ट्रेंडिंग:

>> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा

अस्ताए “हिक्मत काका”

५ जेष्ठ २०७८, बुधबार
५ जेष्ठ २०७८, बुधबार

पेशाप्रति निष्ठाबान र कर्तव्यनिष्ठ पत्रकार हिक्मत चौधरी अव रहेनन् । राष्ट्रिय पहुँच भन्दा टाढा रहेर स्थानीय पत्रकारितामा लामो योगदान गरेका हिक्मत धेरैका प्रिय पत्रकार थिए । ६१ वर्षको उमेरमा बुटवलको कोरोना विशेष अस्पतालमा बुधबार बिहान सवा ३ बजे उनको निधन भयो ।

रुपन्देहीको पत्रकारिताको एउटा बिम्ब थिए उनी । थारु भाषाको कार्यक्रम र कृषि कार्यक्रम उनको पहिचान थियो । पत्रकारिताका माध्यमबाट उनले झण्डै २२ वर्ष सेवा गरे । तर अफसोच कोरोना महामारीको पहिलो लहरमा आफूले २२ वर्ष सेवा गरेको संस्था रेडियो लुम्बिनीबाट चौधरी अन्यायपुर्वक निकालिए । रेडियो लुम्बिनीमा उनलाई धेरैले “काका” भनेर संबोधन गर्थे । उनले कार्यक्रम उत्पादन, रेकर्डिङ, समाचार वाचन सबै गर्थे । एक हिसावले उनी “वान मेन जर्नालिज्म” का सफल अभ्यासकर्ता थिए ।

२०५६ सालमा रेडियो लुम्बिनी स्थापना हुँदा हिक्मतले पनि सँगै प्रवेश पाए । त्यसअगाडि कृषि प्राविधिकको रुपमा जागिरे जीवन बिताएका हिक्मतको कृषि सम्बन्धी ज्ञानलाई प्रयोगमा ल्याउन रेडियो लुम्बिनीले उनलाई स्थान दिएको रेडियोका तत्कालीन कार्यकारी निर्देशक मोहन चापागाई स्मरण गर्छन् । “रेडियोमा कृषि सम्बन्धी कार्यक्रम आवश्यक थियो, कृषि प्राविधिकको रुपमा अनुभव बटुलेका हिक्मतबाट त्यो कार्यक्रम सफल हुने ठानेर हामीले रेडियोमा अवसर दियौं”–चापागाईं भन्छन् ।

केही वर्ष कृषि कार्यक्रम चलाएपछि उनी रेडियो लुम्बिनीमा पूर्णकालीन कर्मचारी भए । पूर्णकालीन भएपछि नेपाली भाषाका कार्यक्रम उत्पादनदेखि लिएर नेपाली समाचार वाचन, भोजपुरी समाचार वाचन, खेत खलिया नामक थारु भाषाको कार्यक्रम पनि उनले चलाए । नेपाली पत्रकारिता जगतले एकजना अनुशासित, दृढ र सिद्धान्तनिष्ठ पत्रकार गुमाएको चापागाई बताउँछन् ।

पत्रकार चौधरीसँग लामो समय काम गरेकी पत्रकार इन्दिरा अर्यालले स्वर्गीय चौधरी व्यक्तिगत रुपमा अत्यन्त अनुशासित, सके अर्काको हित गर्ने, तर कसैको अहित नगर्ने, आफ्नो परिवारलाई अत्यन्तै माया गर्ने व्यक्ति रहेको बताइन् । “आफ्नै काममा मरिमेट्ने, दुःख गर्नलाई कहिल्यै पछाडि नहट्ने, सामाजिक सम्बन्ध बिस्तारमा समेत उहाँको एकदमै रुची थियो”–अर्याल भन्छिन् ।

रेडियो लुम्बिनीमै कार्यरत रहँदा उनले इक्वेल एक्सेस नेपालको कार्यक्रम उत्पादकको रुपमा झण्डै डेढ वर्ष काठमाडौंमै बसेर काम गरे र त्यहाँ थारु भाषाको “भन्छिन आमा” कार्यक्रम उत्पादन गरे ।

कोरोना भाइरसको पहिलो लहरको बेलादेखि नै मुलुकमा धेरै पत्रकारले रोजगारी गुमाए । त्यही बखत रेडियो लुम्बिनीका आधा दर्जन सञ्चारकर्मीलाई पनि संस्थाले एकसाथ बिदा ग¥यो । त्यसैमा स्थापनाकालदेखि योगदान गरेका चौधरी पनि निकालिए । “लामो समय काम गरेको संस्थाले चौधरीलाई कोरोना कहर जस्तो संकटपूर्ण अवस्थामा निकै नै अन्याय ग¥यो”–रेडियोमा कार्यरत एक कर्मचारी भन्छन् ।

तिलोत्तमा–५ मा स्थायी बसोबास गर्दै आएका चौधरी तिलोत्तमा नगर क्षेत्रभित्र हुने कार्यक्रमहरु प्रायः छुटाउँदैनथे । धेरै संघसंस्थाले उनको खोजी गर्थे । नयाँ भेरियन्टको कोरोना संक्रमण हुनुभन्दा अघि पत्रकारहरुलाई पनि सरकारले प्राथमिकतामा राख्दै “भ्याक्सिन” को व्यवस्था ग¥यो । तर चौधरीले दुवै डोज भ्याक्सिन छुटाए । ज्वरो र रुघाखोकी लागेपछि करिव एक साता उनले पिसिआर जाँच गरेनन्, बरु घरमै मेडिकलबाट औषधि ल्याएर खाए ।

एक्कासी सास फेर्न गाह्रो भएपछि मात्र उनले पिसिआर जाँच गरे र बैशाख २२ गतेको जाँचमा उनको पोजेटिभ आयो । त्यसपछि शंकरनगर आइसोलेसन सेन्टर हुँदै बुटवलको कोरोना विशेष अस्पतालमा लगिएका उनलाई अन्तिममा भेन्टिलेटरमा सारिएको थियो र त्यही उनले सधाका लागि प्राण त्याग गरे ।

उनी पत्रकार महासंघ रुपन्देहीका पुर्व कार्यसमिति सदस्य, तिलोत्तमा मिडिया क्लवका कार्यसमिति सदस्य लगायत विभिन्न संघसंस्थामा आवद्ध थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?