ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

रुपन्देहीमा पहिलो पटक पशुविज्ञानमा डिप्लोमा पढाई , जेटीए नीजीमा भन्दा ४ गुणा सस्तो

१० श्रावण २०७५, बिहीबार
१० श्रावण २०७५, बिहीबार

रुपन्देहीमा पहिलो पटक डिप्लोमा लेवलमा पशु विज्ञानको पढाई हुने भएको छ । सिटीईभिटीबाट सम्बन्धन लिएर रुपन्देहीको सियारी गाउँपालिका ७ अमवा बजारमा रहेका जनता माध्यामिक विद्यालयले आईएस्सीमा पशु विज्ञानको कक्षा सञ्चालन गर्न लागेको हो ।
यस अघि सामुदायिक विद्यालयमा प्राविधिकि शिक्षा (टिईसिएस) अन्र्तगत कृषि जेटीएर र भेटनरी जेटिएको कक्षाा सञ्चालन गरेको विद्यालय डिप्लोमा लेवलमा रुपन्देहीमा पहिलो पटक भेटनरी पढाउन लागेको हो ।
विद्यालयका प्रधानाध्यापक ऋषिराम घिमिरेले डिप्लोमा पशु विज्ञानको तयारी सबै पुरा भई अहिले भर्ना कार्यक्रम जारी रहेको जानकारी दिए । यहि साउन १५ गते सम्म अन्तीम फारम बुझाउने म्याद रहेको छ भने साउन १९ गते शनिवार प्रवेश परिक्षा रहेको छ ।
वि.स. २०२४ सालमा स्थापना भएको विद्यालयले २०६९ सालमा टिएसएलसी लेवलको भेटनरी जेटिए र २०६१ सालमा कृषि जेटिए सञ्चालन गर्दै आएको छ । डिप्लोमा लेवलमा ४० जना विद्यार्थी मात्रै अध्यायपन गराउने कोटा अनुसार विद्यार्थीहरु भर्ना गरी सञ्चालन गरिने प्रधानाध्यापक घिमिरे बताउँछन् ।
उनका अनुसार यसको लागि ५ वटा आधुनिक ल्याब समेत निर्माण सम्पन्न गरिएको छ। केमेष्ट्रि, फिजिक्स, बायोलोजी, प्लान्ट लगायतका प्रयोगशाला निर्माण भैसकेका छन्, भने पुस्तकालयमा पनि प्राप्त मात्रमा पुस्तकहरुको व्यवस्था गरिसकेको छ ।
डिप्लोमा कक्षा सञ्चालन गर्न सकिने प्राप्त पुर्वाधार भएकै कारण सिटीईभिटीले सम्बन्धन प्रदान गरेको हो । टिएसएलसीका दुई वट ट्रेड(कृषि र पशु) सरकारी स्वामित्वमा सञ्चालन गर्दै आएको विद्यालयले डिप्लोमा लेवलको कक्षा भने नीजी स्वामित्वमा सञ्चालन गर्न लागेको छ । प्रध्यानाध्यापक घिमिरेका अनुसार अझै शुल्क निर्धारण नगरिएको भएपनि ३ बर्षको करिव १ लाख ८० हजार रुपैयाँ लाग्न सक्ने बताउछन् ।
पछिल्लो समयमा कृषि र भेटनरी जेटिएको माग अत्याधिक भएको कारणयसमा विद्यार्थीहरुको भविश्य पनि राम्रो रहेको प्रधानाध्यापक बताँछन् । उनी भन्छन्–“हाम्रो पढेर गएको विद्याथी बेरोजागर बस्न परेको छैन । ’
विद्यालयको स्वामित्वमा रहेको ७ विघा जग्गामा २ विघा कृषि कार्यको लागि प्रयोगात्मक कार्यमा प्रयोग भएको छ । भने अन्य जग्गा अन्य कार्यमा उपभोग भैरहेको छ । विद्यालयले आफ्नै गाईको गोठ निर्माण गरेको छ । जसमा गाई २ वटा छन्, भैसी छ । माछा पोखरी समेत विद्यालयले निर्माण गरेको छ । यस्तै मौरी पालन पनि गरिदै आएको छ । बाख्रा फर्म पनि छ जसमा १२ वटा जती बाख्रा छन् । चरा प्रजातीको टर्की पनि विद्यालये पालन गरेको छ । जसमा विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास गर्दै आएका छन् ।
प्रध्यानाध्यापक भन्छन्–‘विद्यार्थीहरुले २ विघा क्षेत्रफलमा कृषि अन्र्तगत तरकारी, खाद्यान्न बाली लगाउदै आएका छन् , जसलाई बेचर विद्यार्थीहरुले नै आम्दानी गर्दै आएका छन् । खासगरी घरमा चाहिने तरकारीको आधा भन्दा बढि विद्यार्थीहरुले नै उत्पादन गरेको खपत हुने गरेको छ । ’ डिप्लोमा कक्षा सुरुगरे पछि व्यवसायीक रुपमा तरकारी र खाद्यान्न उत्पादन गरिने विद्यालय सोँच बनाएको छ । जसबाट आएको आम्दानीको अधिकतम् प्रतिशत विद्यार्थीलाई र केही प्रतिशत विद्यालले राख्ने छ । जसको लागि जग्गा भाडामा लिएर उक्त कार्य अगाडी बढाउने विद्यालयले जनाएको छ ।
विद्यालयमा पश्चिममा दार्चुला जिल्ला देखि पश्चिममा शोलुखुम्बु जिल्ला सम्मका विद्यार्थीहरुले आएर विद्यालयमा टिएसएलसी लेवल पढ्दै आएका छन् । विद्यालयमा करिव २८ जिल्लाका विद्यार्थीहरुको जमगठ ।
विद्यार्थीहरुले बेला बेलामा विभिन्न शिविर हरु समेत सञ्चालन गर्दै आएका छन् । बेला बेलामा कृषि क्षेत्रका जेटिए विद्यार्थीहरुले माटो परिक्षण, विरुवा परिक्षण लगायतका शिविर सञ्चालन निशुल्क गर्दै आएका छन् भने भेटनरी तर्फका विद्यार्थीहरुले खोप अभियान सञ्चालन देखि लिएर पशुमा कृत्रिम गर्भाधान(एआई) समेत प्राविधिकको सल्लाहमा निःशुल्क गराउदै आएका छन् । किसानहरुले केही समस्या प¥यो भने विद्यालयमा आएर सल्ला सुझाव लिनुको साथै सेवा र परामर्स लिदै आएका छन् ।
प्राविधिक कार्यक्रम संयोजक हंसराज चौधरीका अनुसार डिप्लोमा लेवलको कक्षाको लागि ९ जना शिक्षकहरु थप्ने योजना रहेको छ । जुन पहिलो बर्षको लागि हो भने दोस्रो बर्षको लागि थप ४ जना शिक्षकहरु राख्ने योजना विद्यालयले जनाएको छ ।
विद्यालयले कृषि संग प्रधानमन्त्री कार्यक्रम अन्र्तगत नेपाल सरकारले १० लाख रुपैया अनुदान समेत विद्यालयलाई दिएको थियो । जसबाट विद्यालयले प्राविधिक धारको शिक्षाका विभिन्न भौतिक पुर्वाधार निर्माणमा खर्च गरेको छ ।
अन्य नीजि ईन्च्युटहरुमा भन्दा विद्यालय शुल्क पनि न्युन लिदै आएको छ । नीजि प्राविधिक शिक्षालयहरु मा कृषि र पशु जेटिएको करिव १ लाख २५ हजार रुपैयाँ लिदै आएकोमा जनता माविले जम्मा ३२ हजार रुपैयाँ मात्रै लिदै आएको छ ।
भेटनरी प्रशिक्षक विजय खनालका अनुसार विद्यार्थीहरु पुर्णरुपमा प्रयोगात्मक कक्षा सञ्चालन गरिदै आएको छ । जसले विद्यार्थीले फिल्डमा काम गर्दा समेत सहज हुने गरेको छ । यस्तै विद्यालयका कृषि प्रशिक्षक सुमित भुषालका अनुसार विद्यालयले गरेका कार्यहरु नमुनाको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?