ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

पालिकामा न्यायले पाउँदैनन् पालो

२० भाद्र २०७८, आईतवार
२० भाद्र २०७८, आईतवार

न्यायिक समितिमा दर्ता भएका मुद्दाहरु तीन महिनाभित्रै किनारा लगाउनुपर्छ तर, समितिले भाखा सार्दै बर्षदिन बित्दासमेत मुद्दा टुङ्ग्याउन सकिरहेका छैनन् । कानुनी ज्ञानको अभाव र हाइ हेल्लोको प्रभावमा कतिपय मुद्दाले गाउँपालिकाको न्यायिक समितिमा न्याय खोज्दै बर्षदिनदेखि पर्खिरहेका छन् ।

दाङको घोराही उपमहानगरपालिकाको न्यायिक समिति स्थापना भएयता ७ सय ५७ मुद्दा दर्ता भए । ती मध्ये ६ सय ५८ मुद्दा मात्रै किनारा लागे । चार वर्षदेखि अहिलेसम्म दर्ता भएका कुल मुद्दा मध्ये ९९ मुद्दा अहिलेसम्म टुंगिन सकेका छैनन् भने गत बर्ष दर्ता भएका मध्ये ५१ मुद्दा किनारा लाग्न बाँकी छन् । गत वर्ष मात्रै १ सय ४१ मुद्दा दर्ता भएकोमा ९० मुद्दा मात्रै स्थानीय न्यायिक समिति मार्फत टुंगिए । घोराही उपमहानगरमा रहेको न्यायिक समितिको यो तथ्यांक हेर्ने हो भने न्यायिक समितिमा केही वर्ष अघि परेकै मुद्दाहरु टुंगिन सकेका छैनन् ।

घोराही उपमहानगरपालिकाकी उपमेयर तथा न्यायिक समितिका संयोजक सीता सिग्देल न्यौपानेका अनुसार उसै वर्षमा किनारा लाग्न बाँकी रहेका मुद्दाहरु विभिन्न कारणले अर्को वर्षमा सर्दै आएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको ब्यवस्था अनुरुप स्थानीय तहमा सञ्चालन भएका न्यायिक समितिहरुले समितिमा परेका मुद्दाहरु तीन महिनाभित्रमै टुंग्याउनु पर्ने व्यवस्था गरेको छ । तर न्यायिक समितिहरुले भने कार्यबिधिले तय गरेको अवधिभित्र उजुरी उपरको कारबाही गर्न नसकिने बताउँछन् । “न्यायिक समितिहरुलाई तीन महिनाभित्रै समितिमा दर्ता भएका मुद्दाहरु तीन महिनाभित्रै किनारा लगाउन भनेको छ तर, सबै मुद्दाको बिबाद तीन महिनाभित्रै किनारा लगाउन सम्भवै छैन” घोराही उपमहानगरकी न्यायिक समिति संयोजक न्यौपानेले भनिन् । उक्त उपमहानगरमा परेका अधिकांश मुद्दाहरु सम्पत्ति माग गर्दै सम्पत्ति रोक्काका लागि दर्ता गरिएका छन् ।

सम्पत्ति रोक्काको मुद्दा दर्ता गर्ने र मुद्दा दायर गर्नेहरु मेलमिलापका लागि नआईदिने समस्याका कारण यस्ता मुद्दा टुंग्याउन लामो समय लाग्ने गरेको न्यौपाने बताउँछिन् । उनका अनुसार यसरी मुद्दा दर्ता गर्नेहरु मध्ये केही मुद्दा दर्ता गरेरै विदेश जाने गरेका समेत छन् । “मुद्दा दर्ता भैसक्यो, अब सम्पत्ति रोक्का भयो भनेर ढुक्क हुने अवस्था नागरिकहरुमा छ, अनि उनीहरु ढुक्क भएर बाहिर गइदिने अनि यता मुद्दा किनारा लगाउन खोज्दा उनीहरु सम्पर्कमा हुँदैनन्, यो सस्यामा कसरी तीन महिनामा मुद्दा टुंग्याउन सकिन्छ ?” उनले भनिन् । न्यौपानेका अनुसार मुद्दा किनारा लगाउनका लागि कम्तिमा एक वर्षको समयावधि तय हुनुपर्छ ।

जिल्लाकै बबई गाउँपालिकाको न्यायिक समितिमा गत वर्षका मुद्दाहरु मात्रै ११ वटा छन् । चालु आर्थिक वर्षको सुरुवातमै थप १५ मुद्दा दर्ता भैसकेका छन् । अघिल्लो वर्षकै ११ मुद्दा किनारा लगाउन नसकेको न्यायिक समितिले पनि मुद्दा किनारा लगाउने कानुनी ब्यवस्था नाघेकै छ । यो न्यायिक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष सावित्रा बिकले न्यायिक समितिले सुरुवातदेखि नै तीन महिनाको अवधिमा मुद्दा टुंग्याउने गरि काम गर्न नसकेको बताउँछिन् । “तीन महिनाको अवधिमा केहि मुद्दाहरु टुंगिएका होलान्, तर जटिल खालका मुद्दाहरु यो अवधिमा टुंग्याउन सकिने अवस्थै भएन, मुद्दाको प्रकृति र ति मुद्दा उपर रहेका जटिल खालका बिबाद टुंग्याउने सवालमा तीन महिनाको अवधि निकै कम हो, यो सम्भवै छैन” उनले भनिन् । उनका अनुसार मुद्दा दयारकर्ताहरु समयमै सम्पर्कमा नआउनु मुद्दा किनारामा समय लाग्नुको कारण हो भने न्यायिक ज्ञान भएको जनशक्तिको अभावले पनि यो गाउँपालिकाको न्यायिक समितिलाई मुद्दा टुंग्याउन असहज बन्दै आएको छ । न्यायिक समितिका संयोजक बिकका अनुसार मुद्दा किनारा लगाउनका लागि न्यायिक समितिमा कानुनी अधिकृतको ब्यवस्था गरिने स्थानीय सरकार सञ्चालन ऐनमै उल्लेख गरिएको छ । तर यो गाउँपालिकामा कानुन अधिकृत अहिले सम्म छैनन् । “हामीहरुलाई कानुनी कुराहरु थाहा छैन, न्यायिक समितिलाई कानुनी अधिकृतको व्यवस्था गर्ने भनेर उल्लेख पनि भएको छ, तर हाम्रोमा कानुनी अधिकृत कोही पनि छैन” उनले भनिन् । कानुनी ज्ञानको अभावमा मुद्दा किनारा लगाउनै समस्या भएको उनले बताईन् । तैपनि देखाई र भोगाईका आधारमा मुद्दाहरु किनारा लगाउने गरेको उनले जानकारी दिईन् ।
पालिकामा कानुन अधिकृत नहुँदा मुद्दाका बारेमा जानकारी नै नहुने र कुन बाटोबाट किनारा लगाउने भन्ने बिषयमा अन्यौल हुँदा समय स्वतः धेरै लाग्ने उनको भनाई छ । “हामीहरुले कानुन बुझेका छैनौ, त्यो मुद्दा कुन प्रकृतिको हो र कसरी मिलाउने? भन्ने बिषयको ज्ञान भए पो मुद्दा चाँडै किनारा लाग्छ नि, कानुनी अधिकृत भैदिएको भएपनि समयमै मुद्दा किनारा लगाउन सहज हुन्थ्यो” उनले भनिन् ।

कानुनी अधिकृतकका लागि प्रदेश सरकारमा माग गरेको भएपनि साढे ४ वर्ष वितिसक्दापनि व्यवस्था हुन नसकेको उनको भनाई छ । स्थानीय सरकार स्थापना भएपश्चात स्थानीय तहमा भएका सामान्य मुद्दा किनारा लगाउनका लागि स्थानीय तहमै न्यायिक समिति स्थापना भए । स्थानीय तहमा देखिने झैँ झगडादेखि कुलो पानी लगाएतका बिबाद किनारा लगाउनका लागि स्थापना भएका न्यायिक समिति स्थानीय तहका लागि ‘घाँडो’ बनिदिएको स्थानीय तहका उपप्रमुख तथा न्यायिक समितिका संयोजकहरुको बुझाई छ । त्यसमाथि थोरै अवधि तोकेर मुद्दा किनारा लगाउन गरिएको ब्यवस्थाले स्थानीय तहमा रहेका ‘न्यायिक अदालत’ को कार्यसम्पादन अधिकार साँघुरिएको छ । साँघुरो कार्यसम्पादन भित्र रहेर जिल्लाका दशवटै स्थानीय तहहरुले मुद्दाको छिनोफानो गर्न सकेका छैनन् ।

दाङका मात्रै हैन, देशका कैयन स्थानीय ‘न्यायिक अदालत’ हरुले साँघुरो कार्यसम्पादन अवधिभित्र रहेर काम गर्न भने सकेका छैनन । महालेखाको प्रतिवेदनलाई हेर्ने हो भने देशभरका ५ सय ४० स्थानीय तहहरुले गत वर्षकै मुद्दाहरु किनारा लगाउन सकेका छैनन् । यि स्थानीय तहहरुमा गत वर्षकै ७ हजार १८ मुद्दा र यो वर्ष थप भएका १७ हजार ३ सय ११ मुद्दा गरि २४ हजार ३ सय २९ मुद्दा किनारा लागिसक्नुपर्ने थियो तर, १३ हजार ७ सय ८७ मुद्दा टुंगिएका छन् भने १० हजार ५ सय ४२ मुद्दा बाँकी नै रहेका छन् । तस्वीरः इन्टरनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?