© २०२३
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको नतिजा बिहिवार प्रकाशित गरे को छ । यसवर्ष एसइईमा साधारणतर्फ ४ लाख ८५ हजार ३९६ र प्राविधिकतर्फ १५ हजार ४६१ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थीको संख्या ४.६३ प्रतिशत रहे को छ । त्यस् तै जीपीए ३.२० देखि जीपीए ३.६० ल्याउने परीक्षार्थीको संख्या ११.३६ प्रतिशत, जीपीए २.८० दे खि जीपीए ३.२० ल्याउने परीक्षार्थीको संख्या १४.९२ प्रतिशत, जीपीए २.४० दे खि २.८० ल्याउने परीक्षार्थी १८.४२ प्रतिशत रहेका छन् । त्यस् तै २.० देखि २.४० ल्याउने परीक्षार्थी २१.०९ प्रतिशत रहे का छन् । त्यस्तै जीपीए १.६० देखि २.० जीपीए ल्याउने परीक्षार्थी १८.२४ प्रतिशत रहे का छन् । त्यस्तै जीपीए १.२० दे खि १.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ७.९९ प्रतिशत रहेको छ ।
प्रकाशित नतिजा अनुसार ३०.९१ प्रतिशत विद्यार्थीहरुले २.८० भन्दा माथि जीपीए ल्याएका छन् भने २.८९ प्रतिशत विद्यार्थीहरु नन् ग्रेडेड रहेका छन् । प्रकाशित एसईई नतिजा हेर्दा २.८ भन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थीहरुको अनुपात अघिल्लो वर्षहरुमा भन्दा बढी देखिएको छ । गतवर्ष ३.२ जीपीए भन्दा माथि ल्याउनेको संख्या १०.३ प्रतिशत रहेकोमा अहिले यो ग्रेडका विद्यार्थी संख्या १६ प्रतिशत पुगेको छ । सरसर्ती हेर्दा नतिजा सुधार भएको जस्तो देखिएपनि ७० प्रतिशत विद्यार्थीहरुको नतिजा अझै पनि सुधार हुन् सकेको देखिदैन ।
अझ जीपीए १.६ भन्दा कम ल्याउनेको संख्या त ५ वर्ष अघिको नतिजामा भन्दा बढी देखिन्छ । यो नतिजा हेर्दा विद्यालय शिक्षामा सुधार हुन नसकेको प्रष्टै देखिन्छ । नेपालमा परीक्षा बोर्डको स्थापना भएपछिका साढे आठ दशकमा शिक्षा क्षेत्रमा धेरै नै प्रगति भएको छ । समुदायमा नपढेपछि परिन्छ भन्ने भावनाको स्थानीय वासिन्दाहरुको अग्रसरता, श्रमदान र लगानीमा विद्यालयहरु स्थापना र संचालन भैरहेका छन ।सरकार र अन्तर्राष्ट्रिय दातृ निकायहरुले बिद्यालय शिक्षामा गरेको लगानीले गर्दा खासगरी अढाई दशकयता बिद्यालयहरुको भौतिक अवस्था धेरै सुध्रिएको छ । व्यवसायकै रुपमा भएपनि नीजि क्षेत्रबाट बिद्यालय शिक्षामा ठूलो लगानी भएको छ ।
शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २०७९ को अन्त्यसम्ममा समुदाय र नीजि क्षेत्र गरि अहिले देशमा ३६ हजार ३२ विद्यालयहरु संचालित छन् । ती मध्ये करिव १११४६ विद्यालयमा १० कक्षासम्मको र ४७०६ वटा विद्यालयमा कक्षा ११ र १२ सम्मको पढाइ हुने गर्छ । माध्यमिक तह (कक्षा ९–१०) को खुद भर्ना दर ७६ दशमलब ५ रहेको छ र यो तहमा १० लाख ८२ हजार बिद्यार्थीहरु अध्ययनरत छन् । नेपालमा विद्यालयहरुको संख्यामात्र बढेको छैन, शैक्षिक पूर्वाधार सम्पन्न पनि भैरहेका छन । शहरी र शहरोन्मुख क्षेत्रका विद्यालयहरुमा कम्प्युटर ल्याब, पुस्तकालय र बिज्ञान प्रयोगशालाहरु प्रसस्तै देखिन थालेका छन् । २ दशक पहिलेसम्म बिषयगत शिक्षक पाउन गाह्रो थियो तर अहिले यो अवस्था छैन । हिमाली र दुर्गम पहाडी क्षेत्रमा बाहेक अन्य क्षेत्रका विद्यालयमा बिषयगत शिक्षकको व्यवस्था गरिएको छ । शिक्षकको पेशागत दक्षता वृद्धिको लागि तालिममा राज्यले ठूलो लगानी गरेको छ । शिक्षा मन्त्रालयका अनुसार सामुदायिक बिद्यालयको माध्यमिक तहमा अध्यापनरत शिक्षकमध्ये ९६ प्रतिशत भन्दा बढि शिक्षक तालिम प्राप्त छन् । यी तथ्यहरुलाई हेर्दा नेपालका बिद्यालयहरुको अवस्था सुध्रिदै गएको देखिन्छ ।
सबै पक्षको प्रयासले गर्दा विद्यालयहरु सम्पन्न हुदै गएपनि बिद्यालय शिक्षाको गुणस्तर भने सुध्रन नसकेको गुनासो सबै क्षेत्रको छ । एसईई परीक्षालाई बिद्यालय शिक्षाको गुणस्तरको मानक मान्ने हो भने यो गुनासोलाई सत्य मान्नैपर्छ । बि सं २०६०/६७ को अवधिमा औषत ५१ प्रतिशत परिक्षार्थीहरु उत्तिर्ण भएको मा २०६८/७१ को अवधिमा आधा भन्दा पनि कम विद्यार्थी उत्तिर्ण भएको देखिन्छ । त्यसयताका वर्षहरु २९ प्रतिशत विद्यार्थीले जिपिए २.०० भन्दा कम ल्याएको देखिन्छ । सधै जस्तै यसपाली पनि नतिजा कमजोर हुनुमा अभिभावक, शिक्षक, बिद्यार्थी र सरकारी सरोकारवालाहरुले एक अर्कालाई दोषारोपण गरिरहेका छन् । खोज्दै जाँदा सबै पक्ष नै दोषी देखिन्छन् । राम्रो नतिजा ल्याउन अनावश्यक दवाव दिने अभिभावकहरु, एसईईलाई प्रतिष्ठा ठान्ने विद्यालयहरु, घोकेको र चीट चोरेको भरमा पास हुन खोज्ने बिद्यार्थीहरु, एसईईलाई हाउगुजी बनाएर पढाउने अनि लापरवाही ढंगले परीक्षा संचालन र उत्तर पुस्तिका जाँच्ने शिक्षकहरु तथा एसईईलाई आईरन गेट भने र ब्याख्या गरिदिने समाज र शिक्षाविद्हरु सबै जना कुनै न कुनै रुपमा दोषी नै छन् ।
शिक्षकले राम्रोसंग कर्तब्य पूरा नगरेको कारणले बिद्यार्थीहरुले राम्रो नतिजा ल्याउन नसकेको गुनासो धेरैले गर्छन । केहि हदसम्म यो गुनासोमा सत्यता पनि छ । केहि शिक्षकहरु स्कुलमा नपढाएर राजनैतिक दलका नेता बने र स्कुल बाहिर घुमिरहने, बाहिर काम गरेर थाकेर स्कुलमा आराम गर्न मात्र जाने, स्कुलमा पढाउन अल्छी गर्ने र बिद्यार्थीहरुलाई ट्युसन पढन प्रे रित गर्ने जस्ता कार्यहरु गरेकोले स्कुलमा राम्रो पठनपाठन हुन सकेको छैन । केही ठाउँमा त नक्कली सर्टिफिकेटधारी शिक्षकहरुले समेत पढाउने गरेको बारम्बार सुन्ने गरिन्छ । यस्तै शिक्षकहरुको कारणले पनि स्कुले शिक्षा खस्केको हो । पछिल्ला ३ वर्षयता परिक्षामा ग्रेडिङ प्रणाली लागू भएको छ ।
अंक प्रणालीमा सबै विषयमा न्युनतम ३२ प्रतिशत अंक ल्याउनु पर्नेमा ग्रेडिङ प्रणालीमा त्यो बाध्यता छै न । प्रयोगात्मक नम्बर सहित मुख्य केहि विषयमा मात्र डी प्लस ग्रेड ल्याएमा पनि कक्षा ११ र १२ पढ्न पाइने भएकोले विद्यार्थीहरुको मेहनत गर्ने बानीमा ह्रास आएको शिक्षक र अभिभावकहरुको गुनासो आइरहेको छ । राम्ररी नपढ्ने तर जसरी भएपनि परीक्षा पास हुने सोच धेरै विद्यार्थीहरुमा बिकसित भएको छ । चिटिङ्गको समस्या त सबै जसो ठाउँमा छ, तर नेपालका केही जिल्लाहरुमा त मास चिटिङ् जस्तो रोग नराम्ररी झ्याँगिदै गएको देखिन्छ ।
परिक्षा शुरु नहुँदै प्रश्नपत्रहरु बाहिरिने, केन्द्राध्यक्ष र शिक्षकहरु नै विद्यार्थीलाई चिट चोराउन सक्रिय हुने, परिक्षामा हुल हुज्जत गरे र खुल्लमखुला परिक्षा दिलाउने जस्ता समस्याले केही जिल्लाहरुको परिक्षा बद्नाम बन्दै गैरहेको छ । शिक्षकहरुले नपढाएर र विद्यार्थीहरुले नपढेर वा नलेखेर मात्र बिद्यार्थीहरुको नतिजा बिग्रदैन । राम्रो संग उत्तर पुस्तिका परिक्षण भएन भने विद्यार्थीहरूको नतिजा कदापी राम्रो हुन सक्दै न । हरेक वर्षजसो देशका विभिन्न ठाउँमा परिक्षणमा चरम लारर्वाही भएको समाचारहरु बाहिर आएका हुन्छन् । जिम्मेवार व्यक्तिहरूले राम्रोसंग ध्यान नदिएको कारणले गर्दा एउटै शिक्षकले ४/५ दिनमा ८/९ सय कापीहरु जाँचेका दृश्यहरु धेरै केन्द्रहरुमा वर्षेनी दोहोरिएका स्वयम् शिक्षकहरु नै बताउँछन् । आर्थिक लाभलाई मात्र हेरेर छोटो समयमा त्यति धेरै कापी जाँच्दा विद्यार्थीहरूको प्रस्तुतिको सहि मापन कसरी हुन्सक्छ ? कापी जाँच्ने परीक्षकहरुले गल्ती गरेमा त्यसलाई सच्याउन भने र प्रधान परीक्षकको व्यवस्था गरिएको हुन्छ ।
तर प्रत्यक्ष रुपमा हेर्ने हो भने धेरै प्रधान परिक्षकहरुले कापी जाँच्ने कष्ट गरेको देखिदैन, धेरै परिक्षकहरुले कापी फर्काउने त कुरै छोडौ । कापी बाहिर उतारिएको अंकसम्म नजोडी खुरुखुरु हरियो मसीले दस्तखत गर्दछन् । यस् तो चालले कसरी नतिजा राम्रो हुन्छ ? विद्यार्थीहरुको दुई तिहाइ भन्दा बढी समय अभिभावकहरुसंग बित्ने हुँदा विद्यार्थीको सफलतामा अभिभावकहरुको सहयोग, चासोले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नढाँटी भन्ने हो भने सरकारी स्कूलमा शैक्षिक गुणस्तरको बारेमा चासो राख्ने अभिभावकहरु औलामा गन्न पुग्ने संख्यामा मात्र हुन्छ, जबकी बोर्डिङ्ग स्कूलका अभिभावकहरुले पलपल विद्यार्थीको निगरानी र स्कूलको खबरदारी गरिरहेका हुन्छन् । सरकारी स्कूलका
अभिभावकहरु आफ्नो बच्चा फेल भएमा ‘मेरो बच्चा किन फेल गरियो ।’ भन्न बाहेक स्कूलमा पाइला टेक्दैनन भनियो भने अन्याय हुदैन । अभिभावकहरुले विद्यालयमा हुने गैर शैक्षिक गतिविधि र लापरवाहीको विरोध गर्ने, आफ्ना बच्चालाई पढाई प्रति निरन्तर प्रेरित गर्ने, उनीहरुको आवश्यकता पूरा गर्ने साथै आफ्ना बच्चाहरुको शैक्षिक, चारित्रिक र सामाजिक गतिविधिको निरन्तर निगरानी गर्ने हो भने सानै देखि विद्यार्थीहरुको शैक्षिक जग बलियो हुदै जान्छ, जसले गर्दा विद्यार्थीहरुले एसईईमा मात्र नभई हरेक परीक्षामा सफलता हासिल गर्न सक्छन् ।शिक्षकहरु बिग्रनु र उनीहरुको कारणले विद्यार्थीहरु बिग्रनुमा मुख्य दोषी भनेको नेपालको शिक्षा मन्त्रालय र सरकार हो । दलीय स्वार्थ अनुसार शिक्षा प्रशासन चलाउने, दातृ निकायले गर्ने ट्रायल अनुसार नीति कार्यक्रमहरु बनाउने, कर्मचारीको अनुकुल हुने गरी कार्यक्रम लागू गर्ने गरेकोले शिक्षक तालिम लगायतका अन्य कार्यक्रमहरु प्रभावकारी हुन सकेका छैन । एसईई परीक्षाको आधारमा माध्यमिक तहमा पढाउने शिक्षकको मुल्यांकन हुने गरे पनि त्यो मूल्यांकनको आधारमा शिक्षकलाई दण्ड र पुरस्कार दिने व्यवस्था गरिएको छैन । तल्लो तहमा पढाउने शिक्षकको त मूल्यांकन गर्ने आधार नै छैन । शिक्षकको आन्तरिक बढुवा पारदर्शी हुन् सकेको छैन । एसईई परीक्षामा लगातार सत प्रतिशत विद्यार्थी उत्तीर्ण गरौँ, सफल शिक्षकहरु पुरस्कृत हुने, बढुवा हुने त कुरै छोडौँ देशमा हजारौले पाउने शिक्षा पुरस्कारको लिस्टमा समेत पर्दैनन । शिक्षकको नियुक्ति, सरुवा, तालिम, निरिक्षण जस्ता कुराहरु दलीय भागबन्डामा हुन्छ । कर्मचारीको मिलेमतोमा विद्यालयमा भ्रस्टाचार हुन्छ र भ्रस्टाचारीलाई दलीय आड प्राप्त हुन्छ । यस्ता गतिविधिहरुले गर्दा इमान्दार र लगनशील शिक्षकहरुलाई काम गर्ने वातावरण हुदैन, जसको प्रत्यक्ष असर शैक्षिक उपलब्धिमा परिरहेको छ । समाज र सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि एसईई नतिजामा सुधार नहुनु शिक्षा क्षेत्रको लागि राम्रो संकेत होईन । विगतमा बिद्यालयको भौतिक अवस्था कमजोर भएको र योग्य शिक्षकको व्यवस्था नभएकोले नतिजा राम्रो नभएको गुनासो गरिन्थ्यो तर अहिले त्यो अवस्थामा सुधार आएको छ । विद्यालयहरु समुदायकै प्रतिनिधित्व रहने स्थानिय सरकार मातहतमा आएका छन् । त्यसैले अब बिद्यालय राम्रो भएन वा शिक्षकहरु भएनन भने र उम्कन पाईदैन । एसईई नतिजालाई प्रभावकारी बनाउने हो भने समुदाय र सरकार शिक्षामैत्री हुनैपर्छ । यी पक्षहरुको सहयोग र खबरदारी भएमा एसईई परिक्षा मात्र नभएर देशकै शिक्षा क्षेत्रले काँचुली फेर्न सक्ने छ ।