ट्रेंडिंग:

>> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल
विचार

बोक्टापुरको शिवालय : धार्मिक पर्यटकीय सर्किटको संभावित गन्तव्य

यस मन्दिरलाई पश्चिम नेपालमा एउटा उत्कृष्ट धार्मिक पर्यटकिय गन्तव्यका रुपमा महिमाशाली बनाउन प्रयत्न गर्नुपर्छ । यसको श्रवाणी मेला तथा जलार्पण कार्यक्रम नेपाल र सिमावर्ती भारतिय क्षेत्रमा लोकप्रिय बढाउन सके भक्तजनको उत्साहजनक सहभागिता हुन्छ ।
१ श्रावण २०८०, सोमबार
१ श्रावण २०८०, सोमबार

कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ३ महेन्द्र राजमार्गको बुड्डी चोकदेखि करिब ११ किलोमिटर उत्तर पश्चिममा बोक्टापुर भन्ने गाउँ छ त्यहाँ एक महिमाशाली शिवालय मन्दिर रहेको छ, जसलाई शिवालय मन्दिरको नामले पुकारिन्छ । यो शिवालय मन्दिर धेरै पुरानो रहेको गाउँका पाकापुस्ताहरु बताउँछन् । धेरै नै पुरानो शिवालय भएता पनि यसको प्रचार प्रसार भौगोलिक अवस्था समेतका कारण यो शिवजीका भक्तालुहरुको नजरमा भने खासै पर्न सकेको छैन । यसलाई प्रचार प्रसार गर्न सके एउटा महिमाशाली धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्नेछ । यसको इतिहास निकै नै पुरानो र रोचक रहेको छ ।

उक्त गाउँका पाकाहरुको भनाईलाई आधार मान्दा यो शिवलिङ्ग निकै पुरानो मानिन्छ । यस शिवलिङ्गको बारेमा यहाँका पाकाहरुसँग अनुभव लिदा निकै रोचक समेत रहेको छ । हाल रहेको शिवलिङ्ग पहिला त्यो स्थानमा थिएन । त्यसको केही उत्तर पट्टी बीच बाटोमा रहेको थियो । उक्त बाटोमा तत्कालीन अवस्थामा बढी मात्रामा लडिया (गाडा) हरु हिड्ने हुँदा लडियालाई हिंडाउन समेत अप्ठ्यारो भएपछि खनेर निकाल्ने निकै ठूलो प्रयत्न भएको थियो तर त्यो शिवलिङ्गको फेदी नै पत्ता लगाउन नसकेको रोचक भनाई छ ।

त्यसैगरी दक्षिणी क्षेत्रका एक धार्मिक व्यक्तिले उक्त शिवलिङ्ग आकारमा रहेको ढुङ्गा देखेपछि लोभिएर आफुले लैजानका लागि लडिया लिई आएकोमा सो ढुङ्गालाई उत्खनन गरी फेदी नै पत्ता लगाउन नसकी उक्त लडियामा लोड नै गर्न नसकेको र लडिया समेत भाँचिएको, लडिया नै भाँचिएपछि त्यसै गएको भनाई पाकापुस्ताहरुको रहेको छ । यसरी हेर्दा यो शिवलिङ्ग आकारको ढुंगामा निकै शक्ति रहेको जानकारहरु बताउँछन् । बाटोमा परेको बाटो हिंड्न समेत कठिनाई भएको, मानिसहरुले खानतलाश गर्दा खलबलिएपछि केही समय उक्त शिवलिङ्ग हराएको समेत भनाई रहेको छ । केही समयपछि त्यसको ठिक दक्षिण तर्फ केही मिटर पर विरुवा उम्रे जस्तो गरी उम्रे पछि त्यहाँका मानिसहरुमा उक्त ढुङ्गा ढुङ्गा नभई अद्भुत शक्ति रहेको शिवलिङ्ग भएको अनुभुत भएपछि संरक्षणमा लागेको भनाई छ ।

मलाई के थाहा छ भने म सानो छँदा उक्त शिवलिङ्ग समेत सानो नमुना आकारमा रहेको थियो गाउँका मानिसहरुले प्रायः गरी शिवरात्रीमा मात्र भजन कृतन गर्ने फुलमाला चढाउने गर्थे सानो छाप्रा मुनि राखिएको थियो तर अहिले बढेर निकै ठूलो भएको छ भने भौतिक रुपमा पनि केही हदसम्म भएपनि सामान्य खालको मन्दिर निर्माण गरिएको छ । सनातन धर्म संस्कृतिसँग सम्बन्धित शिवालय वा ज्योतिर्लिङ्ग भएकाले यसको इतिहास खोजगर्न ढिला भइसकेको छ । यो महिमाशाली शिवालय रहेको तथ्य निर्विवाद छ । तौलिहवाको तौलेश्वरनाथ, रुपन्देहीको पर्रोहा स्थित पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग भन्दा यसको महत्व कम छैन । उत्खनन गरी यसको गहिराई या पिँध पत्ता लगाउन नसकिएको पाकाहरुको भनाई छ । गहिराई वा पिँध पत्ता लगाउन नसकिएको र यसको स्थापना कसले गरेको हो कसरी भएको हो भन्ने कुराको समेत हालसम्म एकिन हुन नसकेको अवस्थामा यो दैवी शक्तिकै रुपमा लिइएको छ । शिवालयमा साउन महिना (गुरु पुर्णिमादेखि जनै पुर्णिमा सम्मको अवधि) मा विशेष श्रावणी मेला तथा जलार्पण कार्यक्रम आयोजना गर्नु पर्ने देखिन्छ । प्रचार प्रसारको कमि हुनाले नै यस मन्दिरको महिमा बढ्न नसकेको हो । आज धार्मिक पर्यटकीय क्षेत्रको रुपमा अरबौ अरब खर्च गरेर मन्दिरहरु निर्माण भइ रहेका छन् तर हामीले भएको मन्दिरको संरक्षण सम्बद्र्धन गर्न सकेका छैनौ । म त के भन्छु भने यो शिवालयको महिमा तथा महत्व उत्खनन् गर्दै समयानुकूल विकास र प्रबद्र्धन गरी शिवलिङ्ग धार्मिक पर्यटन सर्किटको रुपमा विकास गरिनु पर्छ ।

गाउँ तथा वडा स्तरबाट श्रावणी मेला तथा जलार्पण कार्यक्रम सञ्चालन गरी यसलाई भक्तजन बीच लोकप्रिय बनाउने श्रेय लिनुपर्छ । यस मन्दिरलाई पश्चिम नेपालमा एउटा उत्कृष्ट धार्मिक पर्यटकिय गन्तव्यका रुपमा महिमाशाली बनाउन प्रयत्न गर्नुपर्छ । यसको श्रवाणी मेला तथा जलार्पण कार्यक्रम नेपाल र सिमावर्ती भारतिय क्षेत्रमा लोकप्रिय बढाउन सके भक्तजनको उत्साहजनक सहभागिता हुन्छ । यसको महिमा अझ वृद्धि होस् र भावि पुस्तालाई पनि यसको संरक्षण र प्रबद्र्धन गर्न प्रेरणा दिनुपर्छ । यसको अग्रसर बुद्धभुमी नगरपालिकाले लिनु पर्छ । यस मन्दिरको थप श्रृङ्गार गरी आकर्षक पर्यटकीय गन्तव्य निर्माण गर्न यसमा पुर्वाधार थप्न र यसको आम्दानी खर्चको व्यवस्थापन हेरी नगरपालिकाले यसलाई आयश्रोतको माध्यम बनाउन सक्छ । वास्तवमा यो मन्दिरको व्यवस्थापन र रेखदेखमा बुद्धभुमी नगरपालिकाले चासो र पहल लिनु पर्छ । यो शिवालय मन्दिरलाई विशेष महिमाशाली र आम्दानीको श्रोतको रुपमा समेत विकास गर्न सकिन्छ । यसलाई अब सुव्यवस्थित ढङ्गले सञ्चालन गरिनुपर्छ । मन्दीरको निरन्तर प्रबद्र्धन गर्दै लैजानु पर्छ । यो ठाउँ एउटा आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रुपमा महिमाशाली बनाउन प्रयत्न गर्नु पर्छ । पिछडीएको गाउँलाई यही मन्दिरकै साहारबाट छिटो पुर्वाधार निर्माण र प्रचार प्रसार भई उन्नत गाउँको रुपमा विकासको एउटा आधार बन्न सक्छ । यसका निम्ति लुम्बिनी प्रदेश सरकार, बुद्धभूमि नगरपालिकाले अग्रसर लिनै पर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?