ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

सरकारले पनि सिक्ने कि ?

९ मंसिर २०७८, बिहीबार
९ मंसिर २०७८, बिहीबार

सैनामैनाको रामापुर माध्यमिक विद्यालयले ४४ बर्ष सेवा गरी अवकास हुँदा विद्यालयका कर्मचारी रमेश गैरेलाई २ लाख २० हजार नगद र २४ हजार बराबरको दराजलाई मायाको चिनोको रुपमा दिएर विदाई गरेको छ । विद्यालयको यो कार्यको समाजवादउन्मुख भनिने नेपालका तीन तहका सरकारले जान्न, सिक्न र पाठ लिन आवश्यक छ ।

000

एउटा शिक्षक विद्यालयबाट अवकाश हुँदा लाखौं रुपियाँ लिएर बिदा हुन्छ । उसले त्यो धनभन्दा बढी मान प्रतिष्ठा पनि पाउँछ । तर विद्यालयमा सँगसँगै काम गर्ने कर्मचारी अवकाश हुँदा भने रित्तो हात फर्किनुपर्ने बाध्यता छ । शैक्षिक आन्दोलनहोस या शिक्षक आन्दोलन इतिहास त्यो जति लामो र गर्विलो भएपनि विद्यालयका शिक्षक र कर्मचारी बीच ठूलो खाडल कायम छ ।

यसैबीचमा रुपन्देहीको सैनामैनामा रहेको रामापुर माध्यमिक विद्यालयले भने कर्मचारी अवकाश हुँदा फरक तरिकाले ती कर्मचारीलाई बिदाइ गरेको छ । जुन कुरा समाजवादउन्मुख भनिने नेपालका तीन तहका सरकारले जान्न, सिक्न र गर्न आवश्यक छ । रामापुर माध्यमिक विद्यालयमा ४४ बर्ष सेवा गरी अवकास हुँदा विद्यालयले विद्यालयका कर्मचारी रमेश गैरेलाई केही नगद र जिन्सी वस्तुलाई मायाको चिनोको रुपमा दिएर बिदाई गरेको छ । विद्यालयको यस कार्यको सबैतिरबाट प्रशंसा भएको छ । विद्यालयको कार्यप्रति नेपाल विद्यालय कर्मचारी परिषद, सैनामैनाले भनेको छ ‘नेपाल सरकारले गर्न नसकेको काम सैनामैना नगरपािलका वडा नं. ६ रामापुर कलौनीमा अवस्थित रामापुर मा.वि.ले गरेको नमूना कार्य प्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ । रामापुर मा.वि.मा कार्यरत कार्यालय सहयोगी रमेश गैरे दाईले ४४ वर्ष सेवा गरि सेवाबाट अवकाश लिनुभएकोले विद्यालयले उहाँले गरेको योगदानको सम्मान गर्दै रु. २,२०,००० को चेक सहित शिक्षक स्टाफबाट सम्मान स्वरुप मायाको चिनो सहित बिदाई ग¥यो । उहाँको आगामी जीवन सुखमय बितोस भनी धेरै धेरै शुभकामना पनि ब्यक्त गर्दछौँ ।’

सरल, कामप्रति वफादार, लगनशील भएका कारण विद्यालयका कर्मचारी रमेश गैरे विद्यालयमा सबैको प्यारो थिए । शिक्षक, विद्यार्थी र अभिभावक विद्यालयमा केही पर्दा उनलाई खोज्थे । उनीपनि सबैको सामु सरल रुपमा सहयोगी भूमिकामा हाजिर हुन्थे । अवकास भएका कारण अब भने रमेश गैरे रामापुर माध्यमिक विद्यालयको प्राङ्गणमा कर्मचारीका रुपमा भेटिने छैनन् । त्यसैले विद्यालयका कर्मचारी गैरे विदाई हुँदा रामापुर विद्यालयको वातावरण दुलही विदाई गर्न लागेको बेहुलीको घर जस्तै देखिएको थियो ।

गैरेलाई विद्यालयले नगद २ लाख २० हजार नगद र विद्यालयका शिक्षक कर्मचारीको तर्फबाट २४ हजार बराबरको दराज दिई विदाइ गरेका हुन । गैरेले उक्त विद्यालयमा २०३४ सालदेखि सेवा शुरु गरेका थिए । उनलाई २०३६ सालमा विद्यालयले स्थायी गरेको थियो । सैनामैना नगरपालिका वडा नं. ९ चंखीपुर निवासी गैरे विद्यालयमा ४४ बर्ष बिताएर विदाई भएका छन् । उनी विदाई हुँदा विद्यालयका शिक्षक, विद्यार्थी मलिन देखिए । मन भारी बनाएर विद्यालयमा गैरेलाई टिका, माला र खादा लगाइदिए । यो उनीले पाएको त्यो नगद र जिन्सी बस्तु भन्दा निकै ठूलो मान र इज्जत थियो ।

अवकास लिएका विद्यालयका कर्मचारी रमेश गैरेले विद्यालय र विद्यालयका शिक्षक कर्मचारीले सम्झिएकोमा खुसी व्यक्त गरे । उनले विद्यालयको विगत सम्झदै भने, म २०३४ सालमा सेवामा प्रवेश गर्दा मासिक तलब १ सय रुपियाँ थियो । तीन महिनापछि मेरो तलब २७ रुपियाँ बढेर १ सय २७ पुग्यो । २०३६ सालमा मासिक तलब १ सय ५० पुग्यो साथै विद्यालयले पनि स्थायी ग¥यो । त्यतिवेला विद्यालय रामापुर चोकदेखि उत्तरतर्फ थियो । कक्षा ७ सम्म पढाइ हुन्थ्यो । एक कोठा माटोको गाहेको लामो टहरो थियो । अफिस कोठा ढुंगा माटोको गाहे थियो । छाना भने खरको थियो । अहिले विद्यालयको धेरै भवन छन्, कक्षा १२ सम्म पढाइ हुन्छ । विद्यालयको माया मलाई भन्दा कस्लाई बढी होला र ? भन्ने लाग्छ । तर के गर्ने उमेरले गर्दा विद्यालयबाट विदा भएँ गैरेले थपे ।

विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेले विद्यालयप्रति उनले गरेको सेवा स्वरुप विद्यालयले सक्ने गरी केही रकम कर्मचारी गैरेको हातमा दिने प्रयास गरेको बताए । उनको संचित विदाको गणना गरी १ लाख १० हजार र विद्यालयको स्रोतबाट १ लाख १० हजार गरी कुल २ लाख २० हजार रकम उनको विदाईमा प्रदान गरको प्रधानाध्यापक पौडेलले बताए । प्रधानाध्यापक पौडेलका अनुसार कर्मचारी रमेश गैरे सरल र कामप्रति वफादार कर्मचारी थिए । गैरेलाई विद्यालयले नेपाल सरकारबाट प्राप्त पारिश्रमिकमा केही रकम थप गरि मासिक तलब दिँदै आएको थियो ।

विद्यालयका कर्मचारी पनि विद्यालयकै एक सदस्य भएको हुँदा उनीहरुप्रति सरकारले सेवा सुबिधामा विभेद गर्न नहुने बुझाई प्रधानाध्यापक पौडेलको छ । विद्यालयको उन्नती र प्रगतिमा शिक्षकको मात्रै नभई विद्यालयका कर्मचारीको पनि उत्तिकै योगदान हुने पौडेलले बताए । उनले विद्यालयको कर्मचारी अवकाश हुँदा पेन्सनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?