© २०२३
कोेभिड १९ ले हामीलाई पनि प्रभावित पार्यो । लकडाउनको समस्या सबैले भोगियो । तर पनि बुटवल टुडे राष्ट्रिय दैनिकको नवौं बार्षिकोत्सव मनाउन पाउँदा आज हामीलाई गर्भानुभूति भइरहेको छ । रंगीन कलेबरमा अन्तर्राष्ट्रिय मापदण्डमा निरन्तर रुपमा पत्रिका प्रकाशित गर्नु मजाकको विषय पक्कै हैन । अनेकौँ समस्यासँग जुध्दै हामीले पाठकहरुलाई हरेक दिनको प्रभातमा यो वा त्यो माध्यमबाट नयाँ खोजयुक्त समाचार तथा विचारहरु पस्कन सक्यौँजस्तो लाग्छ । र, नै आज हामी निर्धक्कसँग भन्न सक्छौँ कि हाम्रो पत्रकारिता समयसापेक्ष थियो र भोलिका दिनमा पनि रहने छ ।
लुम्बिनी प्रदेशको ऐतिहासिक, शैक्षिक, सांस्कृतिक नगरी बुटवललाई केन्द्र बनाएर प्रकाशित हुँदै आएको बुटवल टुडे राष्ट्रिय दैनिक सबैभन्दा धेरै पाठकहरुले पढ्ने पत्रिका हो । लुम्बिनी प्रदेशमामात्र हैन, अन्य प्रदेशका पाठकहरुमाझ बुटवल टुडेले उपस्थिति जनाउँदै दैनिक रुपमा आफ्नो छाप छाड्न सफलता पाएकोमा हामीलाई गर्वानुभूति भएको छ ।
मिडियाको क्षेत्रमा मोफसलको राजधानीको चिनारी दिएको बुटवलको साख बचाएर राख्नकालागि बुटवल टुडे दैनिकले प्रयास र अभ्यास गरिरहेको छ । यसले पाएका राष्ट्रियतहका पुरस्कार, सम्मान, पत्रपत्रिकाको वर्गीकरण मूल्यांंकनमा पाएका उपाधिहरु यसका ज्वलन्त उदाहरणहरु हुन् । यो क्षेत्रमामात्र हैन, राज्य सञ्चालन गर्ने नेतागणहरुमाझ तठस्थ र सत्य विचारहरु सम्प्रेषण गरेर सुझाव दिई राष्ट्रियता, संघीयता, जनताका हक अधिकार संस्थागत गर्ने सवालहरुमा पनि झक्झकाउने काममा महत्वपूर्ण भूमिका निभाउँदै आएको हो ।
यी कारणले पनि बुटवल टुडेले जनताको प्रिय पत्रिका बन्ने अवसर पाएको हो भन्ने हामीलाई लागेको छ । यसले प्राप्त गरेका यी उपलब्धीहरुको हकदार हामीमात्र निश्चितै होइनौँ । यसमा निरन्तर खट्ने सञ्चारकर्मी, अमूल्य विचारहरु लेखेर दिने आदरणीय लेखक, पाठक, विज्ञापनदाता, सुझावदाता सबै हकदार हुनुहुन्छ । हामीलाई आशा छ भोलिका दिनमा पनि यहाँहरुको यस्तै मायाँ, सहयोग र सद्भाव रहने छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी