ट्रेंडिंग:

>> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा

महामारीमा रगतको जोहो गर्न फिल्डमै खटियो रक्तदाता समाज

१ जेष्ठ २०७८, शनिबार
१ जेष्ठ २०७८, शनिबार

कोरोना संक्रमणको दोस्रो लहरका कारण जारी निषेधाज्ञाका बीच बिरामीको उपचारका लागि रगतको अभाव हुदै आएको छ । तर बिरामीको उपचारका लागि आवश्यक पर्ने रगतको जोहो गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका समाजसेवी फिल्डस्तरमै निरन्तर खटिएका छन । पछिल्लो समय कोभिडका कारण प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण डाईलासिस गर्नु पर्ने बिरामी, रक्त अल्पक्ताका बिरामी र गर्भवती महिलामा रगतको अभाव हुदै आएको छ ।

जारी निषेधाज्ञा र रगतको अभाव बिच कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ९ ईमलिया स्थित ग्लोबल डेरी प्रालि का सञ्चालक र कर्मचारीले २० युनिट रक्तदान गरेका छन । डेरीको आयोजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहयोग रक्तदान सम्पन्न गरिएको हो । समाजका केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रि नेतृत्वमा दुई जना टेक्निशियन सहितको टोलीले कपिलवस्तुबाट रगत संकलन गरेको हो । जारी निषेधाज्ञा पछि पहिलो पटक समाजको टोलीले रुपन्देही जिल्ला बाहिर रक्तदान गराई रगत संकलन गरेको हो । टोलीले आईतबार रुपन्देहीको देवदहमा रगत संकलन गर्ने योजना रहेको छ ।

कोरोनाको संक्रमणका बिच रक्तदाताहरुले रगत दिन नसक्ने अवस्था आउदाँ रगतको अभाव हुन थाले पछि आफु र डेरीमा कार्यरत कर्मचारीले रक्तदान गरेको डेरीका सञ्चालक थानेश्वर न्यौपानेले जानकारी दिए । “रगतको अभाव टार्न रक्तदान गरेका छौ । त्यसै गरि अति आवश्यक पर्ने बिरामीको उपचारका लागि सहगोग होला कि भनेर उद्योगमा रहेका तिन वटा खाली अक्सिजनको सिलिण्डर समेत उपलब्ध गराएका छौ ।” सञ्चालक न्यौपानेले भने । निषेधाज्ञा पश्चात समाजले रक्तदानको आयोजना गरि बुटवलमा दैनिक २५÷३० युनिट रगत संकलन गर्दै आएको समाजका अध्यक्ष चौहान क्षेत्रिले जानकारी दिए । जारी निषेधाज्ञाका कारण पछिल्लो समय रगतको अभाव हुन थाले पछि दैनिक जसो ईमरजेन्सीमै रक्तदान गराईदै आएको उनले प्रष्ट पारे ।

समाजको नेतृत्वमा कोभिड संक्रमितका लागि आवश्यक पर्ने प्लाज्माको समेत व्यवस्थापन गरिदै आएको छ । “कोभिड संक्रमणमा परेकाको उपचारका लागि आवश्यक पर्ने प्लाज्मा चितवन र मकवानपुर सम्म पठाएका छौ ।” उनले भने । संक्रमणको बिच रगतको अभाव हुन नदिन स्वास्थ्य सर्तकतालाई मध्य नजर गरि सुरक्षाका साथ रक्तदान गरि दिन चौहानले रक्तदातालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?