© २०२३
वीरगंज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की कोरोना जितेकी छिन् ।
दुई साताअघि उनलाई कोरोना देखिएको थियो।बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उनी अस्पतालबाट घर फर्केकी हुन्।
महानगरका मेयर विजयकुमार सरावगीले उपमेयर कार्कीलाई कोरोना नेगेटिभ देखिएको बताए। महानगरले नै चलाएको कोभिड १९ अस्पतालमा उहाँ १३ दिन बस्नुभयो, मेयर सरावगीले भने, कोरोना संक्रमण नेगेटिभ आएपछि उहाँलाई आज घर पुर्याइएको छ।
उपमेयर कार्कीलाई आइसोलेसन बस्दा धेरै समस्या देखिएन।
उहाँलाई रेखदेख गर्न एक जना चिकित्सक राखेका थियौं। अक्सिजनलगायत केही पनि आवश्यक परेन, उनले भने। उपमेयर कार्कीको आफ्नै घर छैन। अविवाहित कार्की आफन्तहरूको घरमा बस्ने गरेकी छन्।
कार्की महानगरको उपमेयर निर्वाचित हुने सवैभन्दा बढी उमेरकी व्यक्ति हुन्।