ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
लेख रचना

कांग्रेसको बुटवल क्षेत्रीय भेला विवादले ल्याएको तरंग

२४ असार २०८०, आईतवार
२४ असार २०८०, आईतवार

लामो समयपछि नेपाली कांग्रेस बुटवल क्षेत्र नं. २ ले क्षेत्रीय सम्मेलन राखेको थियो । प्रमुख अतिथिमा केन्द्रिय सहमहामन्त्री जीवन परियारलाई बोलाइएको थियो । असारको आधाआधी अनि मुसलधारे पानी रातीदेखि नै परिरहेको थियो ।

कार्यकर्ताहरूको उपस्थिती होला कि नहोला अनि कार्यक्रम हुने हो कि होइन भन्ने लागिरहेको थियो । यस्तै शंका हुँदाहुँदै पनि घर नजिकै कार्यक्रमको स्थान निश्चित भएकाले लगाएको लुगा माथि सार्दै छाता ओढेर कार्यक्रम स्थल पुग्दा बाक्लो उपस्थिती थियो । यो देखेर लाग्यो लामो समयदेखि कहीँ कतै हिँडन नपाएका कार्यकर्ताले जाँगर देखाएछन । हुन त नेपाली कांग्रेस पाटीलाई धनीहरूको पार्टी भन्ने गर्छन ।

पार्टी प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रम बाहिर ठूलै मानिसको बिहे भोजमा जस्तो रमझम र पार्किङ स्थलमा धेरै नै गाडीहरू देख्न सकिन्थ्यो । नेकाका ठूला महामहिमहरू सबैको चित्त बुझाउनुपर्ने, करिब आधा घण्टा लगाएर आसन ग्रहण गराइएको थियो । स्वागत मन्तव्य कार्यक्रम उद्घाटन लगत्तै तिलोत्तमा नपाका मेयर तथा नेकाका रूपन्देही जिल्ला सभापति रामकृष्ण खांडले आफू ब्यस्त रहेको बताउँदै शुरुमै बोल्न मागेका थिए । उनले निकै आदर्श छाँटेर पार्टीप्रति चिन्ता देखाएर भाषण सकेका थिए ।

सबैलाई जय नेपाल गर्दै उनी बाहिरिए लगत्तै कार्यवाहक क्षेत्रीय सभापति रहेका परशुराम ढकालले आफ्नो प्रतिवेदन पढन के थालेका थिए केही युवाहरूको हुल मंचमा आएर ब्यानर तानेर च्यात्यो र हंगामा मच्चाउन थाल्यो । त्यहाँ सहभागी नब्बे प्रतिशतलाई थाहा भएन के कारणले यो रडाको मच्चिएको छ । केही नबुझ्ने नब्बे प्रतिशतभित्रको म आफै पनि थिएँ । करिब एक घण्टा जति कार्यक्रम नै चल्न सकेन । बल्ल थाहा लाग्यो ने.बि.संघका जिल्लाका नेतालाई आसन ग्रहण नगराएका कारण यो सबै भएको हो । चार दर्जन भन्दा धेरै नेता र कार्यकर्तालाई आसन ग्रहण गराउँदा किन छुटे त पाटीको बलियो खम्बा नेबिसंघका नेता ? बुझ्दैजाँदा थाहा लाग्यो नेकाको दुई गुटको दुईवटा जिल्ला सभापति रहेछन ।

कुनलाई आधिकारीक मान्ने र आसन ग्रहण गराउने । यो भन्दा राम्रो कसैलाई नगराउने भन्ने आयोजकको निर्णय रहेको थाहा लाग्यो । यो भनाइलाई मान्न दुबैतर्फका बिद्यार्थी नेता सहमत नहुँदा कार्यक्रम बिथोलिन पुगेको थाहा लाग्यो । यो सबै भैंरहँदा टाढा टाढादेखि आएका कांग्रेसजन बसौँ कि जाउँ भएका थिए । कति त लागे पनि । बल्लतल्ल सहमति गरेर कार्यक्रम अगाडी बढाइयो । दुईजनाले भाषण दिँदासम्म मन्चमा ब्यानर थिएन । तेस्रो ब्यक्ति बोल्दै गर्दा अर्को ब्यानर आइपुग्यो र कार्यक्रम चल्दै गयो र सम्पन्न भयो ।

यो हालै घटेको घटना त एउटा उदाहरण मात्र हो यस्ता घटनाहरू पाटीहरूमा प्रायः हुने गर्छन । त्यसैमा अली बढी अनुशासनहिन भएर घटना घटाउने कांग्रेस पार्टी एक नम्बरमै पर्छ भन्ने लाग्छ । आफू कांग्रेसकै आस्थावान ब्यक्ति भएपनि पार्टी भित्रको अन्धो नभएका कारण पार्टीमा हुने यस्ता गतिबिधीहरू उजागर गर्नुपर्छ भन्ने मेरो बिचार छ । मैले नबुझेको कुरा आफूले आस्था बोकेको पार्टी हुँदैमा जस्ता कुराहरूपनि स्वीकार्नु पर्ने अनि गल्तीहरूलाई ढाकछोप गर्नुपर्ने हो र ? यो त सिधै तानाशाह प्रवृति भैहाल्यो नि ।

अर्को कुरा यस्तो डिक्टेटरसिप त कम्युनिष्ट पाटीमा मात्र सम्भव छ । प्रजातन्त्रको लागि शुरुदेखि लडेको पार्टीमा हरेक कुरा सहनुपर्छ भन्ने लाग्दैन । जुन पार्टीमा आस्था राखेपनि त्यहाँ भित्रका बिकृति बिसंगतीहरू बाहिर ल्याउनु पर्छ अनी मात्र पार्टी सुदृढ हुन्छ भन्ने मेरो धारणा रहेको छ । पार्टीका नेताका अन्धोभक्त हुने, उनीहरूको पछि लागेर जे पनि गर्ने, कालोलाई सेतो भन भन्दा पनि तयार हुने, गलत काममा प्रयोग भएर चल्ने जस्ता गतिबिधिले पाटी कमजोर बन्दै जान्छ भन्ने लाग्छ । हुन त त्यस्तै कार्यकर्तालाई नेताले माथि पु¥याउने गरिरहेका छन । यो सबै गतिबिधिले ठूला भनेका पार्टीप्रति कार्यकर्ता र समर्थकको घृणा जागिरहेको छ ।
२००३ सालमा स्थापना भएको सबैभन्दा पुरानो र ठूलो भनेको पार्टीको हालत बिग्रीरहेको छ । महाधिवेशन भएर अर्को महाधिवेशन हुनेबेलासम्म पनि कार्य समितिले पूर्णता पाउँदैन । भातृ भगिनी शुभेच्छुक संस्थाहरूको अधिवेशन हुन सक्दैन । पाटीको खम्बाको रूपमा रहेको नेबिसंघ, महिला संघ, तरुणदलमा अधिवेशन हुन सकिरहेको छैन । जहिलेपनि भातृ संस्थाहरूमा गुटको लडाईं चलिरहेको छ । एउटा गुटले एउटा समिति बनाउँछ, फेरी अर्को गुटले अर्को समिति बनाउँछ । मूल पाटीले कुनलाई आधिकारीक मान्ने त्यहीं लडाईं चलीरहेको हुन्छ । केन्द्रमा बसेर नेताहरूले नीति नियम बनाउँछन अनि त्यही नियम आफूहरू नै पालना गर्दैनन् ।

सिधा साधा कार्यकर्तालाई यो यसको यो यसको मान्छे भन्दै बडे नेताले कित्ताकाट गर्छन । आफ्नै पाटीभित्रका नेता कसलाई भेटन हुने कसलाई नहुने, बोल्न हुने कि नहुने आदी कुराले त्यहीँ बिभाजन गरेर कांग्रेसले कांग्रेसलाई नै जानीदुश्मन देख्ने बाताबरण नेताहरूले बनाइरहेका छन ।
मूल पार्टीहरूको नियमित बैठक हुँदैन, भातृ सुभेच्छुक र भगिनीहरूको कुरै नगरौं । कुनैपनि अधिवेशन पछि समिक्षा बैठक बस्दैन ।

कार्यसमितीको बार्षिक साधारण सभा हुँदैन । चुनाव खर्च कति उठ्यो, को कोदेखि उठ्यो, खर्च कति अनि आम्दानी कति भयो, कहिलेपनि आर्थिक प्रतिवेदन सार्वजनिक हुंदैन, यसरी पनि पार्टी चल्दो रहेछ, अनौठो लाग्छ । पाटीमा आठ तह बनाइएको छ, नामको मात्र आठ तह छ, कुनै तह प्रक्रियागत ढंगले चलेका छैनन् । सबैभन्दा तल्लो तह टोल संस्था गठन पछि एउटा बैठक नबसी पुनर्गठन गर्ने बेला आउँछ । चुनाव भने राम्रोसँग लाग्छ । कार्यकर्ता इमान्दार हुनाले अरू बेला जति सुस्ताएपनि चुनावमा कार्यकर्ता बर्षामा जुको जागेजस्तो जाग्ने प्रवृतिले गर्दा यहाँसम्म नेका टिकेको देखिन्छ ।
कसैले कसैलाई नमान्ने, आलोचना गर्नै नहुने । ग¥यो भने यो माओवादी हो, एमाले हो भनी भेदभाव गर्ने, म जस्तो कोही छैन जस्तो अह्मभाव नेतृत्व तहको नेताले देखाउनेजस्ता गतिबिधीले नेकाका कार्यकर्ता घटदै गएका छन । पार्टीका बिभिन्न तहमा कार्यकर्ता मनोनित गर्दैगर्दा त्यसको योग्यता क्षमता पार्टी प्रतिको उसको योगदान भन्दा पनि कुन नेताले सिफारिस गरेको छ, अनि कसको यसमेन हो त्यो आधारमा समितिले पूर्णता पाउँछ । जसले गर्दा संगठन मजबुत हुन सक्दैन । टिकट बितरणमा पनि पैसामा किनबेच हुने गर्छ । समानुपातिकमा मोटो रकमले काम गर्छ कि त नेताको नजिकको मान्छे हुनुपर्छ । बडे नेताले पैसा पाएपछि चुनाव जित्ने नजित्ने सरोकार नराखी टिकट बितरण गरिन्छ ।

ठूला भन्ने पार्टीहरू अरूको पनि प्रायः यही प्रवृति छ । चुनाबमा पैसा बाँडेर भोट किन्ने, जागिर लगाइदिने, बाटो नाली, पुल कल्भर्ट सबै बनाइदिने लोभ देखाएर चुनाव जित्ने अनि जितेपछि हिँजोका सर्त सम्झौता सबै बिर्सिने अनि भोट दिएका भोटर कसैलाई नचिन्ने यो त चलन नै बनेको छ । पछिल्लो समय ठूला भनेका पार्टीका कार्यकर्ता तितरबितर भएका छन । कारण माथि उल्लेखित गतिबिधिले वाक्क पारेको छ । पार्टी सञ्चालनका नाइके चोर डाँका फटाहा छन, सज्जन भेटाउन कसी लाउनु परेको छ । दुधले नुहाएका नभए पनि सज्जन नेता अहिले भेटाउन सकिँदैन । भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएका चोरहरूले पाटी हाँकेका छन । सिधासाधा र इमान्दार ब्यक्तिले राजनीति गरेर नीति बनाउने ठाउँमा पुग्छु भन्नु सपना मात्र भएको छ । लुटेर बाँडेर नेतृत्व लिएका नेताले मुलुकलाई डुबाएर इथियोपिया बनाउँदैछन् ।

पार्टीहरू अहिले ठेकेदारी प्रथामा चलेका छन । पार्टीको नाम बेचेर लुटतन्त्र चलेको छ । गाउँगाउँ देखि बाउआमाको खर्चमा उच्च शिक्षा हासिल गर्न शहर छिरेका युवायुवतीहरू नेताहरूले कोरा सपना देखाएको भरमा ने.बि.संघ, अनेरास्ववियु जस्तो संगठनको पदको लोभमा परेर अध्ययन अधुरै पारेर लड्न भिड्न हिडिरहेका छन । सरासर अध्ययन सकाएर अर्को देश छिरेर गरी नखाएर पदको पछि लागेर आफू आफू लडेर पीडित बनीरहेका निर्दोष बिद्यार्थी होसियार हुन जरुरी छ । यति मात्रै होइन बडे नेताका छोराछोरी महंगो ठाउँ बिभिन्न देशहरूमा पठाएर उच्च शिक्षा हासिल गरिरहेका छन । किसान सर्बसाधारणका छोराछोरीलाई उस्काएर दिवा सपना देखाएर युवासंघ, ने.बि.संघ, तरुण दल, वाइसियल आदी नाम दिएर खेर फाल्ने काम नेताको भैरहेको छ ।
कांग्रेस होस या अन्य कुनै पार्टी, यही चालाले चल्ने हो भने अव देश नै रहला कि नरहला भनि सोच्नुपर्ने अवस्थामा पुगिसकेको छ । जिम्मेवार ब्यक्ति वा नेता नितान्त ब्यक्तिगत स्वार्थ अथवा म बाद याने कि म, मेरो, मैले र मलाई भन्ने चिन्तनबाट जवसम्म मुक्त हुँदैन तवसम्म उसले देश र समाजको लागि केही गर्न सक्दैन । बरु देश र समाजलाई पतनको बाटोमा धकेलीरहेको हुन्छ । यी दल र नेताहरूको देश डुबाउने प्रबृत्ति महसुस गरि भ्रष्टहरूको बिरुद्धमा नेपाली जनताले अब विकल्पको खोजी गर्न लागेको अनुमान गरिँदैछ । यसैको परिणाम हुन काठमाण्डौका मेयर बालेन र धरानका मेयर हर्क साम्पाङ । राष्ट्र र राष्ट्रीयता गुम्यो भने जनताले मात्र होइन स्वघोषित नयाँ महाराजाहरूका छोराछोरी वा सन्ततिले पनि कष्टपूर्ण जीवन बिताउनु पर्नेछ । जोसुकैले अब पार्टीगत र ब्यक्तिगत कुरा छोडेर राष्ट्र राष्ट्रियता बचाउन हरतरहले लागीपर्नु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?