ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
लेख रचना

प्रचण्डज्यू– गुमराह त्यागेर किरियाकर्म गर्नोस्

२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

असार २७ गते बुधवारको दिन दुःखद रह्यो । प्रधानमन्त्रीकी प्राणप्यारी अर्धाङ्गिनी सीता दाहालले मृत्युसँग लड्दालड्दै हार खानुभयो र उहाँको शरीरभित्र रहेको आत्मा परमात्मा मिलनको लागि शरीर छोडी हिँड्यो । अनि शरीर चाहिँ पृथ्वी, जल, तेज, वायु, आकाशरूपी पञ्चतत्वमा मिल्नपुग्यो । जतिसुकै क्रान्तिकारी भएपनि यहाँसम्मको कर्म कसैले रोकेर रोकिएन । जुन अवस्थामा जन्म भएको थियो त्यही अवस्थामा नै उहाँ जानुभएको छ । उहाँ आखिरी रित्तै आउनुभएको थियो र रित्तै नै जानुभयो । यो कुरा प्रत्यक्ष नै छ ।

जन्मिएपछि दुःखसाथ मर्न आखिर सबैलाई पर्दोरहेछ । मरण कसैको लागि पनि सुखद हुँदैन । बाँच्न सबै चाहँदा रहेछन् । त्यसैले पनि नेपालीमा एउटा उखान छ– मर्न भन्दा बहुलाउन जाति । यही जन्म मरणको दुःखद भवसागरबाट उम्कनकालागि उपनिषद्हरूले जन्मिएपछि मृत्युपनि हाँसेर हुन सकिने र मृत्यु भएपछि फेरि जन्मनै नपर्ने खालको ब्रह्मविद्या सिकाएका छन् ।

हुन त हजुरले यो भन्दा पहिले अहिलेको भन्दापनि भयावह मृत्यु देखिसक्नु भएको छ । हजुरहरूले प्रविधिलाई ठूलो मानेर वैज्ञानिकताका कुरा गर्दागर्दै समय विताउनुभयो तर छोरा प्रकाश त्यत्रात्यत्रा अस्पतालका नजिक हुँदापनि बाँच्न सकेनन् । छोरीको पनि त्यस्तै अवस्था हुनगयो । त्यसैले गहिरिएर विचार गर्दा मृत्यु कतिखेर आउँछ पत्तो हुँदो रहेनछ । हुने कुरा भईगयो । अब सम्झिँदैमा पनि कोही फर्केर आउनेवाला छैन ।

त्यसले त झनै पीडाको महसुस गराउँछ । हुन त यसो हजुरको प्रकृति देख्दा त कोमल मनकै हुनुहुन्छ जस्तो लाग्छ । कतिपटक द्वन्द्वकालमा मरेका मानिसहरू सम्झेर रोएँ पनि भन्नुहुन्छ । हुनपनि आखिर तीतो सत्य हजुरलाई थाहा नै छ– त्यो द्वन्द्वकालमा कति धेरै नेपालीहरूले अकालमै जीवन टुङ्गाउनु प¥यो । उनीहरू त गए गए तर उनीहरूका आफन्तहरू जो उनीहरूमै आश्रित थिए तिनीहरू कति भोकले र शोकले तड्पेर जीवन विताउनु प¥यो । देवघाटमा बर्दियाबाट आएर एउटा परिवार बसेको छ – उहाँहरूका नेपाली सेनामा जागिरे रहेका दुइवटै छोरा मारिएका रे । सुन्दापनि सिरिङ्ग लाग्छ । ती आमालाई देख्दा यति धेरै पीडाको महसुस हुन्छ कि त्यो कसरी बताऊँ ।

यस्ता घटना परिघटना त कति छन् कति । तर यी गएका कुरा गए गए । तपाइँपनि सकारात्मक परिवर्तनका लागि जङ्गल जानुभएकै हो । पहिले पहिले जाँडका घैटा फालेर र घाँटीका टाइ काटेर सुरु भएको त्यो सकारात्मक आन्दोलनले पछि आफै जाँडका घैँटा पेटमा हाल्ने र गोठका पुजित गाई काट्नेसम्मको काम गरेकै हुन् । कता कता अब के के हुने हो भन्ने बेलामा शान्ति प्रकृयाबाट तपाइँहरू सत्तामा आइपुगेपछि मात्र जनताले द्वन्द्वबाट मुक्ति पाए ।

द्वन्द्वकालमा त्यतिविघ्न अत्याचारमा परेतापनि ती टुहुरा बालकहरू, विधवा नारीहरू एवम् छोराछोरी काखैबाट छिनिन पुगेका मातापिताहरू, एकाध नेपाललाई द्वन्द्वको चपेटामा पारेर फाइदा लिनेको लहलहैमा लागेका बाहेक तपाइँको विरोधमा उत्रेर तपाइँलाई गाली सम्मपनि गरेनन् । किनकि उनीहरू तपाइँबाट सकारात्मक परिवर्तनको आशामा थिए । उनीहरूको रगतपनि नेपाली थियो ।

जसले उग्रवाद र पख्लास् जानेकै थिएन । जानेको थियो त केवल क्षमा नै ठूलो धर्म हो । सायद यो खालको युद्ध अरू देशमा भएको भए एक अर्कामा मारामार हुँदै के सम्महुन्थ्यो त्यो नजिकैका देशहरूको अध्ययनले पनि देख्न सकिन्छ । त्यसैले तपाइँले विभिन्न नारा दिएर जङ्गल पस्दा ताकाका वचनहरू कत्तिको पूरा गर्नुभएको छ, आफ्नै अन्तरआत्मालाई सोध्नुहोला । अनि तपाइँको जिम्मेवारी के कति बाँकी छ त्यो पनि आफैलाई पटकपटक सोध्नुहोला ।

प्रसङ्गतिरै लागौँ । आमा उत्तरायणकै समयमा जानुभयो । माथि नै भनिसकियो– पीडा अत्यन्तै भयो । हाम्रो वैदिक धर्म सभ्यताले एउटै रथका पाङ्ग्रा मान्ने र सातजन्मसम्म पनि नाता रहिरहने हुन्छ भन्छ । त्यसैलेपनि प्राचीनकालदेखि नै सन्तानरहित अवस्थामा बाहेक पुरुषले पत्नी वियोगपछि विवाह गर्न पाइँदैनथ्यो, विधुर बस्नुपथ्र्यो भने महिलाहरू सन्तान हुर्किसकेका भए आफ्नो पतिव्रत धर्मको योगबलद्वारा प्राण त्याग गरी सति जाने प्रचलन थियो । पछि बुझाई कम भयो । शास्त्रहरूको गहिरो अध्ययन भन्दापनि उही मनगढन्ते तालले आफु अनुसार आफ्नो फाइदाको लागि शास्त्रको अर्थ गर्न थालियो । त्यस किसिमका एउटै शरीरका दुई भागका अङ्ग जो जीवनका हरेक कार्यमा एकाकारको मान्यता राखी शास्त्र चिन्तन गर्थे । त्यस्तो संयुक्त शरीर भइने विवाहलाई मोजमजाक र कामवासनाको रूपमामात्र हेरियो । के के भयो भयो । तपाइँको पनि रगत वैदिक सभ्यताको नै भएकोले भरखरको वियोगको स्थितिमा यस किसिमको अनुभव पक्कै गर्नुभयो पनि ।

अब आमा गईसकेपछिको समयमा गरिने १३ दिने कर्म पनि अत्यन्तै वैज्ञानिक छन् । यी कर्महरू तपाइँहरूले प्रचार गरेजस्तो कुनै पण्डितको भुँडी भर्न बनाइएका चिज होइनन् । यी त हाम्रा ऋषिमुनीहरूले वर्सौँ पछिको अध्ययन÷अनुसन्धान पछि ल्याएका कर्महरू हुन् । अब शरीर छोडेर गएको आत्मालाई यो ब्रह्माण्डको चरम बिन्दुतर्फ हिँडाउनका लागि तयारी गराइने कार्य १२ दिनसम्म चलाइन्छ ।

हाम्रा शास्त्रहरूले १२ दिनसम्मको त्यो प्रेतरूपी वस्तुलाई शुद्धिकरणका लागि वैदिक वैज्ञानिक विधि अपनाएका छन् । १२ दिनको सपिण्डीकरणपछि त्यो प्रेततत्वबाट पितृतत्वमा प्रवेशका लागि एक वर्षको यात्रा वायु स्वरूपमा गर्नेछ । एकवर्षपछिको वार्षिक श्राद्धपछि वसु स्वरूप भई पितृलोकमा प्रवेश गर्नेछ । त्यसको कर्म अनुसारको पितृलोक निवास, पुनर्जन्म वा मुक्तिपनि यस्तै गहिरो प्रक्रिया छ । तपाइँ त एउटा आधुनिक विज्ञानको पनि साधक भएकाले यी कुरा सजिलै बुझ्न सक्नुहुन्छ । तपाइँ हाम्रो दिमागले बनाएको संविधानको पुस्तिका बनाउन त कत्रो वर्ष लाग्यो भने यस किसिमका विधि बनाउन हाम्रा ऋषिमुनीहरूलाई कत्रो वर्षको अध्ययन गर्नुपर्यो होला ।

श्रद्धा र भक्तिले गहिरो अध्ययनन गरी यी कुरा बुझ्न नसकिने हुन्छन् । तपाइँहरूले यस्ता वैज्ञानिक कुराहरू बुझ्दै नबुझी नयाँ हुने नाममा विरोध मात्र गर्नुभयो । तर मैले फेरि पनि भने कि यी कुनै मनगढन्ते पेटारे शिक्षा होइनन् । यी त देखिने हार्डवेयर नभई नदेखिने सफ्टवेयरका कुराहरू हुन् ।

अतः अन्त्यमा आमाको पनि यही किसिमले अन्त्य कर्म गराई दिनुहोस् । तपाइँले मुठी कसेर आमालाई विदा दिनुभयो । त्यो मुठ्ठी कसाई भित्रका पाँचवटा औँलाले पनि पञ्च तत्वकै प्रतिनिधित्व गर्दछन् । पञ्चतत्व मिलेर शरीर बनेको छ । ब्रह्माण्ड बनेको छ । त्यसैले एकाकार रूपमा रहेको त्यो तत्वलाई बुझी वैदिक संस्कार अनुरूपको क्रियाकर्मबाट आमालाई मुक्ति दिनुहोस् । ती तमाम आमाहरू हामी बाहरूले गल्ती गर्दा मुकदर्शक भएर बसे । ती गान्धारी, मन्दोदरी, कयाधु उनै आमाहरू हुन् जो बाहरूले गल्ती गर्दा पनि बाहरूकै लागि जीवन अर्पण गरे ।

सतित्वले पतिहरूको रक्षा गरे तर उनीहरूको अपमान गरेनन् । त्यसैले तपाइँकी सहधर्मिणी सीता आमापनि उनीहरू जस्तै शक्तिशाली नभएपनि वात्सल्यमयी आमा हुन् । जसले आफ्ना सन्तानहरूका पीडामा गान्धारीले जस्तै सहेर बस्न नसकेरै प्राणत्याग गरिन् । तपाइँको जस्तोसुकै कार्यलाई पनि साथ दिइन् । तपाइँ अहिले दुःखमा हुनुहुन्छ । दुःखमा भएका मानिसलाई धेरै कुरो केही नभनौँ । तर पनि हामीपनि देशको जिम्मेवार नागरिक भएको र हजुर हाम्रो प्रधानमन्त्री भएकाले हामीलाई यति भन्ने अधिकार पक्कै छ जस्तो लाग्छ ।

हुन त तपाइँलाई पनि आफ्ना गफले तिरिमिरी पारेर पेट पाल्नेहरू बेलाबेलामा तपाइँलाई हामीले सम्झाएका कुराहरूलाई लिएर तपाइँको लङ्गौटी बन्ने प्रयास गर्छन् । सायद तपाइँपनि त्यस्तै धूर्तहरूको गुमराहमा पर्दा विचलित भइरहनुभएको छ जस्तो लाग्छ । त्यसैले त्यो गुमराहबाट निक्लेर आमाको १३ दिनपछिको कर्मपछि तपाइँ ती द्वन्द्वकालका पीडितहरूको अभिभावक भएर यसरी देश सेवामा लाग्नोस् कि हामीले तपाइँलाई वाल्मीकिको रूपमा मान्न सकौँ । अन्त्यमा माता सीताको वियोगबाट शोक सन्तप्त तपाइँसहित परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै देहविमुक्त आत्माको ब्रह्मसायुज्य गतिका लागि माता मौलाकालिकासँग प्रार्थना गर्दछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?