© २०२३
सीमा नाकामा विवाद भई प्रहरीको गोली लागी नवलपरासीमा एक जना युवकको मृत्यु भएको छ । । मृत्यु हुनेमा प्रतापपुर गाँउपालिका वडा नम्बर ६ कठहवाका २२ वर्षिय अविनाश राय रहेका छन् ।
उनको स्थानिय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइए पनि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनलाई थप उपचारको लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पु¥याइए पनि उनको अस्पताल आइनपुग्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक युवक भारतबाट नेपालतर्फ प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग विवाद भएको र अन्य स्थानिय युवाहरु समेतले सुरक्षाकर्मीमाथी ढुँगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको शसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी उपरिक्षक महेस अधिकारीले जानकारी दिए ।
स्थानियले प्रहरी माथी ढुंगा मुडा गरेपछि बाध्य भएर २ राउन्ड गोली चलाउनु परेको शसस्त्र प्रहरीले जनाएको छ । घटनामा शसस्त्र प्रहरी तर्फ पनि दुई जना घाईते भएका छन् । घटना पछि सो स्थानको स्थीति तनावपुर्ण बनेको छ । कोरोना महामारीको समय भएकाले सिमा बाट आउजाउ गर्न कडाई गरिएको प्रशासनको भनाई छ ।
स्थानियले भने प्रहरीले ज्यादती गरेको गुनासो गरेका छन् ।