयको आर्थिक स्रोत त छैन् प्रधानाध्यापक यादवले भने, मागेर र चन्दा संकलन गरेर भएपनि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन्छौं । विद्यालयमा बालबालिकाको आकर्षण बढाउन र खाजाकै कारण विद्यालय छाड्ने विद्यार्थीलाई निरन्तरता दिनका लागि खाजा कार्यक्रम संचालन गरिएको उनले बताए । विद्यालयको दिवा खाजा तालिकामा आईतबार मासु भुजा, सोमबार खिर, मंगलवार खिचडी, बुधबार चना अण्डा, बिहीबार हलुवा, शुक्रबार पालक मटर र भुजा छ ।

उक्त विद्यालयमा २०६३ सालदेखि २०७६ साल फागुन २६ गतेसम्म प्रधानाध्यापकको रुपमा उनी थिए । नीजि स्रोतको शिक्षकबाट शिक्षण पेशामा प्रवेश गरेका यादव २०६७ बाट राहत दरबन्दीमा नाम निकालेका थिए । त्यस समयमा छात्र २६५ र छात्रा २३५ गरी ५०० विद्यार्थी थिए । त्यसपछि २०७८ कार्तिक २९ गते पुनः विद्यालयमा फर्किएका छन् । अहिले भने त्यस समयको तुलनामा २०० भन्दा बढी विद्यार्थी कम भएका छन् । प्रधानाध्यापक यादवले विद्यालयबाट फर्किएका विद्यार्थी संख्या बराबरको संख्या दुई बर्षभित्र पूरा गर्ने गरि आफूले काम शुरु गरेको बताए । हामीले दुई बर्षभित्र पुनः ५०० बढी विद्यार्थी पु¥याउँछौं यादवले भने, त्यस अनुसार हाम्रो शैक्षिक क्रियाकलाप अगाडी बढ्छ, शिक्षक कर्मचारी र समुदाय परिचालन हुन्छौं । २०७६ माघ २७ मा निमावि तहको सामाजिक बिषयतर्फ स्थायी शिक्षक पदमा नाम निकालेपछि उनी विद्यालय छाड्न बाध्य भएका थिए ।

विद्यालयमा फर्किएपछि उनले विद्यालयको रंगरोगन गरिसकेका छन् । करिब ३ लाख खर्चगरी विद्यालयको रंगरोगन गरेको र उक्त बजेट पनि स्थानीय रुपमै सहयोग मागेरै व्यवस्थापन गरिने उनले बताए ।
ण्ण्ण्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?