ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
विचार

आफूभित्रै सकारात्मक सोंचको विकास गरौं

५ श्रावण २०८०, शुक्रबार
५ श्रावण २०८०, शुक्रबार

‘सकारात्मक’ यो शव्द आफैमा गर्विलो छ । यो सोंच, बुझाइमा, हेराईमा, बोलाइमा, विचारमा, हिँडाइमा बसाईमा सबैतिर हुनुपर्दछ । यो एकपक्षमा सकारात्मक भएर पुग्दैन । त्यसमा पनि सोंच पहिलो स्थानमा आउँछ । मनमा सकारात्मक सोंच उत्पन्न भयो भने अरू कुरामा सकारात्मकता आउनसक्छ । सकारात्मकताको पहिलो सुत्र नै सोंच हो ।

सोंच मनबाट या दिमागबाट उत्पन्न हुने गर्दछ र यो अन्य सबैको अगुवाई गर्ने वा सञ्चालन गर्ने चालक हो यो । जसरी एउटा चालकले ठीक तरिकाले गाडी चलाउन सकेन वा जानेन भने गाडी दुर्घटनामा पर्दछ, यस्तै जीवन पनि दिल दिमागले ठिक ढंगले सञ्चालन गरेन भने यसले अन्य कुरालाई नराम्रो असर पर्दछ । यसकारण दिल दिमाग शरीरको चालक हो भनिएको हो । चालकले सकारात्मक सोंच उत्पन्न गर्न सक्यो भने अन्य कुरामा पनि सकारात्मकता देखिन्छ ।

आफू बोल्दा सकारात्मक ढंगले नबोल्ने तर अरूबाट सकारात्मक बोलीको चाहना गर्ने हाम्रो स्वभाव रहेको हुन्छ । आफूमा सकारात्मक सोंच नहुने अरूबाट सकारात्मक सोंचको चाहना गर्ने । आफूले सकारात्मक तरिकाले नबुझ्ने अरूबाट सकारात्मक बुझाइको अपेक्षा गर्ने जस्ता कुराहरू हामीमध्ये धेरैमा पाउन सकिन्छ । एक हिसाबले यो ठिक छ । किनकी जो मानिस जहाँसम्म पुगेको छैन त्योसंग त्यो स्थानको वारेमा वर्णन गर्न लगाएर के प्राप्ति ? प्राप्तिका निम्ति त उसले देखेको वा उ पुगेको वा त्यसका वारेमा केही अध्ययन गरेको आधारबाट हुन्छ ।

न सकारात्मक सोंच छ न बोली व्यवहार छ, कुनै कुरा छैन भने त्यस्तो व्यक्तिबाट सकारात्मकताको अपेक्षा गर्नु व्यर्थ हो । यस्तो कल्पना गर्नुपनि हुँदैन । मानिस अरू प्राणीभन्दा भिन्न भनिन्छ । यसो किन भनिएको होला ? यसका वारेमा एकछिन घोत्लिने हो भने यसको स्पष्ट जवाफ आफै आउने छ । अरू प्राणी भन्दा भिन्न हुने स्वभाव प्रकृतिले मानिसलाई प्रदान गरेको छ । हामीले यो कुरालाई स्वीकारेका छौं । यो पृथ्वीमा भएका अन्य प्राणीको तुलनामा मानिसमात्र फरक क्षमताको हुन्छ । यसकारणले उसले हात्ती जस्ता भीमकाय जनावरलाई पनि उसको टाउकोमा बसेर जता हिंडाउन चाह्यो उतै हिंडाउन सफल भएको छ ।

आफ्नो बौद्धिक क्षमताका कारणले कोसौं टाढाको मानिसको दृश्य सहितको खवर सुन्न सक्ने भएको छ । गह्रौ भारी सहित आकाशमा विमान उडाउन सक्ने भएको छ । कोसौं टाढाको दृष्य कोठामा बसेर हेर्न सक्ने बनाएको छ । यसैलाई लिएर होला सायद हास्य व्यंग्यकार भैरव अर्यालले “मानिसले कति के ग¥यो पिई सक्यो ब्रमाण्ड नै तनतनी” भनेका छन् । जसको मनमा सकारात्मक सोंच थियो उनीहरूले जीवन नै कायापलट हुनेगरी प्रगति गरेर देखाउन सकेका छन् । तर जोसंग सकारात्मक सोंच छैन उसले आफूसंग भएको दिमाग पनि सही ठाउँमा प्रयोग गर्न नसकेर विवेक गुमाउँदै गएर आफ्नै बाबु आमालाई पनि पराय संझेर सधै घृणाको धारो चुहाईरहेको छ । कति फरक छ ? आफ्नो दिमाग प्रयोग गरेर देश दुनियाँलाई सुविधा प्रदान गर्ने र आफ्नै बाबु आमालाई घृणा गर्नेका वीचमा ? यो पनि सोंचाइको कुरा हो । हरेक कुरा सोंचाइमा भर पर्दछ ।

सकारात्मक सोंचका लागि मानिसले ख्याल गर्र्नैपर्ने केही कुराहरू छन् जस्तो पहिलो नम्वरमा आहार पर्दछ । अर्थात भोजन हो । भोजन तयार गर्ने वा सेवन गर्ने समयमा सकारात्मा तरिकाले सोंचिएन भने शरीरलाई नोक्सान गर्ने खालको खाना तयार गर्ने र सेवन गर्न सकिन्छ । त्यसले आफ्नो शरीरलाई नोक्सान त गर्छ नै त्यसमा खाना शरीर अनुकुल हुन सकेन भने त्यसले अरूको दिल दिमाग र शरीर समेत दुखाउने हुन्छ । यसकारण भोजन गर्नु अघि कस्तो भोजन र कति भोजन र कसरी भोजन ? यस्ता कुरामा ध्यान दिन जरुरी छ । भोजनबाट शरीरमा सकारात्मक धारणा आउने र नकारात्मक धारणा आउने हुनसक्छ । सकारात्मक भोजन सेवन गर्ने अवसर परेमा धारणा पनि सकारात्मक आउन सक्छ र भोजन नै नकारात्मक परेमा धारणा पनि नकारात्मक आउन सक्दछ । यसकारण हाम्रो तन वा मनमा सकारात्मक धारणा जागरण ल्याउनका लागि उचित भोजन सेवन गर्नुपर्दछ । यही आहारबाट विहार पनि भर पर्दछ ।

दोस्रो कुरा साथ संगत को हो । कस्तो व्यक्तिसंग साथ संगत छ त्यस्तै प्रवृति सिक्दै जाने हुन्छ । सकारात्मक चिन्तन भएको व्यक्तिसंग साथ संगत भयो भने उसमा पनि सकारात्मक धारणा आउन सक्छ तर कमजोर मनस्थिति भएकोसंग खराव प्रवृति भएको साथसंगत भएको छ भने उसमा पूरै नकारात्मक धारणा जम्न सक्छ । यसकारण कस्तो व्यक्तिसंग साथसंगत गर्ने भन्ने कुरा पहिले आफूले छनोट गर्नुपर्दछ । यदी आफूलाई सकारात्मक धारणातर्फ लैजाने हो भने टाढाको भए पनि सकारात्मक विचार भएको व्यक्तिसंग साथ संगत गर्नुपर्दछ । तेस्रो कुरा अध्ययन हो । अध्ययन भन्दा साथ असल गुरु र असल कृति दुबै आउँछन् । अध्ययनका निम्ति पूरै चिन्तन बदल्ने खालका सामग्रीहरू पाइन सक्छन् । निकै पुस्तकहरू मन बदल्ने खालका लेखिएका र प्रकाशित भएका छन् । त्यसको खोजी आफूले गर्नुपर्दछ । यी तिन कुराको संयोग जुर्नपुग्यो भने कुनैपनि मानिसको मनमा सकारात्मक धारणा आउन सक्दछ । अध्ययन भित्र ध्यान योग पनि पर्दछ । यो पनि एक प्रकारको सिकाई हो । सिकाइ बिना मन परिवर्तन हुँदैन । जन्मसिद्ध कुनैपनि सिद्धयोगी भएको हुँदैन । ज्ञानी हुनका लागि ज्ञान आर्जन गरेको हुनुपर्दछ । ज्ञान के बाट प्राप्त हुन्छ भन्दा जस्तो पहिले चर्चा गरियो कि असल गुरु वा असल कृतिको मिलनले हुने गर्दछ ।

यो दुनियाँमा जन्मसिद्ध ज्ञानी वा सकारात्मक सोंच भएको मानिस कोही छैन । कठोर साधना पछिमात्र मानिसमा परिवर्तन आएका उदाहरण हामीसंग छन् । माथि उल्लेख भएका तिनकुरा ग्रहणका लागि पनि थोरै भए पनि मन चाहिं सकारात्मक हुनुपर्दछ । सकारात्मक मन नभएर शरीरलाई फाइदा गर्ने भोजनको खोजी हुँदैन । मनले दुव्र्यसन ताकेको छ भने उसले हितकारी भोजन खोज्दैन । यस्तै उसको मनले सकारात्मक साथीको चाहना गरेको छैन भने सकारात्मक भावना भएको साथी भेटिदैन । यस्तै अध्ययन ध्यान योग तप गुरुको सामिप्यता यस्ता कुराको चाहना अथवा सोंचाइ नै नभए न सकारात्मक भोजन मिल्ला, न सकारात्मक विचारको साथी मिल्ला । न असल पुस्तक वा गुरु मिल्ला । अनि कहाँबाट शरीरमा सकारात्मक सोंच आउने हो ? यो वर्षाको पानी जस्तै वर्षने बस्तु होइन । यसलाई निकै ध्यानपूर्वक ग्रहण गर्न जान्नुपर्दछ ।

म यो दुनियाँमा किन जन्म लिएँ ? मैले के कर्तव्य निर्वाह गर्नुपर्दछ ? यो समाजका लागि मेरो कार्य के र कस्तो हुनुपर्दछ ? मैले अहिले के गर्दै छु र मैले गरेको काम कुराले घर परिवार, छरछिमेक, गाउँ समाज, मुलुकलाई के कस्तो फाइदा वा वेफाइदा भएको छ भन्ने वारेमा एउटा जिज्ञासा हुन जरुरी छ । यो जिज्ञासाको पनि सकारात्मक उत्तर आउन जरुरी छ । यसरी सकारात्मक धारणाको टुसो त आफैमा हुनपर्दछ । त्यही टुसो माथि निस्किएर पछि झाँग्गिने फूल्ने वा फल्ने हो । आफूले पहिलेदेखि सकारात्मकतातिर ध्यान दिइएन भने कुनैपनि सकारात्मक वस्तुको चाहना हुँदैन । जव सकारात्मक वस्तु चाहना हुँदैन, त्यतिवेला सकारात्मक सोंचका कुरा आउने छैन । चेतना भया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?