ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

रोजगारीले स्कुल चिरिच्याट्ट

१२ श्रावण २०७८, मंगलवार
१२ श्रावण २०७८, मंगलवार

प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमको प्रभावकारीताका बारे प्रायः प्रश्न उठ्ने गरेको छ । दुवै कार्यक्रममा रोजगारीका नाममा झाराटार्ने काम गरेर बजेट सकेको आरोप लाग्ने गरेको छ । तर कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाले रोजगार कार्यक्रमको समन्जस्यता गर्दै नगरका १२ वटा बिद्यालय रंगरोगन गराएको छ ।

संघ, प्रदेश र स्थानिय तहको लागत साझेदारीमा प्रभावकारी कार्य गर्दै बर्षो देखी रंगरोगन हुन नपाएका बिद्यालयहरुमा रंगरोगन गराई चिरिच्याट्ट पारिएको छ । कपिलवस्तु नगरपालिकाको रोजगार सेवा केन्द्रको अगुवाईमा गरिएको सो कार्य अन्य पालिकाको लागी समेत उदाहरण बन्न सक्ने देखिन्छ ।

कोरोना संक्रमणको लकडाउनकै बिचमा संघ, प्रदेश र नगरको लागत साझेदारीमा नगरका १२ वटै वडाका १÷१ वटा बिद्यालय पुर्ण रुपमा रंगरोगन गरि आकर्षक बनाईएको हो । बजेटको सदुपयोग गरी बेरोजगारलाई सिप, रोजगारी दिनुका साथै कम बजेटमा प्रभावकारी काम गर्न सकिन्छ भन्ने रंगरोगनको योजनाले प्रष्ट्याएको छ । सो योजना पुरा गर्दा मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्र्तगत नगर क्षेत्रका बेरोजगार सुचिका १ सय जनालाई पेन्टिङ्गको तालिम दिईएको थियो । सो पश्चात नगरले लागत साझेदारीका लागि रंगरोगनका लागी आवश्यक पर्ने रंग र सामाग्रीहरु उपलब्ध गराएको थियो भने प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत तालिम गरेका बेरोजगार जनशक्तिलाई दैनिक ज्याला उपलब्ध गराईको थियो । बिद्यालयमा सरकारको सार्वजनिक भवनहरुमा प्रयोग हुने रंग सम्बन्धि निर्देशिकाले तोके बमोजिमको रंगरोगन गरि सुन्दर र आकर्षक बनाईएको हो । तिन तहकै सरकारको समन्वयमा रोजगार सम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने उदेश्यले गरिएको रंगरोगनले बिद्यालय आकर्षक देखिएको कपिलवस्तु नगरपालिका वडा नम्बर २ सेमरहवाको श्रीराम जानकी आधारभुत प्रा.बिका प्रधानाध्यापक रामबृक्ष पासीले बताए ।

रंगरोगन योजना अन्र्तगत कपिलवस्तु नगरपालिकाको वडा नम्बर १ को रत्नराज्य लक्ष्मी माबि, वडा नम्बर २ को राम जानकी आधारभुत बिद्यालय सेमरहवा, वडा नम्बर ३ को यशोधरा माबि, वडा नम्बर ४ को सुन्दर आधारभुत बिद्यालय मालपारा, वडा नम्बर ५ को कोटिग्राम माबि गोटिहवा र वडा नम्बर ६ को महेन्द्र आधारभुत बिद्यालय ठुलो सेमरीको रंगरोगन सम्पन्न गरिएको छ । त्यसै गरि वडा नम्बर ७ को नारायण प्राबि हरिहरपुर, वडा नम्बर ८ को जन कल्याण प्राबि कचरिहवा, वडा नम्बर ९ को कनकमुनी माबि श्रीनगर, वडा नम्बर १० को आधारभुत बिद्यालय कटुवा, वडा नम्बर ११ को सितलाबक्स माबि रेहरा र वडा नम्बर १२ को कालिका जन माबि सौरहामा रंगरोगन पुरा गरिएको हो । रोजगार कार्यक्रम अन्र्तगत सिप सिक्नुका साथै योजना अन्र्तगत श्रमको पारिश्रमिक पाउदाँ खुसी लागेको रोजगारी सिकेकी कपिलवस्तु नगरपालिका वडा नम्बर ९ श्रीनगरकी माया महतोले बताईन । उनी सहित करिब २५ जना महिलाले रंगरोगन गर्न सिकेर त्यसैलाई आजआर्जनको लागी उपयोग गर्ने योजना बनाएको उनले प्रष्ट्याईन । बैदेशिक रोजगारीमा मलेसिया गई फर्किएका कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदिशपुरका नवराज भट्टराईले आफ्नै गाँउ ठाँउमा सिप र रोजगारी पाउदाँ खुसी लागेको बताए । “बिदेशमा धेरै मेहनत गरेर कमाउनु भन्दा यहि सिप सिकेर आयआर्जन गर्न सकिदो रहेछ । रंगरोगन गर्ने सिप सिकेर यहि बसेर काम गर्ने सोच बनाएको छु ।” भट्टराईले भने ।

मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्र्तगत १ सय जना बेरोजगारलाई सिपमुलक तालिम दिन र प्रति व्यक्ति ५ हजार दरले सामाग्री उपलब्ध गराउन १० लाख बजेट थियो । सो बजेटले १ सय जना बेरोजगार छनौट गरि रंगरोगनको तालिम दिईएको थियो । सो पश्चात उनीहरुलाई रंगरोगनमा प्रयोग गर्न आवश्यक पर्ने साहायता सामाग्रीहरु रोलर, हेल्मेट, चश्मा, ड्रेस, बुट, पन्जा, तार ब्रस आदी दिईएको थियो । त्यसै गरि प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ बेरोजगारलाई दैनिक ५ सय १७ रुपैयाले हुन आउने ज्याला बापतको रकमका लागी ३० लाख रुपैया स्विकृत कार्यक्रम अन्र्तगत बिनीयोजन भएको थियो ।

सोही कार्यक्रममा लागत सहभागीताका लागी कपिलवस्तु नगरपालिकाले १९ लाख ६० हजार बिनीयोजन गरेको थियो । १२ बिद्यालयमा तोकिएको रंगरोगनको कार्य सम्पन्न गर्दा ज्याला र सामाग्री गरि कुल ४७ लाख २६ हजार ७ सय ३६ रुपैया खर्च भएको छ । ज्यालाको रकम दिदा तालिम पश्चात प्रशिक्षीत जनशक्तिलाई अदक्ष कामदार सरह नै दिईको छ । सम्पन्न गरिएको रंगरोगनमा २६ हजार ६९ धनमिटर पर्खालमा र ३ हजार ५७ धनमिटर ढोका र झ्यालमा पेन्ट गरिएको कपिलवस्तु नगरपालिकाको रोजगार सेवा केन्द्रका ईन्जिनियर संदिप कहाँरले जानकारी दिए । “बिद्यालयमा गरिएको रंगरोगनका लागी जिल्ला दररेट अनुसार सवा ६५ लाख खर्च हुने अवस्था थियो तर योजना अन्र्तगत सवा ४७ लाखमै काम सम्पन्न हुदाँ करिब १६ लाख रुपैयाको बजेट बचत भएको छ ।” उनले भने ।

सरकारका तिनै तह बिचको कार्यक्रममा समन्जस्यता गराउन सकिए कम लागतमै उपयोगी काम गर्न सकिने योजनाले प्रष्टिएको नगरपालिकाका रोजगार संयोजक सुरेश बरालीले बताए । “रोजगारका कार्यक्रमको प्रभावकारितामा सबै र सधै जसो प्रश्न उठ्दै आएका थिए । त्यसैले तिन तहका योजनामा समन्जस्यता कायम गरि रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन बिद्यालय रंगरोगनको योजना बनाई सम्पन्न ग¥यौं ।” रोजगार संयोजक बरालीले भने । दुई तहको रोजगारको कार्यक्रममा स्थानिय तहको लागत साझेदारीले थप प्रभावकारी र उपलब्धीमुलक बन्न सकेको उनको बुझाई छ । सबै योजना र कार्यक्रम बिच समन्वय गर्न सकिए थोरै लगानीबाट पनि बढि प्रतिफल लिन सकिन्छ भन्ने उदाहरण रोजगार सम्बन्धि कार्यक्रमले दिएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । यस्ता योजनालाई आगामी दिनमा समेत प्राथमिकता दिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?