© २०२३
सैनामैना नगरपालिका वडा नं. ६ मा रहेकोे नगरकै उत्कृष्ट शैक्षिक संस्था सहिद नारायण पोखरेल रामापुर क्याम्पस गुणस्तर सुनिश्चितताको प्रत्यायन प्रमाण पत्र (क्यु ए ए ) प्राप्तीको लागि अघि बढेको छ । बिश्व बिद्यालय अनुदान आयोग स्वअध्ययन प्रतिबेदन बुझाई सकेको र स्विकृत पनि भई सकेको ले आफुहरु क्यु ए ए प्राप्तीको लागि अघि बढेको क्याम्पस प्रमुख दिनेश पन्थिले बताए ।
प्रतिबेदन स्विकृत भए लगत्तै बिश्व बिद्यालय अनुदान आयोगले डा. रमेश प्रसाद भट्टराईको संयोजत्तोमा पुर्व मुल्याङ्गन अनुगमन समिति गठन गरेको छ । उक्त समितिले बिहिबार क्याम्पसको अनुगमन गरेको छ ।
पुर्व मुल्याङ्गकन समितिले दिएको सुझावलाई मध्यनजर गदै केही कमजोरी भए सुधार गरि अघि बढ्ने पन्थीले बताए । क्यु ए ए प्राप्तीको लागि ५० प्रतिशत काम सम्पन भएको र छिट्टै क्याम्पसले क्यु ए ए प्राप्ती गर्ने प्रतिक्षामा रहेको पन्थिले बताए ।
अनुगमन समितिको उपस्थितिमा आज क्याम्पसले एक कार्यक्रमका बिच क्यम्पसको सुरुवात देखि आज सम्मका गति बिधिहरु,उपलब्धी र भावि योवनाहरु बताएको छ ।
कार्यकममा बोल्दै क्यम्पस प्रमुख दिनेश पन्थिले क्याम्पसले बिगत देखि अहिले सम्म गरेका गतिबिधि बताउदै भबिश्यमा गर्ने कार्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रा. डा. रमेश प्रसाद भट्टराइले ब्यवहारिक शिक्षा अहिलेको आवश्यकता भएको बताए । यस तर्फ क्यापसलाई अघि बढ्न आग्रह गरेका थिए ।
क्याम्पसका अध्यक्ष डिल्लीराज ज्ञवाली , प्रा .डा .रमेश प्रसाद भटराईको उपस्थितीमा सम्पन्न कार्यक्रममा , नारायण भण्डारी, राजनैतिक दलका प्रतिनिधि, ब्यापार सघंका अध्यक्ष जिवनाथ पाण्डे, उधोग बाणिज्य सघंका अध्यक्ष राज बहादुर क्षेत्रि लगायतले बोलेका थिए ।