ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

सामुदायिक वनको लाखौंको काठ कहाँ गयो ?

२९ श्रावण २०७८, शुक्रबार
२९ श्रावण २०७८, शुक्रबार

अधिकांस वन क्षेत्रको संरक्षणको जिम्मा सामुदायिक वनले पाएपनि सामुदायिकको कार्य सम्पादन बेथिती देखिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित श्रृंङगीघाट सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र भित्रैबाट ९ सय क्यिुफुट बढी साल, असना, कर्मा र कुसुम लगायतका गोलीया काठ रहस्यमय तरिकाले हराएको तथ्य सार्वजनिक भएको छ ।

सव डिभिजन वन कार्यालय मोतिपुरको वन प्राबिधिकको टोलीले प्लटको कटान रजिष्टर र घाट गद्दी रजिष्टर मिलान गर्ने क्रममा ९ सय ३९ दशमलव ४४ क्युफिट काठ हराएको फेला पारेको हो । काठ हराएको घटनाको सुचना सामुदायिक वन उपभोक्ता समितिले लुकाए पनि वन कार्यालयका कर्मचारीले बाहिर ल्याएका हुन् ।

सामुदायिक वन उपभोक्ता समुहको कार्ययोजना अनुसार २०७६ फागुन २३ गते डिभिजन वन कार्यालय कपिलवस्तुले बाणगंगा १, ३, ४ र ५ को वनमा ढलापडा प्लट र वैज्ञानिक वनको प्लटमा कटान मुछानको स्विकृती दिएको थियो । स्विकृती पश्चात सामुदायिक वनको समितिले सम्पुर्ण क्षेत्रको ढलापडा रुखको कटान मुछान गरि गोलिया घाटगद्दी सम्म ल्याउने ठेक्का सामुदायिक वनका आन्तरिक उपभोक्ता बाणगंगा ४ का कृष्णगोपाल कोजुलाई दिएको थियो । त्यसै गरि बैज्ञानिक वनको स्विकृत कार्ययोजना अन्र्तगत सिवानएसवान प्लटको कटान मुछान गरि मधुवनघाममा रहेको घाटगद्दी सम्म ढुवानी गर्ने जिम्मा बाणगंगा ४ कै अर्का आन्तरिक उपभोक्ता गणेश बहादुर सिंह ठकुरीले पाएका थिए ।

स्वीकृती पश्चात ढलापडा रुखतर्फ पुरै वन र वैज्ञानिक वन तर्फ मधुवनघाममा रहेको घाटगद्दी भन्दा ६ किलोमिटर उत्तरमा अर्घाखाचीको सिमाना नजिकैको प्लटमा छपान भएका रुखहरु कटान मुछान गरि गोलिया नाँप जाँच भै रहेको थियो । सोहि क्रममा नेपाल सरकारले ०७७ जेठ १५ गतेको निर्णय अनुसार प्लटभित्र काटिएका रुखहरु जे जस्तो अवस्थामा छन, त्यहि अवस्थामा रहने गरि राख्नका लागी आदेश दियो । आदेश पश्चात काठ ढुवानी गर्ने र नापी मास गर्ने कार्य रोक्किएको थियो । पुनः २०७७ माघ १४ गतेको नेपाल सरकारको निर्णय अनुसार जंगल भित्र नापीमास भएका गोलियाहरु घाटगद्दी सम्म ढुवानी गर्न पाउने आदेश दिईएको थियो । सोही आदेश अनुसार गोलिया ढुवानी गरि घाटगद्दीमा ल्याउने क्रम शूरु भयो । ढुवानीका क्रममा घाटगद्दी रजिष्टर तयार गर्ने बेलामा कटान रजिष्टर र घाट गद्दी रजिष्टर मिलान गर्दा ढलापडा प्लटको ३ सय ६४ दशमलब ७० र वैज्ञनिक वन प्लटको ५ सय ७४ दशमलब ७४ क्युफिट गरि कुल ९ सय ३९ दशमलव ४४ क्युफिट काठ हराएको भेटियो । सरकारले रोक लगाउनु अघि ढलापडा तर्फको कुल १६ हजार ५ सय ९९ दशमलव ८७ हजार क्यिुफुट काठ मध्य ६ हजार क्युफिट काठ मात्रै घाटगद्दी सम्म आई पुगेको थियो । उता बैज्ञानिक वन व्यवस्थापन तर्फको प्लटको २७ हजार ५ सय ८ क्यिुफुट नाप जाँच भएको काठ मध्य १६ हजार क्यु िफिट काठ घाटगद्दीमा पुगेको थियो भने अरु काठ प्लटमै थियो ।

सामुदायिक वनका उपभोक्ताले लुकाउन खोजे पनि वन कर्मचारीले काठ हराएको पत्तो पाए पछि सव डिभिजनले आवश्यक छानविन र कारवाहीका लागी सामुदायिक वन उपभोक्ता समितिलाई निर्देशन दिएको थियो । सो पश्चात समितिकै सचिब कृष्ण पौडेल अध्यक्षतामा वन कर्मचारी सहित ५ सदस्यीय छानबीन समिति बनाएको थियो । समितीले छानबिन पछि काठ हराएको प्रारम्भिक प्रतिबेदन दिए पनि काठ कहाबाट कसरी हरायो उल्लेख गरिएको छैन् भने काठ चोरीमा संलग्नको पहिचान समेत हुन सकेको छैन ।

सव डिभिजन वन कार्यालय मोतिपुरका सहायक वन अधिकृत उमेश कुमार साहले प्लटको कटान रजिष्टर र घाट गद्दी रजिष्टर मिलान गर्ने क्रममा ९ सय ३९ दशमलव ४४ क्युफिट काठ हराएको पुष्टि भएको जनाए । हराएको काठको संरक्षणको जिम्मेवारी सामुदायिक वनको भएको प्रष्ट पार्दै सहायक वन अधिकृत साहले प्रारम्भिक प्रतिवेदनमा ठेकेदार पक्षको कमजोडी देखिएको बताए । “वनको टोलीले काठ हराएको पत्ता नलगाउदाँ सम्म सामुदायिक वनले हामीलाई काठ हराएको बिषय जानकारी दिएको थिएन ।” उनले भने । यता सव डिभिजनले तत्कालै हराउको काठ बापतको राजश्वको न्यूनतम दरको मुल्यका आधारमा हराएको काठको मुल्यांकन ६ लाख ५८ हजार ५ सय २८ रुपैया पचास पैसा कायम गरेको छ । सामुदायिक वनले आफना उपभोक्तालाई बेच्ने न्यूनतम दरको मुल्यका आधारमा हराएको काठको मुल्यांकन गरिए पनि त्यस्को बजार मुल्य तीन गुना बढी छ । हराएको काठमा करिब साढे ८ सय क्युफिट बढि सालकै काठ रहेको छ भने बाकी अन्य काठ छन । हराएको काठकै बजार मुल्य २० लाख बढि हुने काठ व्यवसायी बताउछन । काठ हराएको सुचनाका आधारमा सामुदायिक वनमा छानबिनमा पुग्दा काठ नभेटिएको सामुदायिक वनबाट गठित छानबिन समितीका सदस्य ओम बहादुर जिसिले बताए ।

सामुदायिक वनका पदाधिकारी भने सरकारको नितीका कारण कटान भएको काठ धेरै अबधी सम्म जंगलमा राख्दा सो समस्या निम्तिएको भन्दै उम्कने प्रयासमा छन । छानबिनको नाममा काठ काटन जिम्मा पाएका समुहकै दुई सदस्यलाई काठको मुल्यांकन रकम बापतको साढे ६ लाख जरिवाना गराएर घटना सामसुन पार्न खोजिएको देखिन्छ । आम नागरिकलाई काठ चोरीमा वन ऐन अनुसार कारवाही हुने भए पनि सामुदायिक वनका हकमा समितिको बिधान अनुसार ठेक्का लिएका उपभोक्तालाई न्युन सरकारी रकम जरिवाना तिराएर घटना सामसुम पार्ने नियत देखिनुले सामुदायिक वनमा बेथिती रहेको देखिएको छ ।

यता सरकारले लामो समय वन क्षेत्रबाट काठ उठाउन रोक लगाएका कारण सो समस्या आएको सामुदायिक वनकी अध्यक्ष रेणु सेनले दावी गरिन । काम सम्पन्न गर्न ठेक्का पाएका उपभोक्ताले काम सम्पन्न गर्नु पर्ने अबधी २०७७ जेठ १५ गते सम्म मात्रै भए पनि सो अबधीमा ठेकेदारले २५ प्रतिशत मात्रै काम गरेको उनले जनाईन । ठेकेदारले समयमै काम सम्पन्न नगर्दा र सरकारले काठ ढुवानीमा रोक लगाउदाँ सो समस्या आएको अध्यक्ष सेनको दावी छ । वनमा कटान भएको काठ त सुरक्षा भएन समग्र वनको सुरक्षा कसरी गर्नु हुन्छ भन्ने टुडेकर्मीको प्रशनमा जवाफ दिदै अध्यक्ष सेनले दिनभर हेरालुले कुरे पनि रातको समयमा काठ गायब भएको हुन सक्ने बताईन । घटनामा संलग्नलाई छानबिन पछि कारवाही गरिने उनको स्पष्टोक्ति थियो । “तत्काल ठेकेदारले राखेको १० प्रतिशत धरौटी फिर्ता दिदैनौ र जरिवाना तिराउछौं । छानबिन पछि दोषी देखिएकालाई आवश्यक कारवाही गर्छौ ।

ठेकेदारले समयमै जानकारी नदिएकाले वनलाई समयमै सुचना दिन सकेनौं ।” उनले भनिन । जिल्लाकै धेरै उपभोक्ता र आम्दानी रहेको सो वनमा काठ हराएको बिषयको अनुसन्धानमा वन कार्यालय गम्भिरतापुर्वक लाग्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । घटना सामसुक पार्न खोजिए तपाईंहरुले के गर्नु हुन्छ नि भन्ने प्रश्नमा जवाफ दिदै डिभिजन वन प्रमुख पौडेलले घटनाका दोषीलाई वन ऐन अनुसार कारवाही गरिने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?