ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा
लेख रचना

बढ्दै आयुर्वेद चिकित्साप्रति बिरामीको आकर्षण

३१ असार २०८०, आईतवार
३१ असार २०८०, आईतवार

हामीले सानोमा जानेको कुरा बिमार हुँदा उपचारको पद्धती आयुर्वेद नै थियो । म सानो छँदा गाउँदेखि बिरामी भएर आउनेहरूलाई हाम्रो बुवाले जडिबुटीहरूबाट नै उपचार गरेको सम्झना छ । बुवाले गर्ने भनेको उपचारमा मकरध्वज, नमरस, सत्यजीवन, काँचो सिम्रीक जस्ता जडिबुटी र खनिजहरू प्रयोग गर्नुहुन्थ्यो । यस्ता कुनै औषधीहरूमा टोप्रेझार पिंधेर मिलाएर खुवाउने गरेर उपचार गर्ने गरेको देख्न सकिन्थ्यो ।

म केही जान्ने भएपछि थाहा लाग्यो कि यी औषधिहरू त बुवाले भारतको लखनौदेखि पो ल्याउनु हुदोरहेछ । अहिले पनि बिस्तारै आयुर्वेदमै मानिसको बिश्वास र आकर्षण बढ्दै गएको देख्न सकिन्छ । हुन त पहिले पहिले अस्पताल या स्वास्थ्य सँस्था भन्ने थिएनन् । गाउँमा हात खुट्टा भाँचिए काभ्रो बाँध्ने भन्ने चलन थियो । के के जडिबुटीको जोहो गरेर भाँचिएको भागमा बाँध्ने चलन थियो । टाउको दुखे या पेट दुखेपनि तितेपाती, अँसुरो आदी पकाएर खाने गर्थे । त्यस्तै शरीरमा घाउ लागे कुनै बनस्पतिको पात थिचेर दल्नेदेखि धेरै रोग ब्याधीको उपचार यसैगरी नै हुने गथ्र्यो ।
एक्कासी कसैले कल्पना गर्न नसकेको कोरोना महामारीले बिश्व नै हल्लायो । कसैले थाहा नपाएको र नाम पनि नसुनेको यो रोगको उपचार कसरी गर्ने, के गर्ने भन्ने कुराले सबैलाई चिन्तित तुल्यायो । कोरोना रोगबिरुद्धको खोप आबिष्कार गर्नुभन्दा पहिले झटपट बिकल्पको रूपमा आयुर्वेद औषधी नै प्रयोगमा ल्याउने काम भयो । यसले धेरैलाई बचाउने काम पनि गर्यो ।

हाम्रो मुलुकमात्र नभएर बिश्वका धेरै देशहरूमा आयुर्वेद औषधिलाई कोरोना महामारीले चिनाउने काम गर्यो । आयुर्वेदमा शक्ति रहेछ भन्ने ठानेर प्रयोगमा ल्याउने काम गरे । केही पहिले नामका रूपमा मात्र रहेका आयुर्वेद अस्पतालले कोरोना महामारी पछि चहल पहलमा आउने मौका पनि पाए । जीर्ण अवस्थामा रहेका यस्ता अस्पतालहरूको मर्मत सम्भार साथसाथै नयाँ बिल्डीङ खडा हुँदै गए । अहिले एलोपैथिक अस्पताल जस्तै यी अस्पतालमा पनि बिरामीको भीडभाड देख्न सकिन्छ ।

यस्तै मध्ये लुम्बिनी प्रदेशको बुटवलमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालय एउटा नमुनाका रूपमा रहेको छ । एक दशक पहिले यो अस्पताल नाम मात्रको थियो । यस क्षेत्रका पत्रकारसम्मलाई थाहा थिएन कि यो अस्पताल बुटवलमा छ भन्ने । बुटवल ११ को देवीनगरमा रहेको यो अस्पताल सानो र भत्किन लागेको अबस्थामा थियो । नबुझिने सानो बोर्ड थियो र फाट्टफुट्ट एक दुई बिरामी छिर्ने गर्थे ।

धेरैले यहाँ के रहेछ र भन्ने गर्थे । अहिले उक्त अस्पताल देख्दा साँच्चीकै त्यही विगतको जीर्ण अस्पताल हो र जस्तो लाग्छ । हुन त यो अस्पतालले एक दशकभित्र रूप फेर्नुमा थुप्रै कारण छन । त्यहाँ बैद्य कबिराज र कार्यालय सहयोगी यस्तै बिभिन्न पदमा प्रवेश गरेका चेतनाथ आचार्य, गणेश सापकोटा, बिष्णु आचार्य, लक्ष्मी आचार्य जस्ताको भूमिका महत्वपुर्ण रह्यो । यी ब्यक्तिहरूले अस्पताल सम्पन्न बनाउन राम्रो भुमिका खेले । आयुर्वेदिक उपचारद्वारा बिरामीलाई बिश्वास दिलाउँदै गए । एउटा बिरामीको बिश्वास जित्नु भनेको अरू दश बिस बिरामी तानिदै जानु हो ।

यसरी विरामीको संख्याले फटको मार्दै गयो र आयुर्वेद अस्पतालको महत्व कोरोनाले अरू बढायो । त्यहाँ कार्यरत बैद्य बिष्णु आचार्य त करीब दूई बर्ष जत्ती आइसोलेसनमा बसेका बिरामीलाई साँझ बिहान योगा सिकाउने र अस्पतालको आयुर्वेद औषधी बितरण गर्नेमा नै खटिए । लुम्बिनी आयुर्बेद चिकित्सालयले एक्कासी छलाङ मारेर नयाँभवन, नयाँ संरचना र नयाँ ब्यवस्थापनमा आउनुमा ५ नम्बर प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्री सुर्दशन बरालको मुख्य देन छ । उनको कार्यकालमा उनले अस्पताललाई पटक पटक प्रदेशको विकास बजेट पारेका थिए, जसका कारण अस्पताल साँच्चीकै अस्पताल बन्न सफल भएको छ । अहिले उक्त अस्पतालले बिरामी थेग्न सकेको छैन । दैनिक सय भन्दा धेरै बिरामीको धुइरो लाग्ने गरेको छ । त्यति मात्रै होइन अस्पतालमै भर्ना भै उपचार गर्ने बिरामीको चाप उत्तिकै बढदो छ ।

आयुर्वेद अस्पतालमा आउने बिरामी प्रायः गरेर हाडजोर्नी सम्बन्धी जस्तै नशा च्यापीएका, छालामा समस्या भएका, युरिक एसिड भएका, निसन्तान, ग्याष्टिकबाट पिडीत जस्ता रहेको त्यहाँ कार्यरत कबिराज नरहरी अर्याल बताउँछन । अस्पतालमा चहल पहल निकै बढ्दो छ र बिरामीको चाप पनि उत्तिकै छ । माग अनुसारको दरबन्दी उपलब्ध नहँुंदा बिरामीलाई सेवा दिन हम्मेहम्मे परेको अर्याल बताउँछन । अस्पतालमा बिरामीलाई सेवा प्रवाह गर्नेदेखि बिभिन्न क्षेत्र प्रशासन, लेखा ब्यबस्थापन आदी गर्न प्रयाप्तः दरबन्दी नहुँदा गाह्रो परेको अर्याल गुनासो गर्छन । हाल लुम्बिनी चिकित्सालय यति ब्यस्त र ब्यवस्थित बन्दै गएको छ कि बाहिरबाट हेर्दापनि चिटिक्क देखिएको छ ।

अन्य थप निर्माण कार्य पनि भैरहेको छ । साढे सात कठठा जमिनमा रहेको चिकित्सालय तिनाउ नदीको किनारमा रहेकोले अरू रमणिय छ । यस अस्पतालमा बिरामीको आकर्षण अरू बढनुमा राम्रो डाक्टरको दरबन्दी रहेकाले पनि हो भन्छिन लामो समयदेखि त्यहीं कार्यरत लक्ष्मी आचार्य । बमन गराएर उपचार गराउनेदेखि बिरचन पखाला गराएर गर्ने उपचार साथै थेरापी गराइ गर्ने उपचार जस्ता थुप्रै उपचार बिधि हुने हूँदा पनि अरू बिरामीको चाप बढदै गएको बरिष्ठ डाक्टर प्रवेस श्रीवास्तव बताउँछन । बुटवलमा रहेको प्रादेशिक अस्पतालमा पनि बिरामीको धुइरो नभएको होइन । केही बर्षदेखि स्वास्थ्य बिमा लागू भएपछि त अस्पताललाई बिरामी धान्न मुस्किल नै भैरहेको छ ।

प्राइभेट अस्पताल पनि बिरामीको चापमै छन । यहाँ भन्न खोजिएको एलोपैथिक उपचारमा मानिसहरूको जति बिश्वास थियो अहिले आयुर्बैदिक उपचारमा पनि उत्तिकै बिश्वास बढदै गएको पाइएको छ । हो चीरफार, शल्यक्रिया गर्ने कुराहरू, हात खुट्टा प्लास्टर आदी गर्न एलोपेथिक अस्पतालमा भीड लाग्नु स्वभाविक छ । होइन भने ज्वरो, रुघाखोकी, हाडजोर्नी दुख्ने, नशा वा छाला सम्बन्धी समस्या, ग्याष्टीक आदी सबै बिमारमा आयुर्वेद अस्पतालमा मानिसको भीड देखिने गरेको छ । एलोपेथिक औषधिमा मानिसहरूको बिश्वास घटनुमा साइडइफेक्ट धेरै देखिनु हुन सक्छ । आयुर्वेदमा लुकेको शक्ति छ जसले ढिला रिजल्ट दिन्छ तर फाइदा गर्छ भन्ने मान्यता मानीसहरूमा रहेकालेपनि आयुर्वेदप्रति मानिसको आर्कषण बढदो छ । हालै अर्थात यही असार १ गतेदेखि लुम्बिनी आयुर्वेद चिकित्सालयले अस्पतालमै भर्ना नै गरेर उपचार दिन थालेपछि बिरामीलाई अरू राहत मिल्ने भएको छ । अब जतिसक्दो छिटो प्रदेश सरकार वा केन्द्र सरकारले स्थायी वा करारमा भएपनि माग भए अनुसारको दरवन्दी थप गर्न ढिला गर्नु हुँदैन ।

बिरामीको चाप बढनु, स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी नहुनु भनेको बिरामीले राम्रो सँग स्वास्थ्य सेवा नपाउनु हो भन्ने बुझ्नुपर्छ । अर्को कुरा भौतिकरूपमा अस्पताललाई सम्पन्न बनाएर मात्र हँंदैन जनशक्ति छैन भने त्यहाँ केही काम हुन सक्दैन । बिरामीलाई राम्रो सेवा पु¥याएका अनि बिरामीको विश्वास जितेका स्वास्थ्यकर्मीलाई सरकारै पिच्छे राजनीतिक आस्थाका भरमा सरुवा गर्ने चलन छ, यो हुनुहुँदैन । आफै सरुवा मागेपनि सकेसम्म रोक्ने प्रयास गर्नुपर्छ । यो अस्पताललाई व्यवस्थित गर्नेतर्फ सरकारको तिनवटै तह र सम्बन्धित व्यक्तीहरूको बिशेष ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?