© २०२३
पाल्पाको तिनाउ गाउँपालिकाले कृषकहरुलाई पशुपन्छी पालनमा वीमा सहयोग गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७७।०७८ मा पशु तथा पंछी पालन गर्नेहरुको सुरक्षालाई मध्यनजर गर्दै वीमा कार्यक्रममा सहुलियत प्रदान गर्ने कार्यक्रम ल्याएको हो ।
गाउँपालिकाको पशु विकास कार्यक्रमकि डा. मोनालिसा खनालका अनुसार तिनाउ गाउँपालिकाले पशुपन्छी वीमा कार्यक्रम सुरु गरेपछी अव किसानले १२.५ प्रतिशत रकम मात्र रकम बहोरे पुग्नेछ ।
किसानले वीमा गरेवापत २५ प्रतिशत रकम तिर्नुपर्ने रकममध्येको २५ प्रतिशत प्रिमियम रकमको पनि ५० प्रतिशत रकम तिनाउ गाउपालिकाले तिर्ने भएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्त शर्माका अनुसार वाख्रा, गाई, भैसी, वंगुर लगायतका पशुहरु तथा कुखुरा, हाँस, टर्की लगायतका पंछी पालन गर्ने किसानको राहतको लागि गाउपालिकाले वीमामा सहयोग गर्न खोजेको हो ।
नेपाल सरकारले पशुपन्छी पालन गर्ने किसानलाई वीमाको ७५ प्रतिशत रकम सहयोग गर्दै आएको थियो, किसानले २५ प्रतिशत रकम तिर्नुपर्ने थियो ।
तिनाउ गाउपालिका पाल्पाले शिद्धार्थ इन्सोरेन्स कम्पनी संग वीमा कार्यक्रम गर्ने तय गरेको छ । अव तिनाउमा पशु तथा पंछी पालन गर्ने किसानले इन्स्योरेन्स कम्पनीमा सिधै गएर वीमा गर्न सक्नेछन् । गाउँपालिका भित्र साना तथा ठूला पशुपन्छी पालन गर्नेहरुको लागि वीमाले राहत प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताए ।
चुरे क्षेत्रमा पर्ने तिनाउ गाउँपालिकामा कृषि, पशुपालन र पंछी पालन गर्ने बढ्दै गएका छन् । खासगरी गाई तथा भैसी पालन, कुखुरा, वंगुर लगायतका दर्जनौं फर्महरु तिनाउमा रहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी