ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
विचार

साउनमा हरियो चुरा

हरियो चुरा र मेहेन्दी हाम्रो संस्कार होईन । पहिले यो चलन थिएन । अहिले आएर फेसनको रुपमा परिणत भएको हो । फेसनलाई अँगाल्दै जाँदा मौलिकता ओझेलमा पर्न सक्छ । पहिले साउनमा लुतो फाल्ने चलन थियो तर आजकल कसैले गरेको देखिदैन । आजकलका युवाहरू फेसनमा बढी आकर्षित हुन थालेकाले पहिचानहरु मेटिदै जान सक्ने सम्भावना देखिन्छ ।
२४ असार २०८०, आईतवार
२४ असार २०८०, आईतवार

असार सकिनै लागेको छ । बजारमा हरियो चुरा र मेहेन्दीहरु भारतबाट आउन सुरु भईसकेको छ । साउन महिना लाग्न नपाउँदै धेरैजसो महिलाहरु हरियो पोशाक, हरियो चुरा र मेहंन्दी लगाएर टिकटक बनाउन आतुर भईसकेका छन् । अन्य समयमा यस्ता सामग्रीहरु लगाउन खासै महत्व नदिनेहरु पनि साउन महिनामा भने विशेष महत्वका साथ हरियो चुरा, मेहन्दी तथा पहिरन लगाउन चासो देखाउने गरेको देखिन्छ । हरियो महिनाको रुपमा मानिने साउनलाई व्यापारीहरुको व्यापार हुने बताउँछन् । अन्य महिनामा भन्दा साउनको महिनामा अन्य श्रृंगारका सामग्रीसंगै हरियो चुरा निकै बिक्ने गर्छ । हिन्दु मान्यता अनुसार नेपाली समाजमा विवाहित महिलाले साउनको महिनामा हरियो पोतेसंगै हरियो चुरा लगाउनु पर्ने प्रचलन रहेको छ । अन्य समयमा इच्छा अनुसारको रंगको चुरा लगाउने प्रचलन रहे पनि साउनको महिनामा भने हरियो चुरा लगाउनु पर्ने फेसन नै चलेको छ ।

साउन महिनामा हरियो चुरा विवाहित वा अविवाहित दुवैले लगाउने गर्छन् । साउन महिनामा हरियो चुरा, मेहेन्दी र हरियो पोशाक लगाईएन भने ठूलै अपराध गरियो कि झै सोचेर वर्षैपिच्छे नयाँ किनेर लगाउनेहरुको कमी देखिदैन । साउन महिनाभरी लगाएको चुरा अर्काेपटक लगाउनु हुँदैन अरे भन्नेको पछि लाग्नेहरुको पनि कमी देखिदैन । उहिलेका हिन्दु संस्कार मान्ने हजुरआमाहरुले पनि साउनमा हरियो चुरा लगाएको थाहा पाईएन । श्रावण महिनामा ब्रत बस्ने, हरियो चुरा तथा मेहन्दी लगाउने चलन नभएको वृद्धाहरुको दाबी छ । अहिले पनि कत्तिपय ग्रामीण भेगका महिलाहरुले श्रावण महिनालाई खासै महत्वका साथ लिने गरेको पाइँदैन तर शहरी भेगहरुमा भने यो क्रम दिनप्रतिदिन बढ्दो छ ।

धार्मिक विश्वास एकातिर छ भने अर्काेतिर नयाँ परिवेश र नौलो शैली फेसन बन्दै गएको छ । तर मेहेन्दी भने हाम्रा आमा र हजुरआमाका पालामा तिउरी भनिने हरिया साना पात गरेको रुखबाट टिपेर पिसेर धान रोप्दा हिलोले खाएको ठाउँ वा हातखुट्टाका कापकापमा लगाउने चलन रहेको थियो । जसले दबाइको काम गर्ने र केही दिन लगाउँदा घाउ निको पनि हुने भएकाले यो गरेको भनिन्छ । अहिले यो सबै नभएर जसले हिलो देखेको र छोएको पनि छैन उसैले फेसनका रुपमा मेहेन्दी र हरिया चुरा लगाएर बसेको देखिन्छ । यहाँ हरिया चुरा लगाउनै हुँदैन भनेर विरोध गर्न खोजेको होइन तर हामी नेपाली महिलाहरु आफ्नो काम, कर्तव्य र अधिकार के हो भन्ने भन्दा पनि कसैले कागले कान लग्यो भन्दा आफ्नो कान छाम्नुको सट्टा कागकै पछि दौडेजस्ता भएको देखिन्छ । साउनको हरियो चुरा महिलाहरुले अनिवार्य लगाउनैपर्ने बाध्यता भएजस्तै आफ्ना साना नानीहरुलाई आमाहरुले चुराले सजाइ दिएका हुन्छन् । उनीहरुको स्वास्थ्यमा ख्याल राख्ने बखतमा बच्चादेखि नै चुरा लगाईदिने रहरले गर्दा दुर्घटना पनि बेहोर्नुपरेको खवर बेला बेलामा आईरहन्छ ।

अर्को कुरा स्कुल जाने सानासाना नानीहरु घरमा आमाले लगाइदिएका चुरामा घुमिरहेका हुन्छन् अनि ती सिसाका चुरा फुटेर बालिकाहरुको हात काट्ने उत्ती खतरा रहन्छ र उस्तै परे टिटानस हुने डर हुन्छ । आमाहरुले छोरीहरुलाई नक्कली बनाउने होइन कि निडर अनि भविष्यमा पुरुषभन्दा हिम्मतिलो हुने खालको वातावरण दिएर हुर्काउनु पर्छ । साउनमा हरियो चुरा, मेहेन्दी र हरियो पोशाक लगाउने फेसन निकै बढिरहेको छ । धार्मिकतामा भन्दा पनि अरुको देखासिखीमा तछाड मछाड गरिरहेको देखिन्छ । फलानाको श्रीमतीले महँगो चुरा लगाईन् त्यो भन्दा महँगो मैले लगाउँछु भन्ने जस्ता प्रतिष्पर्धा बढेको देखिएको छ । त्यसले गर्दा धेरै महिलाहरु डिप्रेसनमा जानसक्ने केही बुद्धिजीवीहरु बताउँछन् । शास्त्रमा हरियो चुरा लगाउनुपर्ने नभेटिएपनि धेरै महिलाहरु अन्धविश्वासको पछाडि लागेको पाईएको छ ।

हरियो चुरा र मेहेन्दी भारतबाट आयात हुने गर्दछ । जसले गर्दा नेपालको पैसा विदेश जाने हुनाले नेपालको अर्थतन्त्रमा सुधार कहिल्यै हुनेछैन । एक महिना हरियो सामग्री लगाउँदैमा केही हुनेवाला पनि छैन । केही समययता भने सामाजिक सञ्जालमा ‘नो हरियो चुरा, नो मेहेन्दी’ अभियान चलिरहेको देखिन्छ । सो अभियानका अभियानकर्ताका अनुसार साउनमा हरियो चुरा र मेहेन्दी हाम्रो संस्कार होईन । पहिले यो चलन थिएन । अहिले आएर फेसनको रुपमा परिणत भएको हो । फेसनलाई अँगाल्दै जाँदा मौलिकता ओझेलमा पर्न सक्छ । पहिले साउनमा लुतो फाल्ने चलन थियो तर आजकल कसैले गरेको देखिदैन । आजकलका युवाहरू फेसनमा बढी आकर्षित हुन थालेकाले पहिचानहरु मेटिदै जान सक्ने सम्भावना देखिन्छ ।

लेखक, बुटवल–११ बुद्धनगर निबासी हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?