ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

महिला हत्या गर्ने आठ जना कारागार चलान

६ जेष्ठ २०७८, बिहीबार
६ जेष्ठ २०७८, बिहीबार

महिलाको हत्या गरि हातका औलाहरु काटेर बिक्री गर्ने गिरोहमा संलग्न ८ जना पुर्पक्षका लागी कारागार चलान भएका छन ।

कपिलवस्तु अदालतको आदेशमा गिरोहमा संलग्न ८ जनालाई पुर्पक्षका लागि कपिलवस्तु कारागार चलान गरिएको हो ।

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका सँगै सिमा जोडिएको रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नम्बर ५ मनहरपुर बुडन्तपुर स्थित माईती घरमा बस्दै आएकी ४२ बर्षिय सरजहाँ दर्जी चैत्र १२ गते राती एकाएक घरबाट हराएकी थिईन ।

प्रहरीले चैत्र २० गते कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को बेतिया नदीमा बोरामा हालेर चार वटा ढुङ्गा समेत राखी फालिएको अवस्थाको उनको शव फेला पारेको थियो । बोरामा हालेर फालिएको महिलाको लासमा दुबै हातका बुढी औला बाहेकका आठ औंला काटिएको अवस्था थियो । अनुसन्धानको क्रममा सरजहाँ दर्जीलाई शुद्धोधन गाँउपालिका वडा नम्बर ६ बेतिया नदी छेउको चौरमा लगी गफ गरेर केहि बेर पछि हत्या गरेको खुल्न आएको थियो ।

उनलाई घटनास्थलमा बोलाउनेहरुमा कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका २ का अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमान थिए । चउरमा लगी गफगाफ गरेको दुई घण्टाकै अवधीमा दुबै जनाले मिलेर सरजहाँ दर्जीको घाटी थिचेर हत्या गरेको खुलेको थियो । हत्या पश्चात बेलालले उनका आठ औंला काटेको र दुबै जना मिली बोरामा हालेर बेती नदीमा फालेका थिए । अनुसन्धानका क्रममा हत्या गरि निज महिलाका हातका औलाहरु काटेर ल्याएमा प्रति औंला ७०/८० लाख मुल्य पर्ने भ्रमपुर्ण हल्लाको बिश्वासमा हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

घटनामा संलग्न तान्त्रिक सहित ८ जनालाई प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा आएकामा कलाम र बेलाल सगै तान्त्रिक पेशामा रहेका रुपन्देहीको शियारी गाँउपालिका ५ का जमिल अहमद देवान थिए । उनीहरु सँगै घटनामा संलग्न रहेका कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका ५ शिवलवाका कृष्ण कुर्मी र राम हरक यादव तथा वडा नम्बर ४ का सत्य नारायण बढई, नवलपरासी पुर्वको मध्यबिन्दु नपा ७ का खेम बहादुर मल्ल र रुपन्देही जिल्लाको सैनामैना नगरपालिका १ बनकट्टाका ६७ बर्षिय कर्ण बहादुर सुनार रहेका छन ।

महिलाको हत्या पश्चात औला काटी बिभिन्न स्थानमा सप्लाई गर्ने तथा राख्ने व्यक्तिहरुको संगठित गिरोहमा संलग्न ८ जना लाई जिल्ला अदाालत कपिलवस्तुबाट संगठित अपराध, कर्तव्य ज्यान तथा मानव बेचबिखन तथा ओसार पसार कसुर मुद्दामा पुर्पक्षका लागी कारागार चलान गर्ने आदेश अनुरुप कपिलवस्तु कारागार चलान गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?