ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

भारतमा बन्धक बनाइएका आठ नेपालीको उद्दार

१२ जेष्ठ २०७८, बुधबार
१२ जेष्ठ २०७८, बुधबार

भारतको बिभिन्न ठाउँमा नेपाली चेलीहरुलाई बन्धक बनाई राखेको अवस्थामा ८ जनालाई उद्दार गरि स्वदेश फिर्ती गराईएको छ ।

उद्दार गरिएकामध्ये ५ जना किशोरी, २ जना महिला तथा १ जना पुरुष रहेका छन् ।

त्यसमध्ये ५ जनालाई परिवारको जिम्मा लगाईएको छ ।

एक जना नेपाली चेलीले एसएसबी क्याम्प सुनौलीमा आई भारतको लक्ष्मीनगरमा थप २ जना बहिनीहरु फँसेको र उनिहरु स्वदेश फिर्ता हुन चाहेको जानकारी गराएपछि उनिहरुको उद्दार गरिएको थियो ।

प्राप्त सूचनापछि बिभिन्न निकायह बीच आवश्यक परामर्शपछि स्थानीय प्रहरी, एसएसबी, एएचटियु टीम, सहायक जिल्ला मजिष्टे«ट नौतनवाँ, पुर्वाञ्चल ग्रामीण सेवा समिति, स्वःरक्षा टीम, शुभअवसर ग्राम नेपाल संयुक्त रुपमा उद्दारमा खटेका थिए ।
उक्त उद्दार ईलाका प्रहरी कार्यालय बेलहियाको समन्वयमा उद्धार कार्य सम्पन्न भएको हो ।
उद्धार टीमले जानकारी आएको ठाउँमा छापापछि थप २ जना नेपाली चेलीहरुलाई उद्धार गरेको थियो । यसै बीच छापा मार्ने क्रममा थप सूचना प्राप्त भई भारतको नौडिहवा मिश्रवलीे ठाउँबाट पनि थप ३ जना किशोरी र १ जना किशोरलाई उद्दार गरि नेपाल फर्काइएको छ ।

उद्धार पछि सबै जनालाई सुनौली कोटवाली पुलिसमा बुझाईएको थियो भने कोटवालीबाट आवश्यक प्रकृया पुरयाई ईलाका प्रहरी कार्यालय बेलहियामा जिम्मा दिइएको र पुनः  जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा आवश्यक संरक्षणका लागि शुभअवसर ग्राम नेपालमा पठाईएको थियो । चेलीहरुको पिसिआर जाँच गर्दा ३ जनाको रिपोर्ट पोजिटिभ आएपछि उनिहरुलाई होटेल क्वारेन्टीनमा राखिएको थियो ।

यसै गरि संस्थाले ४ जना चेली, १ युवालाई उनिहरुको परिवारको जिम्मा लगाईसकेको जनाएको छ ।

होटेल क्वारेन्टीनमा बसिरहेका ३ जना चेलीहरुलाई समेत २०७८ जेष्ठ ११ गते पुनः पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आईसकेकोले उनिहरुलाई पनि परिवारको जिम्मा लगाउन पहल थालिएको शुभअवसर ग्राम नेपाल भैरहवा शाखाका परियोजना अधिकृत सत्यनारायण यादवले जानकारी दिए ।

उद्दार गरिएका किशोरीहरुका अनुसार अझै पनि धेरै चेलीहरु फँसेको बताएका छन् ।

नेपाली किशोरीहरुलाई अरकेष्ट्रा डान्सरको रुपमा बन्धक बनाई राखेको अरकेष्टका संचालक विरुद्दमा कानुनी कारबाही प्रकृया समेत चलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?